Showing posts with label भनाई अनि अरु. Show all posts
Showing posts with label भनाई अनि अरु. Show all posts

2013-08-02

प्रेम १३

''आँखा खोल र आफैभित्र खोज, के तिमी अहिले बाँचिरहेको जीवनसँग सन्तुष्ट छौ ? ''

....बब मार्ली

2013-07-11

कामवासना र प्रेम : ओशो

कामवासना र प्रेम : ओशो

हाम्रा रृषिमुनि र गुरुहरूले कामवासनालाई सधैँ हेयको दृष्टिले हेरे । उनिहरूले के
बुझेनन् भने उनीहरू जसका कारणले जन्मिए, त्यसैलाई गाली गरिरहेका छन् ।
कामवासना बिना सृष्ठि चल्दैन । यो ईश्वरद्वारा मानवलाई दिएको उत्तम उपहार हो ।
यदि कामवासनाबाट प्रेम हटाईदिने हो भने त्यो कुरूप बन्न पुग्छ । प्रेमले सेक्सलाई
सौन्दर्यबोध गराइदिन्छ । मात्र सेक्स प्लास्टिकको फूल हो भने प्रेमयुक्क सेक्स
बगैँचामा फूलेको प्राकृतिक फूल हो । सेक्सका सम्बन्धमा एउटा रमाइलो कुरा छ ।
जो प्रेमले ओतप्रोत भएको सेक्स छ, त्यो उज्यालोमा सम्भव छैन । कुनैपनि प्रेमवान
व्यक्तिले उज्यालोमा यो क्रिया सम्पन्न गर्ने प्रयास गर्दैन । पशु वा पशुतुल्य मानिस
मात्र उज्यालोमा सेक्सको चाहाना राख्छन्  प्रेमयुक्त सेक्स त्यसबेला सम्भव छ, जव
प्रेमका सबै तह पार हुन्छन् र त्यसभन्दा अझ उज्यालोमा जान ती जोडी प्रयत्नशील
हुन्छन् । रात्री, एकान्त एवं सम्पूर्णताको अनुभूति प्राप्त गर्न सेक्स गरिन्छ, उज्यालोमा
भ्य प्रकट हुन्छ । प्रेममा भय ? यो साह्रै असुहाउँदो शब्द हुन जान्छ । यदि सेक्समा
कुनै पनि अंशमा भय वा अन्य कुनै पक्ष हाबी भयो भने त्यसमा प्रेम छैन भन्ने
बुझे हुन्छ ।

    नै पनि स्त्री खुला आँखाले सेक्स गर्न सक्दिनन् । सुन्दा अचम्म लाग्न सक्छ,
सेक्समा पुरुषको तुलनामा महिलाले त्यसको आत्मीय आनन्द लिन्छन् । त्यसमा
प्रेमको अनुभव बढि महिलाले नै गर्छन् । उनलाई सेक्सको चरम अवस्थाबाहेक अरू
कुराको बोध हुँदैन । महिलाहरू अश्लील हुँदैनन्, त्यसैले उनीहरू यसमा बढी आनन्द
लिन्छन् । जो बढी अश्लील छ, उसले सेक्सको गहिराइ र त्यसमा उत्पन्न प्रेम बुझ्न
सकेको हुँदैन । कामवासना प्रेमको पूरक हो भन्ने कुरा श्लील महिलालाई भन्दा बढी
अरूलाई थाहा हुँदैन ।

    सैले स्त्रीका धेरै नग्न चित्र बनाईन्छन्  किनभने पुरुषलाई स्त्री देहमा रुचि छ,
महिलालाई छैन । सामान्य स्त्री कहिल्यै पनि नाङ्गो पुरुषको कल्पना गर्दिनन्, तर
पुरुष ? संसारमा जति पनि महिलाका चित्र बनेका छन्, ती पुरुषको बिना प्रेमको
सेक्सबाट उत्पन्न ईच्छाहरू हुन् । कलात्मक चित्र त्यसको अपवाद हुन सक्छ ।
जबसम्म सेक्समा शरीरको कल्पना रहन्छ, तबसम्म त्यो सेक्स दिव्य वा प्रेमपूर्ण
हुन सक्दैन, तर जब कुनै व्यक्ति कसैप्रति प्रेमभावले ओतप्रोत हुन्छ, त्यो व्यक्ति
नजानिँदो किसिमले त्यसप्रति कामवासनाले भरिन थाल्छ । कामवासनाको अर्थ
त्यसको गहिराइलाई प्राप्त गर्नु हो । बाहिरी आकर्षणबाट त्यो गहिराइ प्राप्त गर्न
सकिँदैन ।

