मेरो यो लेख मात्र एउटा सपनाको कुरा हो । हजुर हरु ले यो लेख पढ्नु भैसकेपछि सम्भव भय
कमेन्ट पनि छोडेर गइदिनु होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।
सपना समय:- 11:58pm, देखि 06:08am, सम्म Wed 11-06-2013 ।
कमेन्ट पनि छोडेर गइदिनु होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।
सपना समय:- 11:58pm, देखि 06:08am, सम्म Wed 11-06-2013 ।
सपना एउटा घारिबाट सुरू भएर सडक जस्तो लाग्ने ठाउँमा अन्त्य भएको छ ।
Start. म आफुलाई मेरो गाउँमा पाउँछु । म मेरो घरको तल पँधेरो निर पिपलबोटे हजुरबुबाको घर वरिपरि
पाउँछु आफुलाई, जहाँ बाँस घारि थियो । म के गर्दै थिएँ त्यो प्रश्ट थिएन त्यहाँ तर म शुरूमै आफुलाई बाँ-
स घारि मा पाउँछु ।
वास्तवमा बिपनाको कुरा गर्दा पिपलबोटे हजुरबुबाको घर बाट पँधेरो तिर सानो जंगल वा घारि छ । बाँसको
घारि पनि छ त्यहाँ र काप्राको बोटानि र पँधेरो छ । तर सपनामा न पँधेरो देखेँ न काप्राको बोट नै । काप्राको
बोटमा पनि बाँसको घारि नै देखेँ र पारि पट्टि रूखहरूको घारि भएको ठाउँमा केहि ठुला बरका रूख जस्ता
लाग्ने तर चाँपको जस्तो ढाँचा भएको रूखहरू देखेँ ।
सुरूमा म बाँसकै घारिमा थिएँ । के गर्दै थिएँ थाहा थिएन । तर अचानक जहाँ बाटो छ बिपनिमा त्यहाँ ठुला
बाँसका रूखहरू देखेँ । काटेका । र ति बाँससँग मैले साना टुक्रा बाँसहरू पनि देखेँ जसको एकपट्टि प्वल पा-
रिएको थियो । त्यो हेर्दै गर्दा अचानक म आफुले आफैँलाई पिपलबोटे खड्के हजुरबाको घरमा पाएँ । न त त्याँ
हजुरबाको परिवार नै थिए न हजुरबा नै । ( अलि पहिला मटन नबनाउँदा गोठ र घर गरि दुईवट संरचना थिए ) म आफुलाई गोठमा पाएँ । त्यहाँ गोठको पिँढिमा मुखिया साईँलि हजुरआमा अर्थात् (आईँटार ब्ले) रूपेन्द्रको आमालाई देखेँ । मैले उहाँलाई बोलाऊँदा बिपनिमा ठुली आमा भनेर बोलाउँथेँ । ऊहाँले नै अगि देखेका बाँसमा प्वल पार्नुभाको अरे । बाँसुरि बनाउन । बाँसुरि भनिएको थियो तर प्वल एउटा मात्र थियो । बाँस एकदम पातलो र छाँटिलो एकदम बज्ने छ जस्तो लाग्थे । तर प्वल एउटा मात्र थियो । तर फेरि बाँसुरि एकदम बज्ने थियो । मलाई पनि एकदम रहर जागेर बनाउने सोच बनाएँ र अनुरोध गरेँ । त्यसपछि के भो अलि अष्पष्ट भयो । तर म त्यहिँ थिएँ । हजुरबाको घर वरिपरि नै । मैले यो पल्ट 3 4 जाना नचिनेका मान्छेलाई देखेँ । आगन को डिलमा रिङ्गै फलको बोट थिए । म त्यो पाकेको फल टिप्दै कहिले आफु खान्थेँ त कहिले ति अन्जान मान्छेका मुखमा कोच्याऊँथेँ । त्यो फल के हो एक्ज्याक्ट पता चलेन । त्यो फल हेर्दा स्ट्रवेरि जस्ता थिए आकारमा तर बोक्रा खुरपानिका वा आलुपखडा अल्चा का जस्ता चिल्ला थिए । एकदम मिठो थियो वासना र स्वाद । सायद मैले यत्ति मिठो बास्नादार फल त खाएको त यै पल्टको सपनामा हो बिपनाको त कुरै छोडौँ । खान त दुर देख्या पनि छैन ।
