2013-09-19

गजल :- सनसनिपुर्ण रात

गजल :-सनसनिपुर्ण रात

सनसनिपुर्ण रात त्यो कसरी भुल्ने
मद जवानिको मात त्यो कसरी भुल्ने

कसैको मतलब छैन आफ्नै छ दुनियाँ
मिलाएको देह खात त्यो कसरी भुल्ने

रंगिन दुनियामा डुवुल्कि मार्दै मार्दै
मदहोसिमै बात त्यो कसरी भुल्ने

शान्त छ दुनियाँ जागा त्यहि बेला
कामदेवकै जात त्यो कसरी भुल्ने

लुटुपुटु लुटपुटिँदै आनन्द फेर्दै
जस्तै धागो कात त्यो कसरी भुल्ने

स्पर्शिँदै बेरिँदै चुम्दै ति अधरहरू
सलबलाउँदै हात त्यो कसरी भूल्ने

चोटिलो रसिलो प्रहार छ दुवै बाट
माठो दर्द घात त्यो कसरी भुल्ने


….सिजन तामाङ् वाईबा। 

कविता: मेरो सुनको मुर्तिमा भगवान बसेन

कविता :- मेरो सुनको मुर्तिमा भगवान बसेन

© २०७० सिजन तामाङ्


रगत चुसेथेँ, पसिना सोसेथेँ, गाउँलेको
समयले कोल्टे फेय्रो
युगले काँचुलि फेय्रो
अब धर्म गर्छु भनी
अनि मुक्ती पाउँछु भनी
स्वर्ण मुर्ति बनाएँ,
 पुजा गर्न
तर,
 म माथि गाउँलेको अचुक ऋण बाँकि भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 पुजा पुरा भएन
मलाई माफि मिलेन ।


मन्दिर नासेथें, पुजा रोकेथेँ, गाउँको
डाँडा माथिको घम भईयो
यमराजले पनि चिठी पठाएछ
जिउने चाहा झन् बढ्यो
भगवानसँग चिरन्जिविको आशिर्वाद् माग्छु भनेर
स्वर्ण गजुर जडित मन्दिर बनाएँ
 भगवानको दर्शन गर्न
तर,
 मेरो पापको भकारी ठुलो भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 भगवानको दर्शन पाईँन
मलाई माफि मिलेन ।


शब्दजाल बुनि, आश्वासनले लठ्ठ पारेथेँ, उमेर छँदा, गाउँले लाई
उमेर पनि चढ्दै गयो
अब त सक्दिन जस्तो लाग्यो
आफ्नै पाप देख्न थालेँ
पाप सबै धुन्छु भनेर
तिर्थ यात्राको योजना बनाएँ
 तिर्थ जान
तर,
 दम सकियो शरिरको सोच मात्र बाँकि भयो
पक्कै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 तिर्थ पुरा भएन
मलाई माफि मिलेन ।

श्रम सोसेथेँ, गास खोसेथेँ, जोस छँदा, गाउँले को
जोस पनि हराउँदै गयो
आफ्नो कु-कर्मको आभाष भयो
नमिठो लाग्यो र आफैँलाई धिक्कार दिएँ
पश्चाताप गरि भगवान खुसि पार्छु भनेर
यज्ञवेदि तयार गरेँ
 यज्ञ गर्न
तर,
 म भित्र अधर्मको कुराउनी बाँकि भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 यज्ञ पुरा भएन
मलाई माफि मिलेन ।


थिचोमिचो गराई, घुस लिएथेँ, बोलि छँदा, गाउँले बाट
बोली पनि बिक्न छाड्यो
घुसखोरिको नमिठा आरोप आयो
सत्यको सामु मेरो असत्य टिकेन
अब सत्यकै बाटो लाग्छु भनि
प्रवचनको आयोजना गर्न लगाएँ
 सुनेर मन बदल्न
तर,
 घुस्याहा कानेगुजिले मेरो कानै ठप्प भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 मेरो मन बदलिएन
मलाई माफि मिलेन ।


गाउँले धपाएथेँ, भुमि बेचेथेँ, हैकम चल्दा, गाउँले माथी
गाउँलेले पनि टेर्नै छाडे
मेरो हैकमबाद सेलाउन थाल्यो
गाउँले पनि सचेत भए
गाउँले साँगै मिल्छु भनेर
पश्चाताप सभा आयोजना गरेँ
 माफि माग्न
तर,
 मेरो बोलिमा अहमता नै हावि भयो
साँच्चै,
 मेरो सुनको मुर्तिमा भगवान बसेन
 गाउँले ले पनि माफि दिएन

मलाई माफि मिलेन ।

Windows xp मा password बिर्सीनुभायो

यो लेख पनि प्रतिलिपि लिंक हो लक्की बस्नेत जी को ब्लग बाट

लक्की बस्नेत: Windows xp मा password बिर्सीनुभायो:

what is voip ip call ? के होत भिओआइपी कल ?

