2015-04-20

जाऊँ जाऊँ !!!

जाऊँ जाऊँ !!!

- सिजन तामाङ् (२०७१-१२/२०२७-०१)

“सातदोबाटो, ग्वार्को, कोटेसोर ओ कोटेसोर, चाबेल गौसला।”- धोबिघाट चोक, म कराउँदै थएँ, फुत्त फुत्त तिनजना मान्छे चढे । पछाडि लगनखेल जाने माईक्रो आयो, ट्राफिकले सिट्ठी बजायो, गाडि अगाडि बढ्यो । म पनि गुडिरहेको गाडिको ढोकामा झुन्डिएँ ।


मेरो हातमा पैसा छ, गन्न भ्याएको छैन । आज कर्ड वाला मन्छे धेरै चढेका छैनन् हजार पुग्न लाग्यो कि !"- मेरो अनुमान । "आ..एक्चोटि मिलएर गन्नु पर्यो"- मन मनै सोचे ।
गडि स्लो भयो, म पैसा मिलाउदै थिएँ । चढ्ने मन्छे रहेछ​ , बगडोल चोक मा । त्यहाँ पनि तिनजाना चढे, एउटा
ठिटा दुइटि ठिटी । "चबेल ओ गौसला सा,दोबाटो ।" उभभिईरहेका मन्छे देखेर म कराएँ , तर तिनिहरु चढ्लान जस्तो लागेन । "जाऊँ जाऊँ"- गडिको ढोका ठटाएँ गाडि अगाडि बढ्यो ।
“ओई ढोका ला ढोका ला !” नख्खु दोबाटो पुग्नै लाग्दा दाई कराउनु भो, “अगाडि मामा छ !” – मैले हत्त पत्त ढोका ठेलेँ, नभन्दै अगाडि ट्राफिक रहेछन्, मैले त नदेखेको ।


पछाडि फर्केर नख्खु दोवाटो चढेकि दुईटिलाई सिटमा जाउ भन्दै थिएँ, एकजाना देखेर म त ट्वाँ परेँ ।
आच्या....,अघि त वास्तै नगरेको, बागडोल बाट चढ्ने केटाको अनुहार त सेम टु सेम, मेरो जस्तै । म ट्वाँ परेको देखेर त्यो केटा पनि मलाई हेरेर फिस्स हाँस्यो । सँगै चढेका दुईटि केटि भने भिन्दै सिटमा बसेका थिए । लगभग सिट प्याक थियो । लास्ट सिटमा भने ६ जानाको सिटमा ५ जाना मात्रै मान्छे थिए ।


“ह्या आज पनि लेट हुने भो यार !”- नख्खु बाट चढेकि मध्यो एउटिले भनि ।
“चुप न यार, बिकास बुडाको क्लाँस नभ्याए पनि फरक पर्दैन । आज त्यै पुरानै च्याप्टर त रिभ्यू गर्ने भनेका छन् ।”- अर्कि ले जवाफ फर्काई । टि दुई आरक्षित सिट ३ र ४ मा बसेका थिए । यतिबेला सम्म एकान्तकुनाको जाम मै थियो गाडि, ४-५ मिनेट भयो कि !
मनमनै के सोच्दै थिएँ, पछाडि हेर्न पुगेछु फेरी । म जस्तै केटा मोबाईल मा ब्यस्त थियो, सँगै चढेकि दुईटि भने गफमा ।


“एकान्तकुना छ ?”- आच्या एकान्तकुना त छँदै छ नि, झर्ने पो सोध्नुपर्ने त, आफैँमाथि हाँस उठ्यो, “एकान्तकुना झर्ने छ ?” फेरि सोधेँ । तर कसैले ‘छ’ भनेन ।
बल्ल गाडि कटाउने पालो आयो । “आ, योल्लाइ छोड्दिम, अर्को राउन्ड मा बसौँला हामी !” – दाईले यत्ति भनेसि के चाहियो र, “जाऊँ जाऊँ”- मैले पनि ढोका ठटाइदिएँ, गाडि एकान्तकुना मा नरोकि अगाडि बढ्यो ।
यातायात मा मान्छेको भिड थियो । गाडि चापमा चल्दै थियो । “दाई, यातायात छ है !”- एक जोडि सिट बाट उठेर अगाडि आउँदै थिए । “ए,, यल्ले पनि छ मात्रै पो भन्दो रहेछ ! झर्ने छ त भनेन ।” – मन मनै सोचेँ । सायद ति दुवै जना बल्खु बाट चढेका थिए ।
एकचोटि फेरि पछाडि हेरेँ । पाटे बुट्टा भएको सर्ट, कालो जिन्स पाईन्ट, लुगा पनि मेरो जस्तै । अनुहार पनि सेम, एकचोटि आफैँलाइ अगाडि ऐनामा हेरेँ । “हैन! यो केटा म जस्तो कि म यो केटा जस्तो ?” – मनमनै सोचेँ । “आ..., जे सुकै होस्” “कोटेसोर ओ कोटेसोर चाबेल गौसला”‍- बाहिर हेरेर कराएँ, कुसुन्ति हाइट कट्नै लागेको थियो । फेरि पछाडि फर्केँ, त्यो केटा अझै मोबाईल मै बिजी ।


