2015-04-20

जाऊँ जाऊँ !!!

जाऊँ जाऊँ !!!

- सिजन तामाङ् (२०७१-१२/२०२७-०१)

“सातदोबाटो, ग्वार्को, कोटेसोर ओ कोटेसोर, चाबेल गौसला।”- धोबिघाट चोक, म कराउँदै थएँ, फुत्त फुत्त तिनजना मान्छे चढे । पछाडि लगनखेल जाने माईक्रो आयो, ट्राफिकले सिट्ठी बजायो, गाडि अगाडि बढ्यो । म पनि गुडिरहेको गाडिको ढोकामा झुन्डिएँ ।


मेरो हातमा पैसा छ, गन्न भ्याएको छैन । आज कर्ड वाला मन्छे धेरै चढेका छैनन् हजार पुग्न लाग्यो कि !"- मेरो अनुमान । "आ..एक्चोटि मिलएर गन्नु पर्यो"- मन मनै सोचे ।
गडि स्लो भयो, म पैसा मिलाउदै थिएँ । चढ्ने मन्छे रहेछ​ , बगडोल चोक मा । त्यहाँ पनि तिनजाना चढे, एउटा

2015-04-09

तिमी त्यहि बेला आउनु (कविता) !!

तिमी त्यहि बेला आउनु !!!

-२०७१ / १२ / ११ 


कविलाई फापेको वसन्त​
हलिलाई नफाप्ला ।
कवि पालुवाको 
जन्म मनाउँदै गर्दा
हलि पालुवा जोगाउने
चिन्तामा होला ।
कवि लालिगुराँसको

2015-03-28

तिमि आउ है (कविता) !

तिमि आउ है !!!

- २०७१ / ११ / ०७ 

वसन्तमा बर्षा नहुँदा
भर्खरै निस्केका पालुवा सुक्दा
लालिगुराँस ओइलिदा
बनमा डढेलो सल्किंदा
पत्झर डाँडा
गोल झैं बन्दा
खनायो को टोड्कोमा
बचेरा प्यास ले रुँदा
अखबार मा मुहान सुकेको

2015-01-06

जनकपुरधाम (Janakpur a short information) ।

. .जनकपुरधाम. .

. .Janakpur dham. .

जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तरगत धनुषा जिल्ला जनकपुर नगरपालिका मा अवस्थित एक शहर छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ ।
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो । यो सहरको अनुमानित जनसंख्या ८०,००० हो । यो नगर काठमाडौंबाट ४०० कि.मी. को दुरीमा, तथा भारतीय सीमाबाट २० कि.मी. को दुरीमा अवस्थित छ । भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊत्तर, ०८५° ५५' १८" पूर्व मा अवस्थित छ ।

2014-02-22

आलु परिचय र बिउ तथा थप जानकारी ।

आलु

विश्वको तेस्रो प्रमुख बालि आलु नेपालमा भने ईन्डिया बाट १९ औँ शताब्तिमा भित्रिएको हो । नेपालको प्राय मौसममा जात अनुसारको आलु उत्पादन हुन्छ । बिश्वमा तेस्रो प्रमुख बालि नेपालमा पनि तेस्रै प्रमुख बाली हो । तथापी कुल उत्पादनको हिसाबले दोस्रो बाली अनि क्षेत्रफलको हिसाबले भने पाँचौँ र उत्पादकत्वको हिसाबले भने प्रथम बालि हो जसमा १३.७९ मेट्रिक टन प्रति हेक्टरको हिसाबले भनिएको छ ।


बिउ आलुमा हुनुपर्ने गुणहरू

नेपालमा भुमीको नापी एकाई ।

मैले खोजे र जाने अनुसार लेखेको छु ।

नेपालमा भुमि नाप्न प्रयोग हुने एकाई :
नेपाल जहाँ १ बिघा को लगभग ६,७७२.६३ square metere हुन्छ । आधिकारिक रूपमा नेपालको तराई तिर प्राय बिघ प्रयोग गरिन्छ भने पहाड तिर प्राय रोपनि प्रयोग गरिन्छ । मेट्रिक प्रणाली भने आधिकारीक रूपमा जग्गाको नापिमा बिरलै प्रयो भएको देखिन्छ ।
बिघा को नियम

डाँडाखर्के तथा छोडेखर्के सोल्टीनीहरूको लागी यो भेटको अन्तिम शब्द । पत्र ।

मिती :२०७० / ०९ / ०७

प्रिय डाँडाखर्के तथा छोडेखर्के सोल्टिनीहरू, यो मल्डुङे ठिटोको धन्यावाद स्विकार्नुहोला । यो भेटको समयमा यहाँहरूको जुन साथ र न्यानोपन मिल्यो म कहिल्यै भुल्ने छैन, किनभने म भुल्न पनि सक्दिन । माघ ०४ गते बेलुकी देखीको डाँडाखर्के सोल्टिनिसँगको भेट घाट माघ ०६ गते सम्म रह्यो । छोडेखर्के सोल्टिनिसँगको भेट भने एक दिन मात्रै रह्यो माघ ०५ गते । त्यै पनि बिहान र बेलुकी त डाँडाखर्क मै ।

2014-01-02

गणेशमान सिंह बहुमुखी क्याम्पस २०७० पिकनिक स्मरण ।

गणेशमान सिंह बहुमुखी क्याम्पस २०७० पिकनिक स्मरण ।

२०७० पौष १५ बिहानको करिब करिब सात नाघेथ्यो घडिले। सबै जना जम्मा हुँदा झण्डै सवा सात बजेथ्यो कलंकी बाट पिकनिक स्थलतिर प्रस्थान गर्दा ।

जाडो याममा प्राय गरि शैक्षिक संस्थाहरुले अवलोकन भ्रमण,शैक्षणिक भ्रमण,पिकनिक जस्ता कार्यक्रमहरू आयोजना गर्ने गर्दछन । यसै सिलसिलाको यो बनभोज कार्यक्रम गणेशमान सिँह बहुमुखी क्याम्पसको हो । क्यापसले आयोजना गरेको यो बनभोजमा स्नातकोत्तर प्रथम, दृतिय तथा तृतिय बर्षका साथै एघार तथा बाह्रका गरि जम्मा जम्मि १०५ जना विद्यार्थिहरु सहभागी थिए । धार्मिक महत्व बोकेको ललितपुर जिल्ला अवस्थित बाडेगाउँको सन्तानेश्वर महादेवको मन्दिरलाई अबलोकनको मुख्य स्थल बनाई गएको पिकनिक टोलीको भोज तथा अन्य रमाईलोको कार्यक्रम भने बाडेगाउँ अवस्थित स्व.पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नाममा सरकारले बनाईदिएको भट्टराई आश्रम नजिकै रहेको पिकनिक स्पटमा भएको थियो।

कलंकिबाट बल्खु,सानेपा हुँदै नख्खु दोबाटो र त्यसपछि सातदोबाटो पुग्यौँ । सातदोबाटो बाट भित्र हात्तिवन,हरिसिद्दी हुँदै ठैब पुग्यौँ । ठैब बाट केहिबेरको यात्रा पछि पुग्यौँ हाम्रो गन्तव्य स्थल । अग्रिम जानकारीमा हाम्रो पिकनिक स्थल सन्तानेश्वर महादेवको मन्दिर थियो । हामीले खास रमाईलो गरेको ठाउँ भने बाडेगाउँ (ठैब) स्थित कालभैरबको मन्दिर नै थियो । काल भैरबको मन्दिर भएको ठाउँ नजिकै या भनौ मन्दिरको मुलढोका फर्किएको थियो पुर्व दक्षिणतिर । हामी पिकनिक स्थल बाडेगाउँ पुग्दा बिहानको करिब ८:३३ बजेको थियो । योजना मुताबिक पहिलेनै क्याट्रिङ तथा सानो मञ्चको व्यवस्था भएको थियो भने मनोरञ्जनका साधन (साउन्ड सिस्टम) भने हामी सँगै पुगेको थियो ।