फेरै मैले आफैँलाई ठुली आमा संग पाएँ । अनि यो पालि आँगनको डिल बाट तल तिर दौडँदै थिएँ घारि तिर किन हो थाहा छैन । र हामि दौडेको तल खोँचमा पुगेपछि एक्लै भएँ र फेरि बाँस घारितर्फ फर्किएँ । यो पालि म बाँसको फेदमा समातेर परालमा दाईँ गरेझैँ घुम्दै थिएँ । मैले दुई चार जाना अन्जान मान्छे पत्कर सोहोर्न लागेको पनि देखेँ तर कहाँनेर हो ठ्याक्कै पत्ता चलेन । केहि छिन पछि एउटा आवाज सुनियो । "गाउँ बिकास परिसदको निर्णयमा यसपालि पनि सँधै झैँ यो झ्याङ बाट एउटा बाँस काट्ने निर्णय गरियो र काटियो ।" एकै छिनमा छ्याम छ्याम बाँस काटेको आवाज पनि आयो र ढल्दै गरेको पनि तर ढलेको आवाज भने पुरा आएन । एकै छिनमा केहि खैलाबैला सुनियो । एः कुन चाहिँ बाँस हो अहिले ढालेको ? लौन खै काँ पुग्यो केई पत्तो छैन त । कुन ढालेको । कसैले पत्ता लगाउन सकेनन् कुन झ्याङ को कुन बुट्टा हो । अचानक् मैले एक अन्जान ब्यक्ति बोलेको देखेँ । भन्दै थियो " हामिलाई नै निर्णयमा नराखि त्यसै निर्णय भो भन्ने अनि अहिले बाँस पनि कुन काटेको थाहा नै नदिने ? यो त सरासर अपराध हो...." अनि फेरि मैले काजिडाडाको जयलाई देखेँ । उल्ले पनि भन्यो " यो त हाम्रो अपमान भो ।.... कसैलाई थाहा छैन कुन बाँस काट्यो....." । मैले पनि केहि बोलेँथेँ तर एक्ज्याक्ट याद भएन एकछिन त्यहाँ गन्थन् गर्दै गएपछि फेरि अस्पस्ट भएँ त्यहाँ के भो अलि थाहा भएन ।
फेरि नाटक को दृश्य परिवर्तन भयो र म आफुलाई जन्तिको हुलमा पाएँ । जन्ति बेहुलि लिन जाँदै थियो ।र फेरि अस्पस्ट भयो । अब जन्ति बेहुलि लिएर फर्किँदै गरेको थियो । केहि चिनेका जस्ता अनुहार थिए । तर अस्पष्ट अनुहार थियो । गाउँकै सडक जस्तो लाग्थ्यो ठाउँ हेर्दा पसल पनि थियो । अलिकति ओरालो थियो सडक । मल्डुङ् को जस्तो पसल थियो भने अमर्खु लामिछाने काईँला को घर निर को जस्तो सडक ।
जन्ति फर्कने क्रममा पसलमा पसेर केहि गर्दै थियो केहि मान्छे र केहि मान्छे चाहिँ निक्कै अगाडि पुगिसकेको थियो । मैले केहि गह्रौँ लाग्ने लाईट जष्तो बाकेथेँ जस्तो लाग्थ्यो । एकै छिनमा धेरै मान्छेहरू निस्केर गए । केहि कसैलाई पर्खँदै थिए भने कोहि पर्खँदा पर्खँदा थाकेर नपर्खि एक्लैपनि जाँदै थिए ।