“बस् सानि धेरै नहोच्याउ”- एउटा ठिटा कानमा मोबाईल टाँसेर कराउँदै थियो, अरु मान्छे पनि अचम्म मानेर उसलाइ हेर्दै थिए । उ अगाडि बोल्दै थियो,-“तिमी जाति नभए पनि तिमी जस्तै हुनेछु म । तिमी तिम्रो बुवालाई एयरपोर्ट मा लिन जाँदा म पनि मेरो बुवालाई लिन जानेछु । बस् फरक यत्ति हो सानि, तिम्रो बुवा अमेरिका बट मोटाएर आउँदै हुनुहुन्छ होला तर मेरो बुवा रेगिस्तानको गर्मिले सुकेर आउँदै हुनुहुन्छ ।”
“हैन ठुलै ट्राजेटि पर्यो कि क्या हो ?”- मनमनै सोचेँ, “केटा दह्रो रैछ, क्या खतरा डाइलग देको यार”- मनमनै हाँसे पनि ।
“थ्याङ्क यु”- केटा झै बोल्दै थियो, “अँ.. रेडियो सुनेर बस्ने सबैजनालाई ।” “ओके बाइ”- मोरा त रेडियोमा फोन गरेर पो डाइलग दिइराको रहेछ । हाम्रो गाडि बामे सर्दै महालक्ष्मिस्थान आइपुगेको थियो । ३ जाना झरे त्याहिँ, त्याहिँ फेरि ४ जाना चढे । “ग्वार्को, कोटेसोर, एर्पोट, चाबेल गौसला ।” म त्याहाँ पनि कराएँ ।
“चापागाऊँ दोवाटो झर्ने छ ?” “छ छ” , नख्खु दोबाटो बाट चढेकि दुइटि अगाडि आउँदै थिए । बल्ल तल्ल बामे सर्दै सर्दै आइपुगेको थियो चापागाऊँ दोबाटो ।
चोक कटेर एकछिन रोकिन नपाऊँदै पछाडि माइक्रो आयो । “जाउँ जाउँ” – ढोका ठटाएँ । गाडि अगाडि त बाढ्यो तराॐ उरि सातदोबाटो को जाम मा रोकियो । गाडि चोक नजिकै थियो, त्यैले सातदोबाटो झर्ने त्यहि जाम मा झारिदिएँ । बागडोल बाट चडेको मध्यो एउटि झरी । पछाडि हेरेको बाँकि दुईजना त अहिले सँगै बसिसकेछन् । त्यो केटा फेरि म तिर हेरेर फिस्स हाँस्यो; उसको अनुहार अझै पनि सेम टु सेम मेरो जस्तै थियो ।
“सातदोबाटो छ अरु ?”- सोधेँ तर कोहिपनि बोलेन ।
चोक कटेर जाम नभए पनि स्टप सम्म पुग्दा गाडि रोकिएन, किनकि अगाडि ट्राफिक थियो, तर बिस्तारै गुड्यो । “कोटेसोर ओ चाबेल गौसला एर्पोट तिनकुने”- गुडिरहेको गाडि सँगै हिँडेर म कराउँथेँ । मान्छे फुत्त फुत्त चड्दै गर्दा म गाडिको ढाड ठटाउँथेँ –“एकछिन एकछिन ।”
स्टप मा पुगेर एकछिन रोकिन नपाउँदै ट्राफिकले सिट्ठि बजायो, गाडि अगाडि बढ्यो ।