पिकनि क्षेत्र व्यबस्थापकिय तथा अधिकारी पक्षले नै व्यबस्था गरेको एउटा टहरा, त्यसको नजिकै कार्पेट ओछ्याएर छेउ छेउमा मेच राखेर बनाईएको सानो मञ्च, लगभग सम्पुर्ण रूपमा पिकनि व्यबस्थित नै थियो । नजिकैको कालभैरब मन्दिरलाई आधार मानेर हेर्दा हाम्रो पिकनिक स्थल ठिक अगाडि थियो । ठिक त्यहि मन्दिरको पछाडि थियो भट्टराई आश्रम । त्यस दिन त्यस क्षेत्रमा पिकनिकको लागी जाने हाम्रो मात्र थिएन टोली ।अन्य दुई तिन टोलिहरू पनि थिए पिकनिक को लागी । तर कलेजको दृष्टिमा भने अरु कलेज थिएन ।

पिकनिक स्थल पुग्ने बित्तिकै साउन्ड सिस्टम म्यानेजरले म्युजिक बजाउन शुरू गरे । हामि भने चिया खानतिर लाग्यौँ । चिया खाए सँगैको केही समय कालभैरब मन्दिरमा फोटो खिच्ने तथा त्यहिँ वरिपरिका दृश्य अवलोकनमा लाग्यौँ । लगत्तै बिहानको खाजा ब्रेकफास्ट खायौँ । बिहानको खाजामा रोटी, जेरी तथा अचार लगायतका परिकार खायौँ । ब्रेकफास्ट सकिएपछि प्रायः साथिहरू नाचगानमा व्यस्त थियौँ भने केहि साथिहरु वरिपराकै दृश्य अवलोकनमा ब्यस्त थियौँ । यो नाचगानको कार्यक्रम चलेको थियो करिब दिउँसोको १२:०० बजेसम्म । लगत्तै हामी दिनको खाना खानतिर लाग्यौँ । खाने कार्यक्रम सकिएपछि सुरू भयो हाम्रो अवलोकन यात्रा । दिउँसोको करिब ०१:०० बजेतिर ।

अगाडी केही गुरुहरू हुनुहुन्थ्यो भने विद्यार्थिहरू पछाडी पछाडी । यात्राको क्रममा पिकनिक स्थलबाट पश्चिम उत्तर दिशा तर्फ नजिकै रहेको भट्टराई अश्रममा पुग्यौँ । त्यहाँ एकजाना सुरक्षाकर्मि थियो भने गेट बन्द थियो । जसकारण हामीले भित्रि अबलोकन गर्न सकेनौँ । गेटमा फोटो खिचेपछि हाम्रो अवलोकन टोली लाग्यो पिकनिक स्पटबाट पश्चिम दिशातर्फको डाँडामा अवस्थित सन्तानेश्वर महादेवको मन्दिरतर्फ ।

हाम्रो पिकनिक स्पटलाई खोलाको साँधले पुलबाट पारिपट्टिनै छोड्दै हामी अव सन्तानेश्वर महादेवको मन्दिर पुग्न उकालो लाग्दै थियौँ । केहि क्षणको उकालोपछी, उकालो बिचमा शुरू भयो बनको उकालो । जहाँबाट ब्यवस्थित मार्वल लगाएर बनाईएको सिँढि सुरू हुन्थ्यो । त्यहाँ पुग्दा घडिले दिउँसोको ०१:२४ बजाएको थियो । त्यहाँबाट करिब २० मिनेट जतिको यात्रा पछी पुग्यौँ सन्तानेश्वर महादेवको मन्दिर । त्यहाँ पुग्दा घडिले दिउँसोको ०१:४५ बजाईराखेको थियो । यो उकालो यात्राको बिचमा पनी थुप्रै फोटोहरू खिचेका थियौँ ।

सन्तानेश्वर महादेवको मन्दिर ठिक चुचुरोमा थियो बाडेगाउँको । मन्दिरको मुल ढोका पुर्वतिर फर्किएको थियो । मन्दिरको उत्तरी दिशातर्फ एक कान्ला तल शिबलिङ्ग नै शिवलिङ्ग स्थापित गरेर बनाईएको पुजा गर्ने ठाउँ थियो र सँगै शौचालय । मन्दिको ठिक पुर्व उत्तर तिर भने दृश्य अवलोकनका लागी बनाईएको केही अग्लो ठाउँ थियो । उक्त ठाउँबाट हेर्दा काठमाडौँ उपत्याकाको केही अंश देखिन्थ्यो ।

करिब ३५ मिनेट को मन्दिर अवलोकन , फोटो कैद गर्ने तथा मन्दिरको दर्शन गर्ने कार्यपछी हामी ०२:२० बजेतिर ओरालो यात्रा शुरू गय्रौँ हाम्रो पिकनीक स्पटतर्फ नै । करीब ०३:०० बजे हामी पिकनिक स्पटमा आईपुग्यौँ । ओरालो बिचमा पनि रोकिएर बिस्तारै थुप्रै फोटो लिएका थियौँ । दृश्यको तथा पिकनिक टोलिको । पिकनि स्पट आईपुगेपछी फेरी नाचगानको रमाईलो प्रसंग सुचारु भयो । करिब आधा घण्टाको नाचगान पछि दिनको ०३:३३ बजेतिर फेरी हामी दिउँसोको

खाजा/खाना खान तयार भयौँ । सङ्गितको क्रम पनि चल्दै थियो भने खान को क्रम पनि । यसरी खान सकिँदा करिब दिनको ०४:०० बजेको थियो । त्यसपछि पनि करिब एक घण्टाको मनोरञ्जनात्मक कार्यक्रमपछी बेलुकी करिब ०५:०० बजेतिर हाम्रो पिकनिक टोली घरतर्फ फर्कने सुरसार गय्रौँ । करिब एक घण्टाको यात्रापछि छ बजेतिर हाम्रो टोलि कलंकी आइपुगेर आ-आफ्नो बसस्थानतर्फ छुटेका थियौँ ।