अलि अघि देखि नै मा VOIP कल के हो भन्ने बारेमा जान्न खोज्दै थिएँ। त्यस बिचमा धेरै लेख हरु पढे अनलाइन मा। तिनीहरु मध्ये मैले पढेको लक्की बस्नेत जी को ब्लग पोस्ट अलिक सरल लग्यो त्यसैले तपाई हरु समक्ष्य यो लिंक प्रस्तुत गर्दै छु। VOIP कल को बारेमा तपाई पनि तलको लिंक मा क्लिक गरि पढ्नुस्। .....

यहाँ क्लिक गर्नुहोस  के होत भिओआइपी कल ?  पढ्नुहोस। 

बोक्सी : तान्त्रिक र आम मानिस को छुट्टा छुट्टै दृष्टिमा।

बोक्सी : तान्त्रिक र आम मानिस को छुट्टा छुट्टै दृष्टिमा। 

© गूगल खोज बाट प्राप्त तस्विर

हुन त भूत हुँदैन भनेर विज्ञानले पनि भनेको छैन । तर पनि विज्ञानले न हुन्छ भन्न सकेको छ न त कुनै प्रमाण समातेर हुँदैन नै भन्न सकेको छ । विश्वास गर्नेहरू हुन्छ भन्छन् अनि नगर्नेहरू हुँदैन । कुरा आ-आफ्नो छ । तर पछि यस्ता अपत्यारिला घटनामा परिसकेपछि भने यो पत्याउनै पर्ने ठाडो वाध्यता बनेर आउँछ । यसरि सरसर्ति लेख्दै जाँदा कुरा जोठ्न खोजेको भने हाल हाम्रो तात्कालिन समाजमा घटिरहेको घटना बोक्सीको आरोप मा हो ।

© गूगल खोज बाट प्राप्त तस्विर
अब सरसर्ति विषयमा जाउँ । अघि उठान गरेको अपत्यारिला घटना भन्ने विषयमा अर्को बसाईमा छुट्टै बहस गरौँला । तर आज भने म तान्त्रिक विश्वासमा बोक्सी के हो ? अनि आम मानिसको बुझाईमा के रहेको छ बोक्सी ? र किन आरोपित भईरहेका छन् बोक्सीको ? मतलब बोक्सीको आरोप के कारणले लगाउँछन् भन्ने कुरामा चर्चा गर्न खोज्दैछु ।
तान्त्रिक विश्वासमा बोक्सी के हो ?
- एउटा (रूढिवादि तर कहिलेकहिँ पत्याउनै पर्ने बन्ने) वाश्वास छ कि मानिसको आत्मा भड्कन्छ । विश्वास गरिए अनुसार मानिस जन्मेर मर्ने सम्मको समयको बिचमा परेको भोगेको परिस्थि अनुसार मानिसको आत्मा भड्किने र शान्त हुने कुरा निर्भर हुन्छ ।

यसरी तान्त्रिक विश्वास यहाक पुगेर बोक्सीको निश्कर्ष निकाल्छ, की यि यस्तै भड्केको आत्मा(भूत) लाई तान्त्रिक शक्तिले नियन्त्रण गरी उनिहरूबाट अरू जिवित मानिसले नै जिवित मानिसलाई हानि गराउने काम गर्छ । वा भनौँ त्यस्ता आत्माबाट प्राप्त शक्तिको दुरूपयोग गरेर अरूको बिगार गर्ने काम गर्छ सो नै बोक्सी कार्य हो । र यस्तो कार्य गर्ने तान्त्रिक व्यक्ति नै बोक्सि हो ।

यसरी भनिरहँदा भन्नै पर्ने एउटा कुरा के हो भने तान्त्रिक A (धामी, झँक्रि) र तान्त्रिक B (बोक्सी कार्य गर्ने) बिचको एउटै भिन्नता हो खराब काम नगर्ने र गर्ने । दुवैले तन्त्र मन्त्रकै जप बाट त्यस्तो शक्ति आधिनमा गर्ने हो । तरधामी झँक्रि यसलाई त्यस्ता अप्रिय आत्माहरू भगाउन र तिनिहरूले साधारण मान्छेमा गरेको हानि र खराबि कम गर्न अनि हटाउन प्रयोग गर्छन् । तर बोक्सी तान्त्रिक शक्तिबाट नै त्यस्ता आत्माहरूलाई जगाएर उल्टो विनाशकारी काममा लगाउने गर्दछ ।

यसरी दुवैले आ-आफ्नो कार्य गर्दा एकै ठाउँमा उनिहरूको लक्ष विन्दु ( धामिले निको पार्न खोजेको पनि त्यही ब्यक्ति अनि बोक्सीले सखाप पार्ने भनेर आँटेको पनि त्यही ब्यक्ति) पर्दा उनिहरू दुवै बिच तान्त्रिक बल र तान्त्रिक बिधिबाट लडाईँ र झगडा हुन्छ । यो लडाईँमा मर्ने र मार्ने सम्मको कार्य( तान्त्रिक बिधिबाटै ) हुन सक्ने र हुने विश्वास गरिएको छ ।

