2013-08-02

मेरो गजल यात्रा

मेरो गजल यात्रा


गजल, साहित्यको एउटा बिधा आफैँमा काब्यिक बिधा हो । विकीपीडियामा भनिएको छ कि गजल गित र कविता भन्दा फरक बिधा हो । मेरो र यो गजलको पारिवारिकता वा भनौँ साक्षतकार पनि निकै गोलमालपूर्ण अवस्थाबाट सुरू भएको छ । आजकल पनि अझै नजिक हुने र सिक्ने क्रम नै चल्दैछ । मेरो गजल यात्रा को सुरूवात समय पनि त्यति लामो छैन । ति दिनहरूमा गजल भनेर लेखिएका कतिपय लेखहरू भावना मात्र पनि भएछ ।

जब मैले गजल लेखन शुरू गरेँ वा भनौ गजल भनेर रचनाहरू कोर्न थालेँ त्यतिबेला १० कक्षा पढ्दैको समय थियो । त्यो बेला मलाई गजल के हो र यसको संरचना कस्तो हुन्छ भनेर समेत थाहा थिएन । मैले त केवल रेडियोमा वाचन सुनेर त्यसको भरमा कोरेको थिएँ । हो त्यै बेला कोरेका रचनाहरू भावनामात्रै भएका तर कतिपय भने मिल्न खोजेछ । यसैगरी मेरो साहित्यप्रतिको मोह पनि बढ्दै गयो । अलि पछि पनि एफ्. एम्. मा गजल बाचन सुन्ने र सुनेको दुरूस्तै कपि गरेर त्यो फेरि पढ्न थालेँ र गजल भनेरै अरू रचना कोर्न पनि थालेँ । एस्. एल्. सि. दिएलगत्तै गाऊँमै हुँदा बहकिने मन (मुक्तक विषेस कार्यक्रम) पनि सुरू भयो । यो सँगै मुक्तक पनि कोर्न थालियो सुनेकै भरमा । जब काठमाडौँ छिरियो तब सामाजिक संजाल फेसबुकसंग नाता पनि गाँसियो । यसै क्रममा फेसबुकमै मित्रहरू सँग रचना सेयर गर्ने एकअर्काको रचना पढ्ने, लाईक, कमेन्ट गर्ने क्रम पनि चल्यो । यसरि नै मलाई गजलको संरचना थाहा नहुँदा पनि मैले गजल नै बनाऊन थालिसकेछु । त्यतिबेला मलाई काफिया, रदिफ जस्ता आधारभूत कुराको समेत ज्ञान थिएन । तर पनि मैले अहिले आएर पढ्दा गजल नै बनेको पाएँ । मलाई २०६९  सालको अन्तिमतीर आईपुग्दा सम्म पनि गजलको पुर्ण ज्ञान थिएन । हुन त अझै सिक्दै छु ।

यो २०७०  साल सुरू देखि भने अरूको गजलको कमेन्टहरू या भनौँ अरूको गजलमा गरिएका कमेन्टहरू अद्यन गर्न थालेँ । कसैको गजलमा यो मनपय्रो, यो भएन, यो चाहिँ यो भएको भए अझ राम्रो हुन्थ्यो भन्थे । यसै आधारमा काफिया र रदिफ के हो भनेर सिकेँ । यसै समय अग्रज हरूसँग सोध्ने आँट पनि गरेको हो तर एक दुई जनालाई मात्र सोधेँ । अरूलाई सोध्ने त आँट नै पुगेन । र यसै समय ब्लगहरू डुलेर जानकारी लिने क्रम पनि चल्यो र आधारभूत संक्षिप्त रूपमा भएपनि जानेँ गजल । र हाल पछिल्लो समयमा आएर नेपालि विकीपिडीयामा दिईएका परिभाषा तथा उदाहरणको अद्यन गर्दैछु ।

मैले पहिले गजल लेख्दाको हाँसउठ्दो कुरा के भने मलाई शेर, काफिया, रदिफ, मिसरा, मतला, मत्ता, उला, शनी, भन्दा के भनेको होला जस्तो लाग्थ्यो । मैले त केवल मन शान्त पार्न हचुवा लेखेको थिएँ । र अन्त्यमा एउटा कुरा । अग्रज बर्गको लागि त वाहियात होला । तर पनि म जस्तै लेखन सिक्दै र सिक्न चाहाने मित्रहरूकौ लागी अर्को पोष्टमा संक्षिप्त जानकारी लिएर आउँला । भन्दै अहिलेलाई भने.…………….  Happy Blogging.