2013-11-10

यात्रा पन्ध्र मिनेट को।

संस्मरण

२०७० असोज १६ गते, बिहानको करिब ९:३० बजेको थियो । हिजो भर्खर टर्मिनल टेस्ट सकिएकाले र कलेजको दशैँ तिहार विदा पनि शुरू हुन २-३ दिन मात्र बाँकि भएकाले कलेजमा विद्यार्थिको उपस्थिति थिएन । त्यसैले चाँडै नै कलेजबाट कोठातिर लाग्दै थिएँ । कलेजमा पनि पढाई भएको भने थिएन । त्यतिकै साथिहरू सँग दशैँ तिहार विदामा के गर्ने भन्ने बारे कुरा गय्रौँ मात्र । कलेजको गेटबाट बाट बाहिर निस्कँदा आज त सम्पुर्ण एघार र बाह्रका साथिहरू सँगै थिए । कस्तो खुसि छाउँदै थियो मनमा । अघि कलेज भित्र छँदा छत बाट लिएको कलेज वरपरको दृश्य अनि कलेज प्राङ्गणमा साथिहरू खेलिरहेको फोटो मेरो मोबाईलबाट लिएको सम्झना पनि आईराखेथ्यो मनमा, कलेज गेटबाट कलंकी चोकतर्फ अगाडि बढ्दै गर्दा । सबै साथिहरूमा प्रेम छाएजस्तो देखिन्थ्यो । सबै ग्रुप ग्रुप मिलेर हिँडिरहेका थिए अ-आफ्नै कुरा गरेर । मईले पहिलो चोटि देख्दै थिएँ यसरि एघार र बाह्रका सबै मित्रहरू एकैसाथ हिँडेको, यो कलेजमा आएपछी । त्यो पनि महिला र पुरूष मित्र सँग सँगै । कस्तो छुट्टै हर्षको अनुभुति गर्दै थिएँ मन मनै । एक्लै, मोबाईलमा क्यामेरा स्टानबाई थियो, अघि कलेज भित्र खिच्दा देखिको । एक्लै, मोबाईल समातेर सबै भन्दा अगाडि हिँड्दै थिएँ । लाग्दैथियो, सबै कुरा गर्दैछन् आफ्नो निकट मित्रको साथमा रहेर, म भने एक्लै किन हिँड्दैछु ? मनले मनलाई गर्दैथियो यो प्रश्न । यस्तै हिँड्दै गर्ने क्रममा मईले एउटा फोटो पनि लिन भ्याएँ साथिहरूको अगाडिबाट, हिँड्दै गरेको ।

एकै छिनमा कलंकी चोक आईपुग्यो । यतिबेलासम्म सबै साथिहरू सँगै थिए । अब मेरो गाडि चढ्ने स्टेसन आईपुग्यो । सबै साथिसंग बिदाको वात गर्दै छुट्टिने तर्खरमा थिएँ म । कताकता आत्मियता बढे जस्तो लाग्थ्यो साथिहरूको बिचमा सबै सबैलाई दशैँको शुभकामना दिँदै थिए । अब छुट्टिने बेला आईपुगियो, म सँगै गाडि चढ्नेमा कक्षा 11 का दुईजाना साथि राजन र सानुबाबु थिए । सानुबाबुले सानो माईक्रोमा बसेर जाने कुरा गय्रो । राजन पनि त्यस्तै भनेपछि म पनि तयार भएँ । एकैछिनमा सानुबाबुले ल त्यो गाडिमा जाउँ भन्यो । यतिन्जेल म भने साथिहरूसँग हात मिलाउँदै बाई भन्न मा नै ब्यस्त थिएँ । अब छुट्टिनु पर्ने भैगयो भन्ने कुरा सोच्दै थिएँ । मईले पहिले त्यो सानो माईक्रोको ढोकामा एकजाना बहिनि देखेथेँ । लाग्याथ्यो कि ति बहिनी खलाँसि थिईन् । अनि मनमनै नजाने त्यो गाडिमा त भनेको थिएँ । तर पनि सानुबाबु र राजन चढिसकेकाले म पनि चढ्ने नै भएँ । अनि पसेँ त्यो सानो हरियो माईक्रोभित्र । हामी चढ्दा त चार जाना मात्रै यात्रु थिए गाडिमा ड्राईभर बाहेक । राजन र सानुबाबु भने अगाडिको सिटमा बसेको थियो म भने पछाडि धेरै जाना अट्ने खालि ठाउँमा बसेथेँ । एकै छिनमा पहिला एकजाना र पछि पाँच जाना गरि छ जाना यात्रु चढे । मैले पहिले त केवल सोचेको मात्र थिएँ कि ति सानि बहिनि त्यो गाडिको खला भनेर पछि त यो कुरा साँचो नै भयो । आखिरिमा ति बहिनि त्यो गाडिको खला रहिछिन् । मनै कस्तो नमिठो लाग्यो । सोच्दैथिएँ म पढेको बेकार भयो । के गर्दैछु आज, त्यत्रा सक्षम र उमेरळे काम गर्न दिएको खलासि भएको गाडि हुँदाहुँद पनि यो गाडिमा चढ्न पुगेँ । बाल श्रमिकको बहिस्कार गर्नुपर्छ, यसरी कलिला उमेरका बालबालिकाको प पाउने नैसर्गिक र आधारभूत अधिकारको हनन् हुनेगरि काममा लगाउनु हुँदैन, बालश्रमको शोषण गर्नु अपराध हो कानुनको नजरबाट र बालश्रमको शोषण गर्नु मानविय दृष्टिले पाप समान हो, यत्तिका जान्दा जान्दै पनि म आज यो गाडिमा चढेर वालश्रम शोषक बन्दैछु । यसरि सोच्दै गर्दा कति बेरमा हो पत्तै पाएको थिईँन मैले त तर दुईजाना यात्रु थपिइसकेका रहेछन् अरू । तिनिहरू पनि कलेज पढ्ने विद्यार्थि नै थिए ।

म त सोचाईमा डुबेको डुब्यै थिएँ । सानो माईक्रो को लामो सिट, त्यसमा म अगाडि ड्राइभरको सिट पछाडि बसेको थिएँ । ड्राईभरको सिटमा समातेर । यतिबेर सम्ममा गाडि स्टार्ट भएर कलंकी चोकमा कालिमाटि तर्फको स्टेसनबाट पार गरेर यता थानकोट जाने बाटोतर्फको स्टेसनमा आईसकेको थियो । " नैकाप-सतुङ्गल-गुर्जुधारा-चेकपोस्ट ओ चेकपोस्ट !! जाने हो ! नैकाप-सतुङ्गल-गुर्जुधारा-चेकपोस्ट ।" ति सानि नानि कराउँदै थिई । प्राय चेकपोष्टको दिशातर्फ जाने गाडिका खलासीले यात्रु बोलाउँदा भन्ने शब्द यिनै हुन् । यसकारण पनि मैले यसमा फरक महसुस नगर्नु पर्ने थियो । तर पनि खै छुट्टै मसुस गरिरहेको थिएँ । यि शब्दसजित स्वरलाई सुन्दा । सायद यसकारण होला कि यो स्वर सँधै सुनिने केटा दाजुभाईका होईनन् महिलाको आवाज थियो । यसमाथि पनि एउटी उमेरले यसरी गाडिको खलाँसी बन् भनेर पनि नभनेको अवस्थाको महिला । एउटी बालिका जो अहिले यदि यो गाडिको खलाँसी नबनेको भए हातमा टिफीन र पछाडि झोला भिरेर स्कुल जाँदै गरेकी हुन्थिन् । सायद यसै भएर होला । मेरो मनमा यत्तिका कुराहरू खेलेको पनि ।

