Showing posts with label मेरो मुक्तक रचना. Show all posts
Showing posts with label मेरो मुक्तक रचना. Show all posts

2013-07-22

मुक्तक : सुन्दर फुलको डालि भन्ने थिएँ

सुन्दर फुलको डालि भन्ने थिएँ ।
जगमगाऊँदो लालि भन्ने थिएँ ।
नभेटेको नि धेरै भो भेटेँ भने ।
लाखौँ लाख माया कालि भन्ने थिएँ ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : शान्त बसौँ शुद्ध मनले

शान्त बसौँ शुद्ध मनले ।
प्रेमी बनौ बुद्ध मनले ।
आश छोडि नाश नताकौँ ।
नाशै हुन्छ क्रुद्ध मनले ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : झ्याल बन्द अनि पर्दा झर्छ

झ्याल बन्द अनि पर्दा झर्छ ।
हो त माथि बाट सर्दा झर्छ ।
खै मलाई अरू थहा छैन ।
सेखि भने ठट्टै गर्दा झर्छ ।
...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : हाम्रो भाग्यमा पनि खै के लेखेको छ

हाम्रो भाग्यमा पनि खै के लेखेको छ !
तिमीलाई त क्षितिजले छेकेको छ ।
आऊँ भन्दा तिमीलाई भेट्न झट्टै ।
सक्दिँन, केवल मनले देखेको छ ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : सुन्दर सुवास बनभरिको

सुन्दर सुवास बनभरिको ।
रस अनि रङ्ग तनभरिको ।
यसो भए बलियो हुन्छ नाता ।
अटुट माया त्यो मनभरिको ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : भाग्यमानि नै भन्छन् मलाई देख्नेहरू

भाग्यमानि नै भन्छन् मलाई देख्नेहरू ।
पहिले हिजो खुट्टा दान्दै अघि छेक्नेहरू ।
आज त म उनकै भएर देखाए पछी ।
जिल्लै गाँठे मेरो बारे नराम्रो लेख्नेहरू ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : साहित्यमा केहि गर्ने शोख छ मेरो

साहित्यमा केहि गर्ने शोख छ मेरो ।
मिठो कला जन्मने त कोख छ मेरो ।
मलाई त फेरी उत्कृष्ट हुनु छैन ।
बराबरी नै तौलने जोख छ मेरो ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : कोशिस गर्छ फुच्चे गजलकार

कोशिस गर्छ फुच्चे गजलकार ।
तिखार्छ झनै चुच्चे गजलकार ।
नजान्ने नि त जान्ने भएपछि,नी ।
बिगार्छ पुरै छुच्चे गजलकार ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : मधुर मुस्कान छरि कालिले

मधुर मुस्कान छरि कालिले ।
निकै मिठो रङ् भरि कालिले ।
चढ्यो दुवैमा मात जवानिको ।
प्रेम भाव प्रकट गरि कालिले ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

मुक्तक : जवानिकै रात अनेक अनेक

जवानिकै रात अनेक अनेक ।
यै बेलाको मात अनेक अनेक ।
जोश होस दुवै भए त ठिकै हो ।
नभए त खात अनेक अनेक ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

2013-07-18

मुक्तक : रित्तो छ दिमाग..

रित्तो छ दिमाग केहि फुर्दै फुर्दैन । 
संधै घुर्ने आज चाहिं घुर्दै घुर्दैन । 

हुन पनि केहि केहि विषय नै त  छन । 
सधैं जुर्ने आज चहिं जुर्दै जुर्दैन । 
...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

2013-07-03

मुक्तक : प्यारले भरियो र जाग्यो मन पनि ।

प्यारले भरियो र जाग्यो मन पनि ।
वसन्त देखाउन लाग्यो बन पनि ।
सुन्दर चारैतिर ऊज्यालो यो बेला ।
कसैको साथलाई माग्यो तन पनि ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

2013-06-28

मुक्तक : पुष्ट दाना, मोती सरी, चम्केका छन् तिम्रा नयन ।

पुष्ट दाना, मोती सरी, चम्केका छन् तिम्रा नयन ।
सँधै यतै, बिझ्ने गरी, सन्केका छन् तिम्रा नयन ।
नसा चढ्छ तिम्रो, सबैलाई, लठ्ठ सबै लठ्ठ ।
तनै भरी, ध्वनी सरी, झंकेका छन् तिम्रा नयन ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : बोतलको सिल तोडियो ।

बोतलको सिल तोडियो ।
होटलको बिल जोडियो ।
यतिले नि अझै पुगेन ।
सराबैमा दिल मोडियो ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : राम्रो नराम्रो सबैको चोट धेरै धेरै ।

राम्रो नराम्रो सबैको चोट धेरै धेरै ।
हेर्दै गए सज्जन कै खोट धेरै धेरै ।
मारूँ भन्थेँ ब्वाँसा यि देशै सखाप पार्ने ।
तर यस्तै ब्वाँसो कै गोठ धेरै धेरै ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : लाटो थिएँ म

लाटो थिएँ म बाठो भएछु ।
मन मनै बुझ्ने टाठो भएछु ।
लाटो भन्थे मायामा आमाले ।
तर फुक्नै गाह्रो गाँठो भएछु ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : धेरै यादमा नहराउ भो अब ।

धेरै यादमा नहराउ भो अब ।
नजिकै छु म नडराउ भो अब ।
छाड्‌देउ भो एकान्तमा भुल्न ।
भरिएको आँखा नभराउ भो अब ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : साँच्चैमा तिमी

साँच्चैमा तिमी बस्छौ चाहिँ कहाँ ?
चाँद सँगै राती खस्छौ चाहिँ कहाँ ?
सुन्दर बलेको छौ चाँद झैँ रातको ।
सौन्दर्य निभाई जान्छौ चाहिँ कहाँ ?

मुक्तक : हामी प्रति समाजको छुट्टै दृष्टी हुनेछ ।

हामी प्रति समाजको छुट्टै दृष्टी हुनेछ ।
हामी बाँच्ने पिरतिको छुट्टै सृष्टी हुनेछ ।
फक्रिनेछ फुल अनि ओईलिनेछ लाई ।
भिन्दै भिन्दै देव अनि पुष्प वृष्टी हुनेछ ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।