    सको कुनै चरण हुन्छ । जब कोही व्यक्ति कसैप्रति अति प्रेमभावले भरिन्छ,
उसका लागि उसलाई प्राप्त गर्ने चाहाना हराउँछ । उसको प्रेम नै कामवासना तिरोहित
गर्ने साधन बन्न पुग्छ । कसैलाई लाग्न सक्छ, प्रेमले सेक्सको चाहाना तिरोहित
हुन्छ । होइन, प्रेमको तीव्रताले यति ठूलो फड्को मार्छ कि सेक्सको चाहाना नै बाँकी
रहदैन । अंग्रेजी शब्द सेक्सले एक अर्कामा विभाजित गर्छ, त्यसमा दुईको प्रप्त गर्ने
चाहाना हुन्छ । जब प्रेमभित्र सेक्स बाँकी रहँदैन, त्यसबेला दुवैको छुट्टाछुट्टै चाहाना
बाँकी रहँदैन, दुवै प्रेममा हुन्छन्, अर्थात् गहिरो प्रेमको अवस्थामा सेक्स निरर्थक बन्न
पुग्छ ।

    ब हामी वास्तविक प्रेमका विषयमा प्रवेश गर्दैछौँ । जब कुनै युवाले (स्त्री होस् वा
पुरुष) कसैसँग कामवासनाको पूर्ति गर्छ, त्यसबेला लाग्न सक्छ, सेक्सले एक-अर्कालाई
जोड्ने काम गय्रो । अझ नजिक बनायो । क्षणिक अर्थमा सेक्सले दुई व्यक्तिलाई
जोड्छ, जोडिएको भ्रम दिन्छ । यद्यपि गहिरो अर्थमा त्यसले एकअर्कालाई टाढा
पुय्राउँछ । प्रत्योक शारीरिक सम्पर्कपछि मानिस केही हतासा, निराशाको घेरामा
परेको महसुस गर्छ । अघिको तीव्र प्रेम केही मिनेटको संसर्गले अचानक घटेको
महसुस हुन्छ । अघिको प्रियतम वा प्रेयसीभित्रको स्वप्नील यात्र केही समयको
लागि तिरोहित हुन्छ । त्यसो भए अघिको प्रेम कहाँ पुग्यो ? सेक्सले प्रेमलाई
तृप्त गय्रो कि प्रेमबाट टाढा पुय्रायो ।
    दुई प्रेमी-प्रेमिकाको अनुहारमा सेक्स गर्नुअघिको आभाष रहँदैन । सेक्सपछि
दुवैले एकअर्कालाई स्नेह गर्छन् तर माया गर्न सक्दैनन् । प्रेम र स्नेह फरक कुरा
हुन् तर उनीहरूको स्नेह त्यही प्रेम हो भन्ने भ्रम पर्न सक्छ । प्रेम त समागममा
बखिसक्यो । जस्तो कुनै फलको गुदि थाहा नपाई निस्कियो तर बोक्रा छँदैछ ।
प्रेमी प्रेमीका त्यसैलाई फल मान्ने भूल गर्छन् । यसरी प्रेमको वास्तविक रूप
खण्डित हुन्छ । बाँकी हुनुपर्थ्यो, सेक्साघिको प्रेम । गम्भीर प्रार्थना, जीवन सौन्दर्यको,
तर स्नेह मात्र रहन गयो, एक अर्कामा । यसरी सेक्सले प्रेम खण्डित गय्रो,
गरिरहनेछ । यो अर्थमा धेरै रृषिमुनि वा गुरूहरूले कामवासनालाई बर्जित गरेका
हुनसक्छन् । तर भ भन्छु -यदि कसैले सेक्स नगरी प्रेमको महत्व कसरी बुझ्न
सक्छ ? जबकि भन्नुपर्छ, पहिलो प्रेमको अनुभव गर । त्यसपछि सेक्सको अनुभव
गर । त्यसपछि प्रेम र सेक्सबीचमा आएका अप्ठ्याराहरूको अनुभव गर । अनि
बल्ल बुझ, तिम्रो जीवन कहाँ अड्किएको छ, प्रेममा वा सेक्समा ?