ति सानि नानि कराउँदै थिई " नैकाप-सतुङ्गल-गुर्जुधारा-चेकपोस्ट ओ चेकपोस्ट !" मईले त पहिले नै एकचोटि विचार गरेँथेँ कि ति सानि नानिसँग एकचोटि दोहोरो कुरा गर्छु भनेर । तर पनि ति नानि यात्रु बोलाउनमै व्यस्त । कलंकी चोकको उताको स्टेसनबाट यतासम्म आईपुग्दा मैले केहि अरू छुट्टै महसुस गरेँथेँ फेरी । एकजाना यात्रु फेरि थपियो यतापट्टि आईपुग्दा सम्ममा । म मनमा कुराहरू खेलाउँदै ति सानि नानिलाई हेर्दै थिएँ र उनको गतिबिधिमा आँखा सोझ्याऊँदै थिएँ । यत्तापट्टि आईपुग्दा तिनले सडकमा राखिएको डिभाईडरमा खुट्टाले हान्दै थिईन् । अलिक धेरै छाडा भएको जस्तो लाग्दैथियो ति नानि । अरू गाडिका खलासी हरूसँग जिस्किने र बाज्ने गर्दैथिई । त्यतिबेला मनमा के आयो भने -यि !!! यस्तै हुन्छ, कलिलै उमेरमा आफ्ना आमाबावुबाट उचित स्याहार तथा ममता अनि राम्रो संस्कारको ज्ञान नपाएको मान्छे । त्यसमाथि पनि उनि त त्यति सानी छिन् कि ठिक कति बेठिक कति अनि के भन्ने कुरा समेत जान्न बाँकि नै छ । यसरी हरेक सडक बालबालिकाको एउटा यस्तै कहानि हुने गर्दछ । हाल झन यस्ता साना साना बालबालिकाहरूको हक हितमा काम गर्ने विभिन्न संघ संस्थाहरू थुप्रै खुलेका छन् । खै तिनिहरू कहाँ छन् अनि के गर्दैछन् ? खै त यसरी गाडिमा खलाँसि बनेर हिँडेका नानिहरूको भविश्य ? भोलि यिनिहरू के गर्लान् ? म बाह्र कक्षा पढ्ने मान्छेको त भविश्य के हुन्छ भनेर सोच्न सकेको छैन मैले झन् यि नानिको त के होला ? यि यस्तै प्रश्नहरू मनमा चलिरहेका थिए । मनमा एकतमासले यस्ता प्रश्नहरू उब्जिरहेका थिए तर मलाई यसको उत्तर भने मिलिरहेको थिएन ।

यतिवेला गाडि गीडिसकेको थियो स्टेसन बाट । जब कलंकी बाट ढुङ्गेअड्डा आईपुगियो तब ति सानि नानिले "तिनथान झर्ने भए भाडा दिनु" भनी । उनको बोलि एउटा साधारण बालिका को जस्तो थिएन मतलब उनको बोलिको शैलि एकदम ठाडो थियो । लाग्थ्यो त्यहाँ एउटी छाडा केटि आएर कराउँदै छे । हुन पनि उनको व्यवहार पनि छाडा नै थियो । तिनथान आईपुग्नै लाग्दा सानुबाबु झर्ने ठाउँ आईपुग्यो । तब उनले भाडा लिँदै गर्दा थाहा पाएँ कि उनि कक्षा 1 मा दुई तिन महिना पढेर छाडे जस्तो छिन् । यो मेरो केवल कल्पना मात्रै थियो । सानुबाबु ओर्लेपछी गाडि अघाडि बढ्यो । अब अगाडिको सिटमा राजन एकजाना मात्र थियो ड्राईभर बाहेक । म भने अझै नजर ति सानि नानिकै गतिबिधिमा केन्द्रित गर्दै थिएँ । अब सबैले अ-आफ्नौ भाडा दिन थाले । अघि पाँचजाना चढेका समूहले पनि भाडा दिए । कार्ड छ भने, तब ड्राईभरले कार्ड पनि देखाउनु है भने । उनले पनि कार्ड हेरिन् । पाँचै जानाको कार्ड हेरिन् । तर थाहा पाउन सकेको थिईँन मईले भने कि उनले कार्डमा के हेर्दैछिन ? ब्यक्तिको फोटो या नाम र कार्डको भ्यालिटिडी डेट ? मत अकमक्क परेँ । उनले पैसा फिर्ता दिँदा पनि ड्राईभरलाई नै तपाई आफैँ दिनु भनेर जिम्मा लगाएकि थिइन् । जब नैकाप आईपुग्नै लाग्यो तब नैकापको उकालोमा केहि जाम भएजस्तो भयो । सायद त्यो अर्को यात्रु चढेको गाडिले नैकापमा यात्रु ओराल्दा भएको जाम जस्तो लाग्थ्यो । यसैबेला ति नानि बाहिर सडकमा हिँडिरहेको एकजाना उत्तिनै उमेरका एकजाना बालकसँघ बाज्दै थिईन् । यो बेला त उनले झनै बढि छाडा शब्दहरू प्रयोग गर्दैथिईन् । ति बालकले पनि त्यस्तै कुराहरू गर्दै थिए ।

केहि बेर पछि नैकाप चोकमा एकजाना यात्रु ओरालेर गाडि अगाडि बढ्यो । यो बिचमा पाँचजानाको समूहमा आएका मध्यो एकजाना करिब ४० मुनिको उमेरको लाग्ने एकजाना पुरूष यात्रुले ति सानि नानिलाई सोधे -"नानु तिमीलाई त्यो फुच्चेले किन जिस्काको ?" तब उनले भनिन्,-"पहिले हामी दबैजाना सँगै खले(खलाँसी) गर्थ्यौँ क्या ।" तब मलाई उनले ति बालकसँग बाज्दा भनेको कुरा याद आयो 'ओई साले पैसा कमाउने मन भए आइजो ।' अनि नघुम्ने मन पनि पैसा तिर घुम्न थाल्यो । हैन यो पैषा भन्ने चिज के हो ? यि सानि नानि पनि पैसाकै कारणले यसरि खलासी काम गर्दै हिनिछिन् । साँच्चि यिनको बुवा आमा चैँ को होलान् ? साँच्चै यिनलाई पढाउन खर्च नपुगेरै यिनि खलासि बन्न बाध्य भएकि हुन् त ? कि यिनि अरूको लहैलहैमा लागेर यसरि खलासि बनेकि त ? यस्तै सोच्दै थियो मन । बल्खुपुल आउनै लागेको थियो । अघिनै देखि भाडा मागिरहेकोले राजनले बिस रूपैयाँ दियो मेरो र उसको । झन्डै AI स्कुलको नजिक आइपुग्दा एकजाना यात्रु फेरि चढ्यो ।
अब संगम बस्ति आईपुग्नै लागेकोले झर्ने तर्खरमा थियौँ । संगम बस्ति आईपुग्नै लाग्दा अघि मैले भनेका 5 जाना ग्रुपका यात्रुहरू बालकुमारि समाज गेट अगाडि झर्ने भनेका थिए । मईले ड्राईभरलाई भनेको थिएँ सँगम बस्ति रोक्न तब ति नानि अकमकिइन् । मलाई लाग्यो यसरि ठाउँको नाम थाहा नभएको खलाँसी राख्दा ड्राईभरको हालत के होला ? यात्रुलाई अन्यत्रै झारिदियो भने !! हुन त यो कुरामा यात्रु आफैँ नै सजग हुने गर्दछ । तर भिड भएको बेलामा त आपत परिहाल्छ नि । संगम बस्ति गेटमा ओर्लेपछि राजन र म हिँड्दै थियौँ कोठा तर्फ । हामि ओर्ले संगै त्यो गेटबाट केहि महिलाहरू पनि भित्र प्रवेश गर्दै थिए । उनिहरूले पनि त्यो सानो गाडिको सानि खलासि नानिको कुरा गर्दै थिए । एकजानाले भन्दै थिए -"ओई, हेर्न, त्यो हरियो गाडिले त आफ्नै छोरिलाई खलाँसि बनाएर हिँडेको रहेछ ।" मईले त यति मात्र सुनेँ तब मनमा कुरा खेल्न थाल्यो फेरी । सिधै बुझ्दा त अलिक हाँस उठ्दो तरिकाले भनिएको थियो यो कुरा, साँचो अर्थ बुझ्ने हो भने दोश ति महिलाले गाडिको ड्राईभर यानेकि(मान्दा) ति नानिको बुवालाई लगाएको थियो । न त मलाई थाहा थियो न त उनलाई कि ति नानि र ड्राईभर बिचको सम्बन्ध के को हो भनेर तर पनि साधारढ मान्छेले सोच्ने त यहि हो ।

