2013-09-19

बोक्सी : तान्त्रिक र आम मानिस को छुट्टा छुट्टै दृष्टिमा।

बोक्सी : तान्त्रिक र आम मानिस को छुट्टा छुट्टै दृष्टिमा। 

© गूगल खोज बाट प्राप्त तस्विर

हुन त भूत हुँदैन भनेर विज्ञानले पनि भनेको छैन । तर पनि विज्ञानले न हुन्छ भन्न सकेको छ न त कुनै प्रमाण समातेर हुँदैन नै भन्न सकेको छ । विश्वास गर्नेहरू हुन्छ भन्छन् अनि नगर्नेहरू हुँदैन । कुरा आ-आफ्नो छ । तर पछि यस्ता अपत्यारिला घटनामा परिसकेपछि भने यो पत्याउनै पर्ने ठाडो वाध्यता बनेर आउँछ । यसरि सरसर्ति लेख्दै जाँदा कुरा जोठ्न खोजेको भने हाल हाम्रो तात्कालिन समाजमा घटिरहेको घटना बोक्सीको आरोप मा हो ।

© गूगल खोज बाट प्राप्त तस्विर
अब सरसर्ति विषयमा जाउँ । अघि उठान गरेको अपत्यारिला घटना भन्ने विषयमा अर्को बसाईमा छुट्टै बहस गरौँला । तर आज भने म तान्त्रिक विश्वासमा बोक्सी के हो ? अनि आम मानिसको बुझाईमा के रहेको छ बोक्सी ? र किन आरोपित भईरहेका छन् बोक्सीको ? मतलब बोक्सीको आरोप के कारणले लगाउँछन् भन्ने कुरामा चर्चा गर्न खोज्दैछु ।
तान्त्रिक विश्वासमा बोक्सी के हो ?
- एउटा (रूढिवादि तर कहिलेकहिँ पत्याउनै पर्ने बन्ने) वाश्वास छ कि मानिसको आत्मा भड्कन्छ । विश्वास गरिए अनुसार मानिस जन्मेर मर्ने सम्मको समयको बिचमा परेको भोगेको परिस्थि अनुसार मानिसको आत्मा भड्किने र शान्त हुने कुरा निर्भर हुन्छ ।

यसरी तान्त्रिक विश्वास यहाक पुगेर बोक्सीको निश्कर्ष निकाल्छ, की यि यस्तै भड्केको आत्मा(भूत) लाई तान्त्रिक शक्तिले नियन्त्रण गरी उनिहरूबाट अरू जिवित मानिसले नै जिवित मानिसलाई हानि गराउने काम गर्छ । वा भनौँ त्यस्ता आत्माबाट प्राप्त शक्तिको दुरूपयोग गरेर अरूको बिगार गर्ने काम गर्छ सो नै बोक्सी कार्य हो । र यस्तो कार्य गर्ने तान्त्रिक व्यक्ति नै बोक्सि हो ।

यसरी भनिरहँदा भन्नै पर्ने एउटा कुरा के हो भने तान्त्रिक A (धामी, झँक्रि) र तान्त्रिक B (बोक्सी कार्य गर्ने) बिचको एउटै भिन्नता हो खराब काम नगर्ने र गर्ने । दुवैले तन्त्र मन्त्रकै जप बाट त्यस्तो शक्ति आधिनमा गर्ने हो । तरधामी झँक्रि यसलाई त्यस्ता अप्रिय आत्माहरू भगाउन र तिनिहरूले साधारण मान्छेमा गरेको हानि र खराबि कम गर्न अनि हटाउन प्रयोग गर्छन् । तर बोक्सी तान्त्रिक शक्तिबाट नै त्यस्ता आत्माहरूलाई जगाएर उल्टो विनाशकारी काममा लगाउने गर्दछ ।

यसरी दुवैले आ-आफ्नो कार्य गर्दा एकै ठाउँमा उनिहरूको लक्ष विन्दु ( धामिले निको पार्न खोजेको पनि त्यही ब्यक्ति अनि बोक्सीले सखाप पार्ने भनेर आँटेको पनि त्यही ब्यक्ति) पर्दा उनिहरू दुवै बिच तान्त्रिक बल र तान्त्रिक बिधिबाट लडाईँ र झगडा हुन्छ । यो लडाईँमा मर्ने र मार्ने सम्मको कार्य( तान्त्रिक बिधिबाटै ) हुन सक्ने र हुने विश्वास गरिएको छ ।