    सारा अस्थित्व प्रेममय छ । वृक्षले प्रेम गर्छ पृथ्वीलाई । प्रेम नगर्ने हो भने
पृथ्वीमा वृक्ष सम्भव थिएन । सामान्य वक्तिलाई लाग्न सक्छ, जराले पृथ्वी र
रूखबीचको अस्थित्वलाइ कायम राख्छ, तर गम्भीर भएर विचार गर्ने हो भने
जरा र पृथ्वीबीच प्रेमको सम्बन्ध छ । सम्पूर्ण अस्थित्व, सम्पूर्ण ब्रम्हाण्ड घुम्छ
प्रेमका कारण । एक्लो सत्य निकै रूखो हुन्छ । त्यसमा प्रेम जोड्ने हो भने सत्य
पनि रमाईलो लाग्न सक्छ ।

    केवल एक प्रेमपूर्ण आलिँगनमा पहिलो पटक देहले आकार लिन्छ । प्रेमिकाले
तिम्रो देहलाई आकार दिन्छिन् । उनको आलिँगनले तिमी प्रेमपूर्ण छौ भन्ने सन्देश
दिन्छ । हिजोसम्म तिम्रो देश मरुस्थल थियो, प्रेमीको एक आलिँगनले त्यो
मरुस्थलमा धान फल्न थाल्छ । तिम्रो प्रेमीको प्रेमले तिमी हुनुको अस्थित्व प्रदान
गर्छ । उसको प्रेमले आफू हुनुको अर्थ दिन्छ । आफू अर्थात् आत्म हुनुको गौरव
प्रदान गर्छ । कसैले तिमीलाई पहिलो पटक प्रेम गर्न पुग्यो भने तिमी कति सजग
र सचेत हुन्छौ, कुनै न कुनै बेला सबैले अनुभव गरेकै कुरा हो । यो अनुभव न
मन्दिरमा गएर गरेको कुनै प्रार्थनाले दिन्छ, न कुनै विशेष समाजसेवाले । देहले
पहिलो पटक ईश्वरको द्वार खुलेको अनुभव गराऊँछ ।

    आलिंगनले एक अर्काको शरीरलाई बुझ्न मद्दत गर्छ । कामवासना अर्काको
देह बुझ्ने माध्यम बन्न पुग्छ । यही प्रक्रिया अघि बढ्दै जाँदा तिमीलाई तिम्रो
शरीरका कारण प्राप्त हुने अनुभवलाई गाढा बनाउँदै लान्छ । कामवासनाले तिमीलाई
देहधारी बनाउँछ । प्रेमले तिमी शरीरमात्र होइनौ, अरू कोही हौ भन्ने अनुभूति
दिन्छ । अर्थात् तिमी आत्मा हौ भन्ने भावना विकसित गराउँछ । पहिलो घेरा
तिमी शरीर हौ भन्ने भावना, दोस्रो घेरा तिमी आत्मा हौ भन्ने भावना ।
कामवासनाले पहिलो घेराको अनुभूति दिन्छ , प्रेमले दोस्रो घेराको अनुभूति दिन्छ ।
अब तेस्रो घेरातर्छ अघि बढ्ने हो भने प्रार्थना, ध्यान तर्फ लाग्नुपर्छ । यसले तिमीलाई
ब्रम्हसम्म पुग्न मद्दत गर्छ ।

    यी तिन चरण छन्, कामवासनाबाट प्रेम अनी प्रार्थनासम्म पुग्न । प्रेमका धेरै आयाम
हुन सक्छन् । प्रेम ऊर्जा हो । यो ऊर्जा युवा अवस्थामा कतै गएर पोख्ने कि ऊर्जाको
क्षमतालाई महसुस गर्ने ? भन्ने कुरा व्यक्तिको आफ्नो हातमा हुन्छ ।

(यो लेख पनि करिब ३ बर्ष अगडी को कन्तिपुर सप्तहिक बाट लिएको हु ।)

Love quet



संसारमा सबैभन्दा निस्वार्थ प्रेम
भनेको नै माताले सन्तानलाई गर्ने प्रेम
हो।
-Unknown.

2013-07-10

प्रेम : आनन्दको अभिव्यक्ति

प्रेम : आनन्दको अभिव्यक्ति

धन हुने व्यक्तिले धन दिन सक्छ, गरीवले दिन सक्दैन । रिसाहा व्यक्तिले रिस
नै दिन्छ, प्रेम दिन सक्दैन । जो वक्तिसँग प्रेम छ, उसले घृणा दिन सक्दैन ।
प्रेम गर्ने व्यक्तिले प्रेमको माग गर्दैन, ऊसँग भएको कुरा उसलाई किन चाहियो
र ? यो संसारमा त्यो व्यक्तिले मात्र प्रेम दिन सक्छ, जसलाई अरुबाट प्रेम
चाहिएकै छैन । महावीर, बुद्ध यस्ता व्यक्ति हुन् जसले मानिसलाई प्रेम मात्र दिन
सक्थे ।