मइले गाडिमा हुँदा सम्म त ति नानिको पढाई तथा जिन्दगिको कुरा मात्र सोचेथेँ तर यो कुरा सुनेपछि भने हरेक ड्राईभरको दायित्वको बारेमा पनि कुरा खेल्न थाले मनमा । हो मामको लागि दाम र दामको लागि काम, ड्राईभर काम एउटा सम्मानयोग्य पेसा हो । तर उनिहरूले पनि आफ्नो दायित्व बिर्सनु राम्रो होईन । पाको र उमेर पुगेको सहायक ड्राईभर राख्नु उनिहरूले सोच्न सक्ने एउटा क्षेत्र हो । यसरि सानै उमेरका सहायक ड्राईभर राखि उनिहरूको अधिकार हनन हुने काम गर्न रोक्नुपर्छ । यो कुरामा सम्पुर्ण यातायात ब्यवसायीले पनि एकचोटि ध्यान पुय्राउनुपर्छ । यि यस्तै कुरा खेल्दै थिए मनमा, बाटो बिचमा राजनले के के कुरा गय्रो, के के कुरा सोध्यो सबै बिर्सिएछु । कोठामा आईपुगेको पनि पत्तै भएन । लाग्यो आज त कत्ति छिट्टो कोठामा आईपुगेको !।

2013-10-01

कविता : मनमा माया भएपछि ।


कविता


यो चित्र को खोजि बाट प्राप्त चित्र हो
धनको खडेरि मानी उस्तै छ
पुगिसरी बेलामा लाएको माया ।
  सुख टाढा भए पनि
  भौतिक चाहा अपुरो भए पनि
  दुःखको भेलै आए पनि
  अभावको झरिनै परे पनि
उस्तै गाढा छ माया
मनको धनि भएपछि ।
मनमा माया भएपछि ।

...
स्वार्थिहरूको बिचमानी उस्तै छ
निस्वार्थि बिचमा लाएको माया
  शत्रुले खोईरो नै खने पनि
  स्वार्थिले सेखि झार्न खोजे पनि
  सारा सँसार लेनै छुटाउन खोजे पनि
  आधारहिन आरोप लगाए पनि
उस्तै गाढा छ माया
माया स्वार्थहिन भएपछि ।
मनमा माया भएपछि ।

...
परदेशि दूरिमानी उस्तै छ
स्वदेशि हुँदामा लाएको माया
  क्षितिजैले छेको पनि
  बादलैले ढाके पनि
  भूमि छुट्टै भए पनि
  मौसम बेग्लै भए पनि
उस्तै गाढा छ माया
माया सदावाहार भएपछि ।
मनमा माया भएपछि ।

...
काँडाको बिचमानि उस्तै छ
फुलको बिचमा लाएको माया
  छाला छिया छिया भए पनि
  रगत जति नै बगे पनि
  काँडा नै बिझे पनि
  खिलै पल्टे पनि
उस्तै गाढा छ माया
माया दुःख सुखमा भएपछि ।
मनमा माया भएपछि ।

यो चित्र को खोजि बाट प्राप्त चित्र हो ...
बेसुरको सङ्गीतमानि उस्तै छ
सुमधुर धुनमा लाएको माया
  काग जति नै कराए पनि
  कोईलि नगाई रोए पनि
  मिठो सरगम हराए पनि
  अमिल्दो बाजा बजे पनि
उस्तै गाढा छ माया
माया मिठो गित भएपछि ।
मनमा माया भएपछि ।

...
रोगि जिवनमानि उस्तै छ
सौखी जिवनमा लाएको माया
  दिर्घ रोगि नै बने पनि
  उपचारै नलागे पनि
  चाहेको पुय्राउन नसके पनि
  भौतिक शरिर लडे पनि
उस्तै गाढा छ माया
माया निरोगी भएपछि ।
मनमा माया भएपछि ।

        ...............सिजन तामाङ्

2013-09-19

गजल :- सनसनिपुर्ण रात

गजल :-सनसनिपुर्ण रात

सनसनिपुर्ण रात त्यो कसरी भुल्ने
मद जवानिको मात त्यो कसरी भुल्ने

कसैको मतलब छैन आफ्नै छ दुनियाँ
मिलाएको देह खात त्यो कसरी भुल्ने

रंगिन दुनियामा डुवुल्कि मार्दै मार्दै
मदहोसिमै बात त्यो कसरी भुल्ने

शान्त छ दुनियाँ जागा त्यहि बेला
कामदेवकै जात त्यो कसरी भुल्ने

लुटुपुटु लुटपुटिँदै आनन्द फेर्दै
जस्तै धागो कात त्यो कसरी भुल्ने

स्पर्शिँदै बेरिँदै चुम्दै ति अधरहरू
सलबलाउँदै हात त्यो कसरी भूल्ने

चोटिलो रसिलो प्रहार छ दुवै बाट
माठो दर्द घात त्यो कसरी भुल्ने


….सिजन तामाङ् वाईबा। 

कविता: मेरो सुनको मुर्तिमा भगवान बसेन

कविता :- मेरो सुनको मुर्तिमा भगवान बसेन

© २०७० सिजन तामाङ्


रगत चुसेथेँ, पसिना सोसेथेँ, गाउँलेको
समयले कोल्टे फेय्रो
युगले काँचुलि फेय्रो
अब धर्म गर्छु भनी
अनि मुक्ती पाउँछु भनी
स्वर्ण मुर्ति बनाएँ,
 पुजा गर्न
तर,
 म माथि गाउँलेको अचुक ऋण बाँकि भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 पुजा पुरा भएन
मलाई माफि मिलेन ।


मन्दिर नासेथें, पुजा रोकेथेँ, गाउँको
डाँडा माथिको घम भईयो
यमराजले पनि चिठी पठाएछ
जिउने चाहा झन् बढ्यो
भगवानसँग चिरन्जिविको आशिर्वाद् माग्छु भनेर
स्वर्ण गजुर जडित मन्दिर बनाएँ
 भगवानको दर्शन गर्न
तर,
 मेरो पापको भकारी ठुलो भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 भगवानको दर्शन पाईँन
मलाई माफि मिलेन ।


शब्दजाल बुनि, आश्वासनले लठ्ठ पारेथेँ, उमेर छँदा, गाउँले लाई
उमेर पनि चढ्दै गयो
अब त सक्दिन जस्तो लाग्यो
आफ्नै पाप देख्न थालेँ
पाप सबै धुन्छु भनेर
तिर्थ यात्राको योजना बनाएँ
 तिर्थ जान
तर,
 दम सकियो शरिरको सोच मात्र बाँकि भयो
पक्कै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 तिर्थ पुरा भएन
मलाई माफि मिलेन ।

श्रम सोसेथेँ, गास खोसेथेँ, जोस छँदा, गाउँले को
जोस पनि हराउँदै गयो
आफ्नो कु-कर्मको आभाष भयो
नमिठो लाग्यो र आफैँलाई धिक्कार दिएँ
पश्चाताप गरि भगवान खुसि पार्छु भनेर
यज्ञवेदि तयार गरेँ
 यज्ञ गर्न
तर,
 म भित्र अधर्मको कुराउनी बाँकि भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 यज्ञ पुरा भएन
मलाई माफि मिलेन ।