स्विमिङ पुल कट्दै गर्दा पछाडि हेरेँ, सिट प्याक थियो, अब कोहि चढ्यो भने उभिनु पर्ने थियो ।
बागडोल बाट चढेका बाँकि दुईजना लाई हेरेँ । केहि खासखुस गर्दै थिए । केटिले भने मास्क लगाईछिन, तर केटा मुस्कुराऊँदै थियो ।  वाफ रे वाफ, मुस्कुराउँदा पनि मेरो जस्तै डिम्पल पर्छ बा..... मोराको गालामा । “हैन, मईले मात्र सेम देखेको कि अरु ले पनि ? अरुले पनि उस्तै देखेको भए त उस्तै देखिएको छ भनेर भन्नु पर्ने नि ! कसैले भन्दैनन् त बा !!”- एकछिन टोलिएँ, मनमनै सोचेर । अगाडि ऐनामा हेर्छु, अनुहार उस्तै छ, तर पनि कसैले भन्दैन । म अचम्म भएँ । हाम्रो गाडि बामे सर्दै थियो ।



“बाई” ग्वार्को मा झर्दै गर्दा ठुलो स्वर मा करायो एउटि केटि । मैले पनि बाई भन्नै आँटेथेँ गाडिभित्र बाटै कसैले बाई भनेको आवाज सुनेँ, म रोकिएँ ।
“वेटा खैनि छ ?”- कपाल जट्टा परेको जोगि जस्तै देखिने एकजना ले झर्दै गर्दा सोध्यो । “छैन”- मैले अलि ध्यान नदिईकन नै जवाफ दिएँ । उ चुपचाप झर्यो । “अरे साधु सान्त पनि खैनि खान्छन ?”- म फेरि अचम्म भएँ ।
“कोटेसोर ओ कोटेसोर चाबेल गौसला एर्पोट तिनकुने चाबेल गौसला चाबेल”- बि एण्ड बि देखि बामे सर्दै बल्ल ग्वार्को स्टप आइपुगेको थियो हाम्रो गाडि । कोहि पनि चडेन उसो त स्टप मा मान्छे पनि कमै थिए । हाम्रो गाडि पनि धेरै बेर रोकेन, अगाडि बढ्यो ।


“सरुले चैँ ब्वाइफ्रेन्ड पाकै हो क्या है ?”, हाम्रो गाडि खरिबोट को जाम मा थियो, यसो आवाज आएतिर हेरेँ । दुइटि ठिटि गफ गर्दै थिए, दुबैजाना एउटै ड्रेसमा थिए । “को ? त्यो विशाल ?”- अर्कि ले सोधि । “अँ त्यै,, क्या कुल छ है ? फेस पनि चट्ट मिलेको ।”, “त्यै त है ? तर किन एसेप्ट नगरेको होला है सरु ले ?”, “ल.. सरुले एसेप्ट नै गरेको पो छैन ?”, “अँ मैले हिजो सोध्या नि सरु लाई, हल्ला मात्र चल्या रे, प्रपोज त गय्रा रे तर एसेप्ट गय्रा छैन रे ।” “म भा भए त प्रपोज नै मै गर्थेँ, सरुलाइ क भयो खै ?” “सिध्दार्थलई ब्रेकअप दिने बिचार छ कि क्या हो ?” “ह्या छोड न कुरा पो गरेको त ।” – मस्किँदै गफरहेका थिए दुवैजाना । “यो सार्बजनिक भाडाको गाडि हो मिस्, तपाईँको प्राइभेट कार होइन ।” – नजिकै गएर भनुँ कि जस्तो लाग्दै थियो तर आँटै आएन । उनिहरु भने अझै ब्वाइफ्रेन्डकै गफमा मस्त थिए ।
बालकुमारी पुल वारि कपाल खौरेको बुढो मान्छे झय्रो, त्यहिँ झ्याप्प कपाल पालेको एकजाना ठिटा चढ्यो । पछाडि हेरेँ, बागडोल बाट चढेको केटा निहुरिएको थियो, केटि भने उसलाई केहि भन्दै थियो । नोहुरिँदा पनि त्यो केटा म जस्तै देखिन्थयो ।
बल्ल बल्ल कोटेस्वर आइपुग्न लागेको, तर भाटभटेनि बाट जाम परिगो । कोटेस्वर चोक पुग्दा सम्म आधा भन्दा बढि मान्छे झरिसकेका थिए, मस्किँदै ब्वाइफ्रेन्ड को हफ गर्ने दुइटि पनि झरे, गाडि खालि जस्तै भयो ।
“चाबेल ओ गौसला चाबेल चक्रपथ, नयाँ बसपार्क बसपार्क ।” कोटेस्वर चोक कटेपछि ट्राफिक ले रोक्न त दिएन तर बिस्तारै गाडि गुड्दा मानछे चढउन भने भ्याउँथेँ । म गाडि सङ्गै दौडिएर कराउँथेँ मान्छे पनि भ्याइ नभ्याइ चढ्थे । स्टप कटेर पछाडि हेर्दा गाडि भरिएको थियो । आज भाग्य उदाएछ, दुई तिन जना त अझ उभिएका पनि थिए ।
तिनकुने जेब्राक्रस मा भने भाग्यले साथ दियो, वेट गर्नु परेन् सिधै कटाउन पाइयो ।