अचानक् मैले एउटा सुन्दर केटि देखेँ उ पनि कसैलाई पर्खँदै थिई । म हेर्दै थिएँ ऊ केहि बोल्दै थिई । मैले जति कोसिस गरे पनि सुन्न सकिँन । मलाई नै हात दिएर बोल्दै थिई उ । मैले सुन्न सकिँन । ऊ छोउमा थिई म भित्ता मा थिएँ सडक को । केहि बेर बोलिसकेपछि ऊ त बिस्तारै आफैँलाई भिरतिर समर्पित गर्दै ज्यान छोड्दै थिई । झन्डै लडेकि भिरमा मैले नसमातेको भए त । मैले हत्त न पत्त हातमा समातेर तानेको त अंगालेमा पो भेटेँ मैले । अहिले हामि पसलबाट अलि टाढा नै थियौँ । म त अचम्म मा परेँ । मेरो पो बिहे रहेछ त्यो त उनि त मेरी श्रिमती पो रहिछीन् त्यो बिहेकी बेहुलि । अंगालोमा मलाई कसेर निक्कै भावुक स्वरमा अश्रु मिश्रित बोलि बोल्दै भनि " हजुरलाई मेरो ख्याल थिएन ? मलाई तलबाट केहिले तान्दै थियो हजुर भने त्यस्सै चुपो लागेर बस्ने ?......म त हजुरबिना एक पल पनि बाँच्न सक्दिँन ।......" मैले पनि अंगालो झन् कसेर भन्दै थिएँ कि मैले केहि पनि सुन्न सकिँन भनेर अचानक् हामिलाई छुट्टै ठाउँमा पाएँ मैले ।
खुला आकास मुनि बन्द कोठा अर्थात् छाना नभएको कोठामा थियौँ हामि अहिले त मेरो साथमा अर्को एकजाना केटा साथि थियो । ठ्याक्कै त चिनीँन मैले । तर थियो । उ त्यो घरको अर्को कोठामा गयो अघि मेरो श्रिमती भन्ने केटि सँग केहि कुरा गरेर । ति केटिले भने मलाई हाम्रो बाल्यकाल प्रेम र अहिले बिहे सम्मको कुरा सम्झाउँदै थिइ । तर अहिले भने ठ्याक्कै याद भएन के के कुरा भनि भनेर । तर थुप्रै कुरा भनेकि थिई ।
एकछिन पछि मैले आफुलाई त्यो कोठा भएको घरको माथिपट्टी पाएँ । जुन ठाऊँ देख्दा मलाई मेरो गाऊँको डाँडाँ टोलको लाटो भनिने चतुरे घलानको घर मुनि जस्तो लाग्थ्यो । त्यहाँ त मैले छुट्टै परिवर्तन देखेँ । बिपनिमा देख्दा भएको जस्तो थिएन बाटो, खाल्डाखुल्डि परेको । त्यहाँ त पिज गरिएका पक्कि बाटाहरू थिए । छेउछेऊमा वाल बार पनि थियो । ति वाल बारामा त मेरा कलेजका साथिहरू थिए । अनिश आयुस ईन्द्र छेत्तेन र अरू पनि । यसै क्रममा उहिलेका राजा ज्ञानेन्द्र पनि देखेँ । उ जो मसंग बिहे गर्ने केटि उ त राजाको छोरि पो रहिछे । हाम्रो बिहे पनि अर्काको घरमा भएको अरे । राजाले त रठ्ठिनै लठ्ठिले झटारो हान्दै थिए । मलाई पनि उनलाई पनि । हामि भाग्दै त थियौँ तर उतै राजा भएतिरै । एकै छिनमा माहोल परिबर्न भयो । मेरा साथिहरू मलाई र मेरी श्रिमतिलाई बचाउनको लागि आन्दोलन गर्दै थिए । यै क्रममा म भने ब्युँझिएँ ।