थिचोमिचो गराई, घुस लिएथेँ, बोलि छँदा, गाउँले बाट
बोली पनि बिक्न छाड्यो
घुसखोरिको नमिठा आरोप आयो
सत्यको सामु मेरो असत्य टिकेन
अब सत्यकै बाटो लाग्छु भनि
प्रवचनको आयोजना गर्न लगाएँ
 सुनेर मन बदल्न
तर,
 घुस्याहा कानेगुजिले मेरो कानै ठप्प भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 मेरो मन बदलिएन
मलाई माफि मिलेन ।


गाउँले धपाएथेँ, भुमि बेचेथेँ, हैकम चल्दा, गाउँले माथी
गाउँलेले पनि टेर्नै छाडे
मेरो हैकमबाद सेलाउन थाल्यो
गाउँले पनि सचेत भए
गाउँले साँगै मिल्छु भनेर
पश्चाताप सभा आयोजना गरेँ
 माफि माग्न
तर,
 मेरो बोलिमा अहमता नै हावि भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 गाउँले ले पनि माफि दिएन

मलाई माफि मिलेन ।

Windows xp मा password बिर्सीनुभायो

यो लेख पनि प्रतिलिपि लिंक हो लक्की बस्नेत जी को ब्लग बाट

लक्की बस्नेत: Windows xp मा password बिर्सीनुभायो:

what is voip ip call ? के होत भिओआइपी कल ?

अलि अघि देखि नै मा VOIP कल के हो भन्ने बारेमा जान्न खोज्दै थिएँ। त्यस बिचमा धेरै लेख हरु पढे अनलाइन मा। तिनीहरु मध्ये मैले पढेको लक्की बस्नेत जी को ब्लग पोस्ट अलिक सरल लग्यो त्यसैले तपाई हरु समक्ष्य यो लिंक प्रस्तुत गर्दै छु। VOIP कल को बारेमा तपाई पनि तलको लिंक मा क्लिक गरि पढ्नुस्। .....

यहाँ क्लिक गर्नुहोस  के होत भिओआइपी कल ?  पढ्नुहोस। 

बोक्सी : तान्त्रिक र आम मानिस को छुट्टा छुट्टै दृष्टिमा।

बोक्सी : तान्त्रिक र आम मानिस को छुट्टा छुट्टै दृष्टिमा। 

© गूगल खोज बाट प्राप्त तस्विर

हुन त भूत हुँदैन भनेर विज्ञानले पनि भनेको छैन । तर पनि विज्ञानले न हुन्छ भन्न सकेको छ न त कुनै प्रमाण समातेर हुँदैन नै भन्न सकेको छ । विश्वास गर्नेहरू हुन्छ भन्छन् अनि नगर्नेहरू हुँदैन । कुरा आ-आफ्नो छ । तर पछि यस्ता अपत्यारिला घटनामा परिसकेपछि भने यो पत्याउनै पर्ने ठाडो वाध्यता बनेर आउँछ । यसरि सरसर्ति लेख्दै जाँदा कुरा जोठ्न खोजेको भने हाल हाम्रो तात्कालिन समाजमा घटिरहेको घटना बोक्सीको आरोप मा हो ।

© गूगल खोज बाट प्राप्त तस्विर
अब सरसर्ति विषयमा जाउँ । अघि उठान गरेको अपत्यारिला घटना भन्ने विषयमा अर्को बसाईमा छुट्टै बहस गरौँला । तर आज भने म तान्त्रिक विश्वासमा बोक्सी के हो ? अनि आम मानिसको बुझाईमा के रहेको छ बोक्सी ? र किन आरोपित भईरहेका छन् बोक्सीको ? मतलब बोक्सीको आरोप के कारणले लगाउँछन् भन्ने कुरामा चर्चा गर्न खोज्दैछु ।
तान्त्रिक विश्वासमा बोक्सी के हो ?
- एउटा (रूढिवादि तर कहिलेकहिँ पत्याउनै पर्ने बन्ने) वाश्वास छ कि मानिसको आत्मा भड्कन्छ । विश्वास गरिए अनुसार मानिस जन्मेर मर्ने सम्मको समयको बिचमा परेको भोगेको परिस्थि अनुसार मानिसको आत्मा भड्किने र शान्त हुने कुरा निर्भर हुन्छ ।

यसरी तान्त्रिक विश्वास यहाक पुगेर बोक्सीको निश्कर्ष निकाल्छ, की यि यस्तै भड्केको आत्मा(भूत) लाई तान्त्रिक शक्तिले नियन्त्रण गरी उनिहरूबाट अरू जिवित मानिसले नै जिवित मानिसलाई हानि गराउने काम गर्छ । वा भनौँ त्यस्ता आत्माबाट प्राप्त शक्तिको दुरूपयोग गरेर अरूको बिगार गर्ने काम गर्छ सो नै बोक्सी कार्य हो । र यस्तो कार्य गर्ने तान्त्रिक व्यक्ति नै बोक्सि हो ।

यसरी भनिरहँदा भन्नै पर्ने एउटा कुरा के हो भने तान्त्रिक A (धामी, झँक्रि) र तान्त्रिक B (बोक्सी कार्य गर्ने) बिचको एउटै भिन्नता हो खराब काम नगर्ने र गर्ने । दुवैले तन्त्र मन्त्रकै जप बाट त्यस्तो शक्ति आधिनमा गर्ने हो । तरधामी झँक्रि यसलाई त्यस्ता अप्रिय आत्माहरू भगाउन र तिनिहरूले साधारण मान्छेमा गरेको हानि र खराबि कम गर्न अनि हटाउन प्रयोग गर्छन् । तर बोक्सी तान्त्रिक शक्तिबाट नै त्यस्ता आत्माहरूलाई जगाएर उल्टो विनाशकारी काममा लगाउने गर्दछ ।

यसरी दुवैले आ-आफ्नो कार्य गर्दा एकै ठाउँमा उनिहरूको लक्ष विन्दु ( धामिले निको पार्न खोजेको पनि त्यही ब्यक्ति अनि बोक्सीले सखाप पार्ने भनेर आँटेको पनि त्यही ब्यक्ति) पर्दा उनिहरू दुवै बिच तान्त्रिक बल र तान्त्रिक बिधिबाट लडाईँ र झगडा हुन्छ । यो लडाईँमा मर्ने र मार्ने सम्मको कार्य( तान्त्रिक बिधिबाटै ) हुन सक्ने र हुने विश्वास गरिएको छ ।

साधारण मानिसको बुझाई र बोक्सी भनि किन आरोपित हुन्छ त ?
- अघिनै मैले भनेथेँ तान्त्रिक बलको दुरूपयोग नै बोक्सी हो भनेर । र यस्ता जो मानिस पनि हुन सक्छन् । जसले तान्त्रिक तन्त्र मन्त्र जप्न र पढ्न भन्न सक्छ । यसै क्रममा वर्तमान समाजमा आउँदा मानिसको बुझाइमा के कुराले प्रभाव पारेको छ भनेर हेर्ने हो भने केहि कुरा हामा पाउन सक्छौँ ।