सपना समय:- 11:58pm, देखि 06:08am, सम्म Wed 11-06-2013

 मेरो यो लेख  मात्र एउटा सपनाको कुरा हो । हजुर हरु ले यो लेख पढ्नु भैसकेपछि सम्भव भय
कमेन्ट पनि छोडेर गइदिनु  होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।

सपना समय:-
11:58pm, देखि 06:08am, सम्म Wed 11-06-2013 ।


सपना एउटा घारिबाट सुरू भएर सडक जस्तो लाग्ने ठाउँमा अन्त्य भएको छ ।

Start. म आफुलाई मेरो गाउँमा पाउँछु । म मेरो घरको तल पँधेरो निर पिपलबोटे हजुरबुबाको घर वरिपरि
पाउँछु आफुलाई, जहाँ बाँस घारि थियो । म के गर्दै थिएँ त्यो प्रश्ट थिएन त्यहाँ तर म शुरूमै आफुलाई बाँ-
स घारि मा पाउँछु ।

वास्तवमा बिपनाको कुरा गर्दा पिपलबोटे हजुरबुबाको घर बाट पँधेरो तिर सानो जंगल वा घारि छ । बाँसको
घारि पनि छ त्यहाँ र काप्राको बोटानि र पँधेरो छ । तर सपनामा न पँधेरो देखेँ न काप्राको बोट नै । काप्राको
बोटमा पनि बाँसको घारि नै देखेँ र पारि पट्टि रूखहरूको घारि भएको ठाउँमा केहि ठुला बरका रूख जस्ता
लाग्ने तर चाँपको जस्तो ढाँचा भएको रूखहरू देखेँ ।

सुरूमा म बाँसकै घारिमा थिएँ । के गर्दै थिएँ थाहा थिएन । तर अचानक जहाँ बाटो छ बिपनिमा त्यहाँ ठुला
बाँसका रूखहरू देखेँ । काटेका । र ति बाँससँग मैले साना टुक्रा बाँसहरू पनि देखेँ जसको एकपट्टि प्वल पा-
रिएको थियो । त्यो हेर्दै गर्दा अचानक म आफुले आफैँलाई पिपलबोटे खड्के हजुरबाको घरमा पाएँ । न त त्याँ
हजुरबाको परिवार नै थिए न हजुरबा नै । ( अलि पहिला मटन नबनाउँदा गोठ र घर गरि दुईवट संरचना थिए ) म आफुलाई गोठमा पाएँ । त्यहाँ गोठको पिँढिमा मुखिया साईँलि हजुरआमा अर्थात् (आईँटार ब्ले) रूपेन्द्रको आमालाई देखेँ । मैले उहाँलाई बोलाऊँदा बिपनिमा ठुली आमा भनेर बोलाउँथेँ । ऊहाँले नै अगि देखेका बाँसमा प्वल पार्नुभाको अरे । बाँसुरि बनाउन । बाँसुरि भनिएको थियो तर प्वल एउटा मात्र थियो । बाँस एकदम पातलो र छाँटिलो एकदम बज्ने छ जस्तो लाग्थे । तर प्वल एउटा मात्र थियो । तर फेरि बाँसुरि एकदम बज्ने थियो । मलाई पनि एकदम रहर जागेर बनाउने सोच बनाएँ र अनुरोध गरेँ । त्यसपछि के भो अलि अष्पष्ट भयो । तर म त्यहिँ थिएँ । हजुरबाको घर वरिपरि नै । मैले यो पल्ट 3 4 जाना नचिनेका मान्छेलाई देखेँ । आगन को डिलमा रिङ्गै फलको बोट थिए । म त्यो पाकेको फल टिप्दै कहिले आफु खान्थेँ त कहिले ति अन्जान मान्छेका मुखमा कोच्याऊँथेँ । त्यो फल के हो एक्ज्याक्ट पता चलेन । त्यो फल हेर्दा स्ट्रवेरि जस्ता थिए आकारमा तर बोक्रा खुरपानिका वा आलुपखडा अल्चा का जस्ता चिल्ला थिए । एकदम मिठो थियो वासना र स्वाद । सायद मैले यत्ति मिठो बास्नादार फल त खाएको त यै पल्टको सपनामा हो बिपनाको त कुरै छोडौँ । खान त दुर देख्या पनि छैन ।