“ओइ, तैँले यसको क लेखिस ?”- गैरिगाऊँ पेट्रोल पम्प मा तिनजाना झरेपछि गाडि सिनामंगल उकालो चढ्दै थियो । “कुनको ?” “यै टु को डि को” “कुल्ड नट डु” “ला यार मैले त वूल्ड नट डु पो लेखेछु”- मनमनै सोचेँ केटाहरु जाँच दिएर आएको जस्तो छ । निहरु अझै कुरा गर्दै थिए, “ला यार..डम्बर बुडाले गिदि गर्ने भो भोलि” “किन के भो र ?” “यसको हेर न, वर्ड करेक्सन नै नगरि ल्वाईँ ल्वाईँ सार्देछु” “छोड्दे, जाबो ईङ्लिस त हो नि ! त्यो पनि कहाँको बोर्ड एक्जाम हो र यो !” निहरुको गफ सुन्दै गर्दा माॐ फेरि पछाडि फर्किएँ । बागडोल बाट चढेको कटा हात बाँधेर बसेको थियो । सँगैको केटि भने निदाएकि थिई ।
सिनामंगल मा दुईजाना चढे । एयरपोर्ट मा चारजाना झरे तर एकजाना पनि चढेन । तिलगंगा मा एकजाना झरे अनि पिङ्गलास्थान मा एकजाना चढे ।
“चक्रपथ, बसपार्क चाबेल ओ स्वयम्भू कलंकी” – पिङ्गलास्थान बाट बल्ल तल्ल गौशला आईपुगेको थियो । अझै जाम मै थियो गाडि । मौका पारेर म झर्दै कराऊँदै गर्थेँ ।
“कट कट कट,, गुड सट!!” नजिकै गएर यसो भन्दिउँ कि क्या हो ? जस्तो लाग्यो तर भनिँन । मुखवाला प्रेम जो चल्दै थियो रोमियो जुलियट को ! “हैन इ कलेज का केटा केटिलाइ हाम्रो गाडि प्राइभेट कार या फन पार्क जस्तो लाग्यो कि क्या हो ?” मनमनै सोचेँ । बेलाबेलामा यसतो देख्न पाइन्छ हाम्रो गाडिमा । तर कसैले ध्यान दिएको थिएन उनिहरु माथि । उनिहरु आफ्नै धुन मा थिए । त्यस्तै, खै के गर्नेलाइ भन्दा देख्नेलाई लाज भनेजस्तो । उता बागडोल बाट चढेको केटा अझै हात बाँधेर गमक्क परेर बसेको थियो । सँगैको केटि भने निद्रामै थियो सायद अझै । त्यो केटा अझै म जस्तै देखिन्थ्यो । गाडिले भने बिस्तारै बिस्तारै जयबागेस्वरी काटिसाकेको थियो ।