जस्तै कि बिभिन्न पुराणका कथाहरू सबै सबैमा दैत्य दानव खराब र देवता असल भनेर देखाईएको छ । त्यस्तै बिभिन्न टेलिभिजन सिरियल तिर पनि दैत्यको श्रङ्गार देवताको भन्दा निकै डरलाग्दो गरी गरिएको देखिन्छ । हो यस्तैगरी आम मानिसमा फोहोरी, हेर्दा डर लाग्दो देखिने मानिसहरू अनि दैनिक व्यवहार प्रष्ट नभएको मानिसहरू बोक्सी हुन् भन्ने छाप परेको छ । यद्यपी साँचो अर्थमा भने यो कुरा बिल्कुल होईन । यो त केवल आम मानिसको अधकल्चो बुझाई हो । यसै कारण दिन प्रतिदिन हाम्रो समाजमा ज्योष्ठ नागरिकहरू(खासगरी जो अलिक गरिब परिवारको छ र स्याहार सफाई गर्ने कोहि छैन), एकल महिला(खासगरी जसको दैनिकी अरूको नजरमा राम्रो र सुखि छैन) हरूलाई बोक्सीका आरोप लगाईरहेका छन् आम नागरिकहरू ।

© गूगल खोज बाट प्राप्त तस्विर 
माथि नबुझेर भनेँ मैले तर अक्षरस त्यस्तो कमै होलान् । कतिपय ठाउँमा घटेका घटनालाई केलाउने हो भने कुनै एउटा कुराको रिसिबी को बदला लिन पनि यस्तो बोक्सीको आरोप लगाउने गरेको पाईन्छ । मतलब बोक्सीको आरोप लगाउने अनि मजाले थिचोमिचो गर्ने । सारा समाजको अघिल्तिर बोक्सी भनेर भनिदिन्छ अनि त त्यो पिडित ब्यक्ति बोल्नै सक्दैन र त कुटपीट लछार पछार अनि मानिसलाई पनि कुकुरलाई भन्दा बेसि दुर्व्यावहार गर्छन् । आफ्नै दिशा खुवाउँछन्, पिसाब खुवाउँछन्, पिट्छन्, आगोले पोल्छन्, सिस्नु पानिले डाम्छन् हो यस्तै यस्तै अरू थुप्रै हर्कत गर्छन् । हो त्यस्ता पिडकलाई कार्यबाहि गरिनुपर्दछ । तर पनि फेरि हाम्रा सामु त्यस्ता घटना पनि छन् जो बाहिर आउन पाएको छैन । मतलब साँच्चै बोक्सी काम गरेर अरूको घात गर्ने हेतुले गरेका काम पनि छन् । हो यि कुरामा भने अलिकति अनुसन्धानिनुपर्ने देखिन्छ । ति त्यस्ता बोक्सी कार्यको कारवाही कुटपिट होइन त्यस्तै तान्त्रिक बिधिवाट गरिनुपर्दछ । यो पनि तान्त्रिक विश्वास छ यसको सजायको उपाय पनि छ ।

यष्ता सजायको उपाय तथा प्रत्यक्ष भोगेको तान्त्रिक को अनुवभ पछि लेखौँला ।
...........  
अन्त्यमा यति भन्छु कि बोक्सीको आरोप लगाएर यताना दिने काम अफैँमा नराम्रो छ । चाहे त्यो आरोपितले साँच्चै तान्त्रिक वलको दुरुपयोग नै किन गरेको होस् । किनकी कर्म अनुसारको फल पाक्नुपर्छ । समय पनि यहि भन्छ र म पनि यहि भन्छु । हाल सम्मको हाम्रो ठाउँको आरोपको प्रवृती हेर्ने हो भने प्रतिशोध लिन, अधकल्चो बुझाई तथा अरू कारणले बढि बोक्सीको आरोप लाग्ने गरेको देखिन्छ । आखिरीमा साँच्चै बोक्सीले गरेको कामको त पर्दा फुस्कँदा पनि फुस्किँदैन । त्यसैले साँच्चै आरोप सत्य भए तान्त्रिक विश्वासकै बिधि अपनाएर उपचार गर्ने गर्नुपर्दछ । त्यसरी हचुवाको भरमा आरोप लगाएर निर्दोशीलाई सजायको भागि बनाउने कार्य कम गर्नु पर्दछ ।

2013-09-08

वार्षिकोत्सव सम्पन्न

कलंकी काठमाडौं, भदौ १६ । , गणेषमान सिँह बहुमुखी क्याम्पसको यस बर्षको बार्षिकोत्सब तथा साँस्कृतिक कार्यक्रम यहि भाद्र १६ गते सम्पन्न भएको छ । कार्यक्रम शिक्षा बिभागका महानिर्देशक डा. लवदेव अवस्थिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रममा क्याम्पसले विभिन्न समयमा आयोजना गरेको बिभिन्न बिधाका प्रतियोगितामा बिजयी भएका बिद्यार्थिहरूलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । साथै उक्त कार्यक्रममा बिभिन्न कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए । पुरस्कार वितरणको औपचारिकता बाट शुरू भएको कार्यक्रम सभापतिको सभा बिसर्जन संगै साँस्कृतिक कार्यक्रमको औपचारिकतामा प्रवेश गरेको थियो ।

आर्थिक दैनिक मा प्रकाशित यसै सम्बन्धि समाचार पढ्न यहाँ क्लिक गर्नुहोस।
तथा उक्त कार्यक्रम मा पुरस्कार वितरण गरिएको नामावाली हेर्न यहाँ होला।

गणेशमान सिंह बहुमुखी क्याम्पास मा भएका विभिन्न प्रतियोगिता मा बिजयी भएका बिद्यार्थी हरु........

गणेशमान सिंह बहुमुखी क्याम्पास मा भएका विभिन्न प्रतियोगिता मा बिजयी भएका बिद्यार्थी हरु........