साधारण मानिसको बुझाई र बोक्सी भनि किन आरोपित हुन्छ त ?
- अघिनै मैले भनेथेँ तान्त्रिक बलको दुरूपयोग नै बोक्सी हो भनेर । र यस्ता जो मानिस पनि हुन सक्छन् । जसले तान्त्रिक तन्त्र मन्त्र जप्न र पढ्न भन्न सक्छ । यसै क्रममा वर्तमान समाजमा आउँदा मानिसको बुझाइमा के कुराले प्रभाव पारेको छ भनेर हेर्ने हो भने केहि कुरा हामा पाउन सक्छौँ ।

जस्तै कि बिभिन्न पुराणका कथाहरू सबै सबैमा दैत्य दानव खराब र देवता असल भनेर देखाईएको छ । त्यस्तै बिभिन्न टेलिभिजन सिरियल तिर पनि दैत्यको श्रङ्गार देवताको भन्दा निकै डरलाग्दो गरी गरिएको देखिन्छ । हो यस्तैगरी आम मानिसमा फोहोरी, हेर्दा डर लाग्दो देखिने मानिसहरू अनि दैनिक व्यवहार प्रष्ट नभएको मानिसहरू बोक्सी हुन् भन्ने छाप परेको छ । यद्यपी साँचो अर्थमा भने यो कुरा बिल्कुल होईन । यो त केवल आम मानिसको अधकल्चो बुझाई हो । यसै कारण दिन प्रतिदिन हाम्रो समाजमा ज्योष्ठ नागरिकहरू(खासगरी जो अलिक गरिब परिवारको छ र स्याहार सफाई गर्ने कोहि छैन), एकल महिला(खासगरी जसको दैनिकी अरूको नजरमा राम्रो र सुखि छैन) हरूलाई बोक्सीका आरोप लगाईरहेका छन् आम नागरिकहरू ।

© गूगल खोज बाट प्राप्त तस्विर 
माथि नबुझेर भनेँ मैले तर अक्षरस त्यस्तो कमै होलान् । कतिपय ठाउँमा घटेका घटनालाई केलाउने हो भने कुनै एउटा कुराको रिसिबी को बदला लिन पनि यस्तो बोक्सीको आरोप लगाउने गरेको पाईन्छ । मतलब बोक्सीको आरोप लगाउने अनि मजाले थिचोमिचो गर्ने । सारा समाजको अघिल्तिर बोक्सी भनेर भनिदिन्छ अनि त त्यो पिडित ब्यक्ति बोल्नै सक्दैन र त कुटपीट लछार पछार अनि मानिसलाई पनि कुकुरलाई भन्दा बेसि दुर्व्यावहार गर्छन् । आफ्नै दिशा खुवाउँछन्, पिसाब खुवाउँछन्, पिट्छन्, आगोले पोल्छन्, सिस्नु पानिले डाम्छन् हो यस्तै यस्तै अरू थुप्रै हर्कत गर्छन् । हो त्यस्ता पिडकलाई कार्यबाहि गरिनुपर्दछ । तर पनि फेरि हाम्रा सामु त्यस्ता घटना पनि छन् जो बाहिर आउन पाएको छैन । मतलब साँच्चै बोक्सी काम गरेर अरूको घात गर्ने हेतुले गरेका काम पनि छन् । हो यि कुरामा भने अलिकति अनुसन्धानिनुपर्ने देखिन्छ । ति त्यस्ता बोक्सी कार्यको कारवाही कुटपिट होइन त्यस्तै तान्त्रिक बिधिवाट गरिनुपर्दछ । यो पनि तान्त्रिक विश्वास छ यसको सजायको उपाय पनि छ ।

यष्ता सजायको उपाय तथा प्रत्यक्ष भोगेको तान्त्रिक को अनुवभ पछि लेखौँला ।
...........  
अन्त्यमा यति भन्छु कि बोक्सीको आरोप लगाएर यताना दिने काम अफैँमा नराम्रो छ । चाहे त्यो आरोपितले साँच्चै तान्त्रिक वलको दुरुपयोग नै किन गरेको होस् । किनकी कर्म अनुसारको फल पाक्नुपर्छ । समय पनि यहि भन्छ र म पनि यहि भन्छु । हाल सम्मको हाम्रो ठाउँको आरोपको प्रवृती हेर्ने हो भने प्रतिशोध लिन, अधकल्चो बुझाई तथा अरू कारणले बढि बोक्सीको आरोप लाग्ने गरेको देखिन्छ । आखिरीमा साँच्चै बोक्सीले गरेको कामको त पर्दा फुस्कँदा पनि फुस्किँदैन । त्यसैले साँच्चै आरोप सत्य भए तान्त्रिक विश्वासकै बिधि अपनाएर उपचार गर्ने गर्नुपर्दछ । त्यसरी हचुवाको भरमा आरोप लगाएर निर्दोशीलाई सजायको भागि बनाउने कार्य कम गर्नु पर्दछ ।

No comments:

Post a Comment