“दाई भन्या छौ, तिमी पुग्ने हरेक ठाऊँमा म पुग्न सायदै सम्भव होला सपना ! मैले भनेकै थिएँ नि आफ्नो केयर गर्नु भनेर ।” – एउटा केटा अलि सिरियस पाराले फोनमा कुरा गर्दै थियो । “भैगो भैगो, रोएर काम चल्दैन, नगर्नु गल्ति गरिहाल्यौ ।” “अँ पाइसकेँ” “हैन अन्टिले शंका लाग्यो भनेर भन्दै हुनुहुन्थो फोन मा” “अँ” “ए ए” “मैले क गर्नुपय्रो त ?” “कस्तो सहयोग ?” “हेर मैले सोचेर भन्ने केहि पनि छैन अब ! बिगार्ने तिमीहरु, अब सपार्ने पनि तिमीहरु नै हो” “त्यसो भए के सोच्या छौ त अब ?” “मेरो मतलब एवर्सन कि बिहे ?” “नितेस के भन्छ ?” “अरे वा ! कस्तो बाहादुर मान्छे तिमी त ! अझै भनेको छैनौ ?” “भैगो छोड्दउ, भोलि नितेस लाई लिएर मेरो रुम मा आउ, भोलि नै कुरा गरौँला” “अरे बाबा अरु भएर नै पो के फरक पर्छ र ? त्यै पनि सबै काम मा जानु हुन्छ भोलि” “अँ..।”- त्यो केटाको कुराले त मेरो दिमागै अर्कै बनाएछ । दाईले “ढोका ला !!” भन्दा पो झस्किएँ । बिस्तारै बिस्तारै मित्रपार्क पो आईपुगिसकेछ । दुईजाना झरे ।
चाबहिल स्टपमा बस रोकियो । पाँच छ जना झरे पाछि बागडोल बाट चढेको केटा मुस्कुराउँदै अगाडि आयो । अहिले मुस्कुराउँदा पनि म जस्तै देखिन्थयो, मेरो जस्तै डिम्पल पर्थ्यो । म ढोकामै उभिएको थिएँ । मलाई हेरेर उ फेरि फिस्स हाँस्यो, अनि पछाडि फर्केर हात हल्लायो, पछाडि बाट सँगै चढेकि केटिले हात हल्लाई ।
गाडिबाट झरेपछि पनि त्यो केटाले मलाई हेरेर फिस्स हाँस्यो । अचानक मेरो हात समातेर “मित ज्यू आज मेरोमा जाउँ न है !” भन्यो । म अक्क न बक्क भएँ, के गरुँ क गारुँ भयो । “हैन हैन, आज नजाऊँ, काम छ, जाँदै गरौँला नि !”- म हात छुटाउने प्रयासमा थिएँ । मेरो हात कसेर समातेको थियो ।
अगाडिको गाडि गैसकेको थियो भने पछाडिको गाडिले हर्न बजाएर मार्न लागिसकेथ्यो । मैले हात छुटाएर हत्त न पत्त ढोका बन्द गरेँ अनि “जाऊँ जाऊँ” भनेँ, तर गाडि चलेन । मैले ढोका खोलेँ उ बाहिर थिएन, ढोका ठटाएँ-“जाऊँ जाऊँ”, तर गाडि अझै चल्दैन त ! पछाडिको गाडिले हर्न बजाएर कानको जालि फुटाउन आँटिसक्यो । मैले लगातार ढोका ठटाउँदै “जाऊँ जाऊँ” भनिरहेँ, तर गाडि डेग चलेन । लगातार ढोका ठटाएर चिच्याएर “जाऊँ जाऊँ” भनिरहँदा कता कता हल्लिए जस्तो लाग्न थाल्यो तर पनि गाडि चलेको थिएन । मैले लि चिच्याएर जोडले ढोका हानेँ । मलाई पनि अलि जोडले हल्लाए जस्तो लाग्यो, म झल्यास्स ब्यूँझिएँ ।

“भाई !! बौलाईस !!? कता जाउँ भनेको ?”- पल्लो कोठाको दाई कामबाट आइसक्नुभएछ । मलाई समाइरहानु भएको थियो । “यसरि दिउँसै सपना देख्न थालेपछि त सक्किगो नि !” येसो आँखा मिचेर हेरेको, घरबेटि अन्टि पनि अगाडि नै हुनुहुन्थ्यो । “यो सिजन लाई अस्तिनै देखि भनेको त हो नि मैले, दिउँसो नसुत भनेर, मान्दैन”  भटभटाउन थाल्नुभो, “आज त सपना पनिन ठुलै देखिस क्यारे ! खलाँसि भइस ? बन्छस ज्वाईँ यस्तो पाराले” । ढोकामा उभिएर ढोका ठटाउँदै पो रहेछु म त बल्ल चाल पाएँ । उतापट्टि ढोकामा सुनिता(घरबेटि कि छोरि) पनि मलाई हेरेर हाँस्दै रैछे । “तिम्लइ पर्ख !”- आँखा तर्देको झन मारि मारि हाँसि । यता दाई र अन्टि पनि मलाई कुराले उडाउँदै हुनुहुन्थ्यो । भर्खर निद्रा बाट ब्युँझेको म चाहिछ ट्वाँ परेर कुरा सुन्दै थिएँ । बिचरा म डे ड्रिमर ।

No comments:

Post a Comment