प्रतियोगिता :- नृत्य प्रतियोगिता भएको मिति:- २०६९ -०५ -३१
श्रेणी:- 
प्रथम:- दिपा खनाल(+2,2nd)
प्रतियोगिता :- नृत्य प्रतियोगिता भएको मिति:- २०७० -०५ -१६ श्रेणी:-
प्रथम, द्वितीय,तृतीय नाम/थर:- पेमा लामा(B.Ed.1st), नवराज भट्टराई(B.Ed.3rd), मनिषा रिजाल(BBS3rd)
प्रतियोगिता :- चेस प्रतियोगिता भएको मिति:- २०७० -०५ -०९ श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- हुम ब. जि. एम.(B.Ed.3rd), सत्य ब. विष्ट(B.Ed.3rd), रविन महर्जन(+2,2nd)
प्रतियोगिता :- स्पोन रेस प्रतियोगिता भएको मिति:- २०७० -०५ -१० श्रेणी:- प्रथम, द्वितीय नाम/थर:- प्रतिक्षा पौडेल(+2,2nd), सरिता रेग्मी(B.Ed.3rd)
प्रतियोगिता :- म्युजिकल चेयर प्रतियोगिता भएको मिति:- २०७० -०५ -१० श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- कविता अधिकारी(BBS,3rd), सन्ध्या दवाडी(B.Ed.3rd), सञ्चिता श्रेष्ठ(+2,1st)
प्रतियोगिता :- वक्तृत्वकला प्रतियोगिता भएको मिति:- २०७० -०५ -१३ श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- राम बाबु क्षेत्री(BBS,3rd), ठाकुर घलान(B.Ed.3rd), सरिता रेग्मी(B.Ed.3rd)
प्रतियोगिता :- निवन्ध लेखन प्रतियोगिता भएको मिति:- २०७० -०५ -०९ श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- दामोदर सापकोटा(BBS,3rd), रतन ब. रोकाय(B.Ed.3rd), प्रवीण गिरी(B.Ed.3rd)
प्रतियोगिता :- कविता वाचन
प्रतियोगिता भएको मिति:- २०७०-०५-१३ श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- नवराज भट्टराई(B.Ed.3rd), सरस्वती गैरे(B.Ed.1st), सर्वज्ञ राज भट्टराई(BBS,3rd) प्रतियोगिता :- वास्केट वल(छात्र) प्रतियोगिता भएको मिति:- २०७०-०५-१३ श्रेणी:_ प्रथम:-[१.राजन पाठक, २.सागर गौले, .सञ्जय पोखरेल,४.विजय खनियाँ, .रोशन खड्का, ६.श्याम कुमार महर्जन](BBS,3rd) द्वितीय:-[.धर्मदेव चौधरी, .रतन रोकाय, .सुजन थिङ्, .अमर मानन्धर, .भीम ब. बडुवाल](B.Ed.3rd) तृतीय:-[.अनिल भारती, .उमेश सिंह, .नरेन्द्र ब. विष्ट, .जगत जुग्जाली, .कमान सिंह लामा, .सिद्दराज जोशी](B.Ed.3rd) १० प्रतियोगिता :- वास्केट बल(छात्रा)
प्रतियोगिता भएको मिति:- २०७०-०५-१४ श्रेणी:_ प्रथम:-[.दीपिका कार्की, .पुष्पा खनाल, .भागरती नडाल, <.परी लामा, .सुशानी यादव><+2.2nd>, .सगुन खनाल](B.Ed.3rd) द्वितीय:-[.जेनुका श्रेष्ठ, .अप्सरा कार्की, .सञ्चिता श्रेष्ठ, .मिना न्यौपाने,५.रचना श्रेष्ठ, 6.नानीमाया योञ्जन](+2,1st) ११ प्रतियोगिता :- हाजिरी जवाफ(स्नातक) प्रतियोगिता भएको मिति:- २०७०-०५-१४ श्रेणी:_ प्रथम:-[.रतन ब. रोकाय, .भीम ब. बडुवाल, .पुष्पा खनाल, .सुजन थिङ्](B.Ed.3rd) द्वितीय:-[.दामोदर सापकोटा, .सागर गौली, .हरी सुवेदी, .विजय राज खनिया](BBS,3rd<old>) तृतीय:-[.सर्वज्ञराज भट्टराई, .उद्दव पाण्डे, .राम बाळु क्षेत्री, .मनिषा रिजाल](BBS,3rd<new>) १२ प्रतियोगिता :- हाजिरी जवाफ(+2) प्रतियोगिता भएको मिति:- २०७०-०५-१४ श्रेणी:_ प्रथम:-[.सञ्जय गुरूङ, .हिरा विश्वकर्मा, .भीम राज थाप](+2,1st) द्वितीय:-[.मुक्तिनाथ ईटनी, .दीपा खनाल, .अस्मिता खकुरेल](+2,2nd) तृतीय1:-[.हरिराम चौधरी, .संगिता श्रेष्ठ, .शिशिर ठकुल्ला](+2,1st) तृतीय2:-[.नारायण रिमाल, .सन्दिप के.सी., ३.सुशिल पुन मगर](+2,2nd)


2013-08-02

मेरो गजल यात्रा

मेरो गजल यात्रा


गजल, साहित्यको एउटा बिधा आफैँमा काब्यिक बिधा हो । विकीपीडियामा भनिएको छ कि गजल गित र कविता भन्दा फरक बिधा हो । मेरो र यो गजलको पारिवारिकता वा भनौँ साक्षतकार पनि निकै गोलमालपूर्ण अवस्थाबाट सुरू भएको छ । आजकल पनि अझै नजिक हुने र सिक्ने क्रम नै चल्दैछ । मेरो गजल यात्रा को सुरूवात समय पनि त्यति लामो छैन । ति दिनहरूमा गजल भनेर लेखिएका कतिपय लेखहरू भावना मात्र पनि भएछ ।

जब मैले गजल लेखन शुरू गरेँ वा भनौ गजल भनेर रचनाहरू कोर्न थालेँ त्यतिबेला १० कक्षा पढ्दैको समय थियो । त्यो बेला मलाई गजल के हो र यसको संरचना कस्तो हुन्छ भनेर समेत थाहा थिएन । मैले त केवल रेडियोमा वाचन सुनेर त्यसको भरमा कोरेको थिएँ । हो त्यै बेला कोरेका रचनाहरू भावनामात्रै भएका तर कतिपय भने मिल्न खोजेछ । यसैगरी मेरो साहित्यप्रतिको मोह पनि बढ्दै गयो । अलि पछि पनि एफ्. एम्. मा गजल बाचन सुन्ने र सुनेको दुरूस्तै कपि गरेर त्यो फेरि पढ्न थालेँ र गजल भनेरै अरू रचना कोर्न पनि थालेँ । एस्. एल्. सि. दिएलगत्तै गाऊँमै हुँदा बहकिने मन (मुक्तक विषेस कार्यक्रम) पनि सुरू भयो । यो सँगै मुक्तक पनि कोर्न थालियो सुनेकै भरमा । जब काठमाडौँ छिरियो तब सामाजिक संजाल फेसबुकसंग नाता पनि गाँसियो । यसै क्रममा फेसबुकमै मित्रहरू सँग रचना सेयर गर्ने एकअर्काको रचना पढ्ने, लाईक, कमेन्ट गर्ने क्रम पनि चल्यो । यसरि नै मलाई गजलको संरचना थाहा नहुँदा पनि मैले गजल नै बनाऊन थालिसकेछु । त्यतिबेला मलाई काफिया, रदिफ जस्ता आधारभूत कुराको समेत ज्ञान थिएन । तर पनि मैले अहिले आएर पढ्दा गजल नै बनेको पाएँ । मलाई २०६९  सालको अन्तिमतीर आईपुग्दा सम्म पनि गजलको पुर्ण ज्ञान थिएन । हुन त अझै सिक्दै छु ।

यो २०७०  साल सुरू देखि भने अरूको गजलको कमेन्टहरू या भनौँ अरूको गजलमा गरिएका कमेन्टहरू अद्यन गर्न थालेँ । कसैको गजलमा यो मनपय्रो, यो भएन, यो चाहिँ यो भएको भए अझ राम्रो हुन्थ्यो भन्थे । यसै आधारमा काफिया र रदिफ के हो भनेर सिकेँ । यसै समय अग्रज हरूसँग सोध्ने आँट पनि गरेको हो तर एक दुई जनालाई मात्र सोधेँ । अरूलाई सोध्ने त आँट नै पुगेन । र यसै समय ब्लगहरू डुलेर जानकारी लिने क्रम पनि चल्यो र आधारभूत संक्षिप्त रूपमा भएपनि जानेँ गजल । र हाल पछिल्लो समयमा आएर नेपालि विकीपिडीयामा दिईएका परिभाषा तथा उदाहरणको अद्यन गर्दैछु ।

मैले पहिले गजल लेख्दाको हाँसउठ्दो कुरा के भने मलाई शेर, काफिया, रदिफ, मिसरा, मतला, मत्ता, उला, शनी, भन्दा के भनेको होला जस्तो लाग्थ्यो । मैले त केवल मन शान्त पार्न हचुवा लेखेको थिएँ । र अन्त्यमा एउटा कुरा । अग्रज बर्गको लागि त वाहियात होला । तर पनि म जस्तै लेखन सिक्दै र सिक्न चाहाने मित्रहरूकौ लागी अर्को पोष्टमा संक्षिप्त जानकारी लिएर आउँला । भन्दै अहिलेलाई भने.…………….  Happy Blogging.