प्रतिलिपि :- वार्षिकोत्सव सम्पन्न

काठमाडौं, भदौ १६ । ,

आइतबार गणेशमान सिंह बहुमखी क्यामपसले आप्mनो वार्षिक उत्सव एक कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रममा क्याम्पसको विभिन्न शंकायमा अध्यनरत विद्यार्थीहरुलाई पुरस्कारका बितरण गरेको छ । शिक्षा बिभागका महानिर्देशक डा. लवदेव अवस्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम भएको थियो ।  कार्यक्रममालाई सम्बोधन गर्दै महानिर्देशक अवस्थीले गणेशमान जस्तो नेताको नामबाट सञ्चालित क्याम्पसलाई सबै निकायले सहयोग र समर्थन गर्नु पर्ने बताए । हाल सञ्चालिन शिक्षालाई क्रमिक रुपमा व्यवहारिक शिक्षामा परिणत गर्न प्रोत्साहित गर्ने राज्यको निती रहेको वताउँदै गणेशमान क्याम्सपलाइ पनि प्राविधिक शिक्षाको बिकासमा सक्दो सहयोग गर्न सरकार तयार रहेको वताए । कलेजमा अध्यनरत विद्यार्थीहरुलाई गणेशमान जस्तै उच्च आर्दश बन्न पनि आग्रह गरे ।


कार्यक्रममा बोल्दै क्यामपस प्रमुख रामहरी रिजालले अधिराज्यका बिभिन्न ग्रामिण क्षेत्रबाट उच्च शिक्षा हाँसिल गर्न आएका विद्यार्थीलाई सर्वसुलभ शुल्कमा गुणस्तरिय शिक्षा दिंदै आएको बताए । गणेशमान जस्तो त्यागी देश भक्त नेताको नाममा स्थापना भएको क्याम्पसले कहिले पनि विद्यार्थीलाई चर्को आर्थिक भार नपार्ने रिजालले बताए । आप्mनो कलेजमा अध्यनरत विद्यार्थीलाई निशुल्क पाठय पुस्तक वितरण गर्ने कार्य सुरु गरिसकेको वताउँदै यो वर्ष कक्षा ११ मा अध्यनरत विद्यार्थीलाई निसुल्क पाठय पुस्तक बितरण गरिसकिएको र क्रमिक रुपमा सवै शंकायमा बितरण गर्ने लक्ष्य क्यामपसको रहेको बताएका छन् ।


त्यस्तै पूर्व क्यामपसप्रमुख रामेश्वर काफ्लेले क्यामपस सुरु गर्दाका कठिन दिनलाई सम्झदै आउँदा दिनमा क्यामपसलाई देशकै अग्रणी शिक्षण संस्थाको रुपमा बिकास गर्न संघर्श गरिरहने बताए । ‘एक राजनेताको नामबाट संचालित क्यामपसलाई राज्यले सहयोग गर्नु उसको दायित्व हा’ उनले भने । आफ्नै स्रोत र साधनबाट कलेजले मुलुकका विभिन्न जिल्लाबाट पढ्न आउने गरीव जेहेन्दार बिद्यार्थिलाई छात्रावृत्तीलगायतका कार्यक्रम गरिरहेको वताए । कार्यक्रममा डा. लवदेव अवस्थीले वर्षभरी बिभिन्न खेललगायत क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार एवं  छात्रावृती प्रदान गरेका थिए ।

( नोट :- यो समाचार आर्थिक दैनिल बाट प्रतिलिपि गरिएको हो। यो समाचार को सक्कल वेब मा पढ्न यहाँ क्लिक गर्नुहोस। )

No comments:

Post a Comment