    मको वास्तविक अर्थ हो दिनु । प्रेम गर्नेले गुनासो गर्दैन, केवल प्रेम गर्छ ।
यदि कसैले म तिमीलाई प्रेम गर्छु भन्छ, तर यसो भएन, उसो भएन भनेर गुनासो
गर्छ भने बुझ्नुपर्छ, यसले तिमीलाई प्रेम गर्दैन । तिमीले प्रेम गरे म प्रेम गर्छु
नगरे गर्दिनँ भन्यो भने त्यो प्रेमी होइन, व्यापारी हो । व्यापारमा लेनदेन हुन्छ
प्रेममा होइन ।

    ज स-साना कुरामा प्रेमी-प्रेमीका छुट्टिन्छन् । आखिर किन ? कारण के भने दुईबीचको लेनदेनमा गडबड भयो । यसको अर्थ हो, मैले परेमी वा प्रेमीकासँग जति
र जसरी चाहेको थिएँ, अर्कोले त्यति र त्यसरी दिन सकेन । प्रेमीले सोच्यो मैले
दिएँ... तर अर्कोले त्यति प्रतिफल प्राप्त गर्न सकेन ।यतिमै सबै प्रकारको लेनदेन
बिग्रन्छ । वाहिर हेर्दा प्रेम बिछोड देखिन्छ, तर भित्री कुरा के हो भने दुवैबीच
लेनदेन बिग्रिएको रहेछ । जहाँ प्रेमको अर्थ लिनु होइन, दिनु मात्र रहन्छ, त्यसबेला
प्रेम टुट्दैन, बरु झाँगिदै जान्छ । जुन स्थानमा प्रेमलाई दिने वस्तुका रुपमा
बुझिन्छ, त्यस्तो स्थानमा इश्वरले चाहेर पनि त्यो प्रेम टुटाउन सक्दैनन् । प्रेममा
कुनै कन्डिसन हुनुहुँदैन, निःसर्तता नै प्रेमकौ वास्तविक रूप हो ।

    ममा त्यो व्यक्ति पर्छ, जो आनन्दित हुन्छ । जो दुःखी छ, त्यस्तो व्यक्तिले
अरूलाई प्रेम दिन सक्दैन, उसले प्रेमको माग मात्र गर्छ । प्रेम यसकारण माग्छ
कि ऊसको दुःख सकियोस् । आखिर प्रेमको माग किन गरिन्छ ? दुःख हटाउन ।
सबै दुःखी वक्ति प्रेम चाहान्छन्, अरुबाट । यदि कसैले भन्छ म तिमीलाई प्रेम
गर्छु, त्यसबेला बुझ्नुपर्छ ऊ भित्र दुःखी छ । दुःखी व्यक्तिबाट प्रेमको आशा राख्नु
मुर्खता हो ।

     एकपल्ट फेरि सम्झाउँछु । यसलाई राम्रोसँग बुझ । केहि व्यक्ति दुःखी छ,
उसले प्रेमको माग गर्छ । यदि कोही व्यक्ति सुखी छ भने उसले तिमीलाई आनन्दित
तुल्याउँछ । तिमीसँग प्रेमको माग गर्नु र तिमीलाई आनन्द दिनु दुई फरक कुरा
हुन् ।जो व्यक्ति आनन्दित छ, उसले दुःखीलाई पनि सुखी तुल्याउँछ । उसको छेउमा
आनन्द बर्षिरहेको हुन्छ । तिमी भिखारीसँग जीवन बिताउन चाहान्छौ कि आनन्दसँग,
त्यो तिम्रो निर्णय हो ।

(यो लेख करिब ३ बर्ष अगडी को कन्तिपुर सप्तहिक बाट लिएको हु ।)

2013-07-01

प्रेम 12



एउटा केटा र केटी घनिष्ठ
साथी हुनसक्छन्, तर कुनै न कुनै
विन्दुमा पुगेपछि उनीहरू
एकअर्का बिना बाँच्न नसक्ने हुन्छन् । हुन
सक्छ अस्थाइ रूपमा, हुन सक्छ गलत
समयमा, हुन सक्छ धेरै ढिलो वा हुन सक्छ,
सधँैका लागि उनीहरू प्रेममा पर्छन् पर्छन्

—अञ्जन



‘पापलाई घृणा गर, पापीलाई प्रेम गर’