साधारण मानिसको बुझाई र बोक्सी भनि किन आरोपित हुन्छ त ?
- अघिनै मैले भनेथेँ तान्त्रिक बलको दुरूपयोग नै बोक्सी हो भनेर । र यस्ता जो मानिस पनि हुन सक्छन् । जसले तान्त्रिक तन्त्र मन्त्र जप्न र पढ्न भन्न सक्छ । यसै क्रममा वर्तमान समाजमा आउँदा मानिसको बुझाइमा के कुराले प्रभाव पारेको छ भनेर हेर्ने हो भने केहि कुरा हामा पाउन सक्छौँ ।

जस्तै कि बिभिन्न पुराणका कथाहरू सबै सबैमा दैत्य दानव खराब र देवता असल भनेर देखाईएको छ । त्यस्तै बिभिन्न टेलिभिजन सिरियल तिर पनि दैत्यको श्रङ्गार देवताको भन्दा निकै डरलाग्दो गरी गरिएको देखिन्छ । हो यस्तैगरी आम मानिसमा फोहोरी, हेर्दा डर लाग्दो देखिने मानिसहरू अनि दैनिक व्यवहार प्रष्ट नभएको मानिसहरू बोक्सी हुन् भन्ने छाप परेको छ । यद्यपी साँचो अर्थमा भने यो कुरा बिल्कुल होईन । यो त केवल आम मानिसको अधकल्चो बुझाई हो । यसै कारण दिन प्रतिदिन हाम्रो समाजमा ज्योष्ठ नागरिकहरू(खासगरी जो अलिक गरिब परिवारको छ र स्याहार सफाई गर्ने कोहि छैन), एकल महिला(खासगरी जसको दैनिकी अरूको नजरमा राम्रो र सुखि छैन) हरूलाई बोक्सीका आरोप लगाईरहेका छन् आम नागरिकहरू ।

© गूगल खोज बाट प्राप्त तस्विर 
माथि नबुझेर भनेँ मैले तर अक्षरस त्यस्तो कमै होलान् । कतिपय ठाउँमा घटेका घटनालाई केलाउने हो भने कुनै एउटा कुराको रिसिबी को बदला लिन पनि यस्तो बोक्सीको आरोप लगाउने गरेको पाईन्छ । मतलब बोक्सीको आरोप लगाउने अनि मजाले थिचोमिचो गर्ने । सारा समाजको अघिल्तिर बोक्सी भनेर भनिदिन्छ अनि त त्यो पिडित ब्यक्ति बोल्नै सक्दैन र त कुटपीट लछार पछार अनि मानिसलाई पनि कुकुरलाई भन्दा बेसि दुर्व्यावहार गर्छन् । आफ्नै दिशा खुवाउँछन्, पिसाब खुवाउँछन्, पिट्छन्, आगोले पोल्छन्, सिस्नु पानिले डाम्छन् हो यस्तै यस्तै अरू थुप्रै हर्कत गर्छन् । हो त्यस्ता पिडकलाई कार्यबाहि गरिनुपर्दछ । तर पनि फेरि हाम्रा सामु त्यस्ता घटना पनि छन् जो बाहिर आउन पाएको छैन । मतलब साँच्चै बोक्सी काम गरेर अरूको घात गर्ने हेतुले गरेका काम पनि छन् । हो यि कुरामा भने अलिकति अनुसन्धानिनुपर्ने देखिन्छ । ति त्यस्ता बोक्सी कार्यको कारवाही कुटपिट होइन त्यस्तै तान्त्रिक बिधिवाट गरिनुपर्दछ । यो पनि तान्त्रिक विश्वास छ यसको सजायको उपाय पनि छ ।

यष्ता सजायको उपाय तथा प्रत्यक्ष भोगेको तान्त्रिक को अनुवभ पछि लेखौँला ।
...........  
अन्त्यमा यति भन्छु कि बोक्सीको आरोप लगाएर यताना दिने काम अफैँमा नराम्रो छ । चाहे त्यो आरोपितले साँच्चै तान्त्रिक वलको दुरुपयोग नै किन गरेको होस् । किनकी कर्म अनुसारको फल पाक्नुपर्छ । समय पनि यहि भन्छ र म पनि यहि भन्छु । हाल सम्मको हाम्रो ठाउँको आरोपको प्रवृती हेर्ने हो भने प्रतिशोध लिन, अधकल्चो बुझाई तथा अरू कारणले बढि बोक्सीको आरोप लाग्ने गरेको देखिन्छ । आखिरीमा साँच्चै बोक्सीले गरेको कामको त पर्दा फुस्कँदा पनि फुस्किँदैन । त्यसैले साँच्चै आरोप सत्य भए तान्त्रिक विश्वासकै बिधि अपनाएर उपचार गर्ने गर्नुपर्दछ । त्यसरी हचुवाको भरमा आरोप लगाएर निर्दोशीलाई सजायको भागि बनाउने कार्य कम गर्नु पर्दछ ।