— महात्मा गान्धी

प्रेम 11



‘जब हामी प्रेम गर्छौं, त्यतिबेला आफूलाई
राम्रो देखाउन कोसिस गर्छौं । जब
आफूलाई रम्रो देखाउन खोज्छौँ,
त्यतिबेला हामी वरिपरिको परिवेश
आफसेआफ राम्रो भइदिन्छ ।’

— पाउलो कोयल्हो

प्रेम 10



‘कुनै व्यक्ति एउटी मुलायम केटीलाई
नहड्बडाई सरक्कसित चुम्बन गर्न सक्छ भने
उसले उक्त चुम्बनप्रति न्याय
गरेको ठहरिँदैन ।’

— अल्बर्ट आइन्सटाइन

प्रेम 9



‘प्रेम आगो हो । तरस यसले
तपाईंको हृदयलाई न्यानो दिनेछ
वा तपाईंको घर जलाइदिनेछ, केही भन्न
सकिँदैन ।’

— जोन क्रफोर्ड

प्रेम 8



‘चुम्बनबिनाको प्रेम भनेको शब्द
बिनाको किताब जस्तै हो, रित्तो ।’
— एन्ड्रयू वल्फ
प्रेम 

प्रेम 7



‘तपाईं उनको पहिलो, अन्तिम
वा एकमात्र (प्रेमी) नहुन सक्नुहुन्छ ।
उनले यसअघि कसैलाई प्रेम
गरेकी हुनसक्छिन र
भविष्यमा पनि कसैलाई गर्न सक्छिन् ।
यदि वर्तमानमा उनले तपाईंलाई प्रेम
गर्छिन् भने अरू कुराले के अर्थ राख्छ ?
प्रत्येकक्षण उनले तपाईंलाई नसम्झिन
सक्छिन्, तर उनले
आफ्नो शरीरको एउटा हिस्सा, हृदय,
तपाईंलाई दिन्छिन्, जून उनलाई थाहा छ
कि तपाईंले तोड्न सक्नुहुन्छ । त्यसैले
उनलाई दु:खी नबनाउनुस्, उनको मूल्यांकन
नगर्नुस्, उनीबाट
बढी अपेक्षा पनि नगर्नुस् । जब उनले
तपाईंलाई खुसी तुल्याउँछिन्, हाँसिदिनुस्
। जब उनी छैनन्, सम्झिदिनुस् ।’

— बब मार्ले

प्रेम 6


‘प्रेम हावा जस्तै हो । यसलाई देख्न
सकिदैन, केबल महसुस गर्न सकिन्छ ।’
— निकोलस स्पार्कस
‘कसैको गहिरो प्रेम पाउनाले तपाईंलाई
शक्ति मिल्छ, कसैलाई
गहिरो माया गर्दा तपाईंलाई साहस
मिल्छ ।’

— लाओ चु

प्रेम 5



‘के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ ?
भयानक हुन्छ, होइन त ? यसले तपार्इंलाई
साह्रै नाजुक बनाउँछ । यसले
तपाईंको छाती खोलिदिन्छ,
तपाईंको हृदय उघार्छ र यसको मतलब
कोही त्यहाभित्र पसेर तपाईंलाई
भद्रगोल पारिदिन सक्छ ।’

— नील गइम्यान

एउटा प्रश्न

उत्तर दिनु  होला । 

प्रेम 4



‘यदि तिमी मानिसहरूलाई मूल्यांकन गर्न
थाल्छौ भने तिनीहरूलाई प्रेम गर्ने समय
तिमीसित हँुदैन ।’

— मदर टेरेसा

प्रेम 3



‘तिमी जब रातमा निदाउन सक्दैन,
त्यतिबेला तिमी प्रेममा हुन्छौ,
किनकि अन्तत: तिमीलाई
सपनाभन्दा वास्तविकता सुन्दर लाग्न
थालेको हुन्छ ।’

— डा. सेउस

प्रेम 2




‘म स्वार्थी छु, अधैर्य छु र
अलिकति कमजोर छु । म गल्तीहरू गर्छु,
आफ्नो नियन्त्रणबाहिर हुन्छु र
कहिलेकाही आफैँलाई सम्हाल्न सक्दिन ।
यदि मेरो सबैभन्दा खराब
अवस्थामा तिमी मलाई सम्हाल्न
सक्दैनौ भने मेरो राम्रो अवस्थामा मलाई
पाउने हक तिमीलाई छैन ।’

— मार्लिन मुनरो
प्रेम 

प्रेम1




‘प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’
— विलियम सेक्सपियर