फेरै मैले आफैँलाई ठुली आमा संग पाएँ । अनि यो पालि आँगनको डिल बाट तल तिर दौडँदै थिएँ घारि तिर किन हो थाहा छैन । र हामि दौडेको तल खोँचमा पुगेपछि एक्लै भएँ र फेरि बाँस घारितर्फ फर्किएँ । यो पालि म बाँसको फेदमा समातेर परालमा दाईँ गरेझैँ घुम्दै थिएँ । मैले दुई चार जाना अन्जान मान्छे पत्कर सोहोर्न लागेको पनि देखेँ तर कहाँनेर हो ठ्याक्कै पत्ता चलेन । केहि छिन पछि एउटा आवाज सुनियो । "गाउँ बिकास परिसदको निर्णयमा यसपालि पनि सँधै झैँ यो झ्याङ बाट एउटा बाँस काट्ने निर्णय गरियो र काटियो ।" एकै छिनमा छ्याम छ्याम बाँस काटेको आवाज पनि आयो र ढल्दै गरेको पनि तर ढलेको आवाज भने पुरा आएन । एकै छिनमा केहि खैलाबैला सुनियो । एः कुन चाहिँ बाँस हो अहिले ढालेको ? लौन खै काँ पुग्यो केई पत्तो छैन त । कुन ढालेको । कसैले पत्ता लगाउन सकेनन् कुन झ्याङ को कुन बुट्टा हो । अचानक् मैले एक अन्जान ब्यक्ति बोलेको देखेँ । भन्दै थियो " हामिलाई नै निर्णयमा नराखि त्यसै निर्णय भो भन्ने अनि अहिले बाँस पनि कुन काटेको थाहा नै नदिने ? यो त सरासर अपराध हो...." अनि फेरि मैले काजिडाडाको जयलाई देखेँ । उल्ले पनि भन्यो " यो त हाम्रो अपमान भो ।.... कसैलाई थाहा छैन कुन बाँस काट्यो....." । मैले पनि केहि बोलेँथेँ तर एक्ज्याक्ट याद भएन एकछिन त्यहाँ गन्थन् गर्दै गएपछि फेरि अस्पस्ट भएँ त्यहाँ के भो अलि थाहा भएन ।

फेरि नाटक को दृश्य परिवर्तन भयो र म आफुलाई जन्तिको हुलमा पाएँ । जन्ति बेहुलि लिन जाँदै थियो ।र फेरि अस्पस्ट भयो । अब जन्ति बेहुलि लिएर फर्किँदै गरेको थियो । केहि चिनेका जस्ता अनुहार थिए । तर अस्पष्ट अनुहार थियो । गाउँकै सडक जस्तो लाग्थ्यो ठाउँ हेर्दा पसल पनि थियो । अलिकति ओरालो थियो सडक । मल्डुङ् को जस्तो पसल थियो भने अमर्खु लामिछाने काईँला को घर निर को जस्तो सडक ।

जन्ति फर्कने क्रममा पसलमा पसेर केहि गर्दै थियो केहि मान्छे र केहि मान्छे चाहिँ निक्कै अगाडि पुगिसकेको थियो । मैले केहि गह्रौँ लाग्ने लाईट जष्तो बाकेथेँ जस्तो लाग्थ्यो । एकै छिनमा धेरै मान्छेहरू निस्केर गए । केहि कसैलाई पर्खँदै थिए भने कोहि पर्खँदा पर्खँदा थाकेर नपर्खि एक्लैपनि जाँदै थिए ।

अचानक् मैले एउटा सुन्दर केटि देखेँ उ पनि कसैलाई पर्खँदै थिई । म हेर्दै थिएँ ऊ केहि बोल्दै थिई । मैले जति कोसिस गरे पनि सुन्न सकिँन । मलाई नै हात दिएर बोल्दै थिई उ । मैले सुन्न सकिँन । ऊ छोउमा थिई म भित्ता मा थिएँ सडक को । केहि बेर बोलिसकेपछि ऊ त बिस्तारै आफैँलाई भिरतिर समर्पित गर्दै ज्यान छोड्दै थिई । झन्डै लडेकि भिरमा मैले नसमातेको भए त । मैले हत्त न पत्त हातमा समातेर तानेको त अंगालेमा पो भेटेँ मैले । अहिले हामि पसलबाट अलि टाढा नै थियौँ । म त अचम्म मा परेँ । मेरो पो बिहे रहेछ त्यो त उनि त मेरी श्रिमती पो रहिछीन् त्यो बिहेकी बेहुलि । अंगालोमा मलाई कसेर निक्कै भावुक स्वरमा अश्रु मिश्रित बोलि बोल्दै भनि " हजुरलाई मेरो ख्याल थिएन ? मलाई तलबाट केहिले तान्दै थियो हजुर भने त्यस्सै चुपो लागेर बस्ने ?......म त हजुरबिना एक पल पनि बाँच्न सक्दिँन ।......" मैले पनि अंगालो झन् कसेर भन्दै थिएँ कि मैले केहि पनि सुन्न सकिँन भनेर अचानक् हामिलाई छुट्टै ठाउँमा पाएँ मैले ।

खुला आकास मुनि बन्द कोठा अर्थात् छाना नभएको कोठामा थियौँ हामि अहिले त मेरो साथमा अर्को एकजाना केटा साथि थियो । ठ्याक्कै त चिनीँन मैले । तर थियो । उ त्यो घरको अर्को कोठामा गयो अघि मेरो श्रिमती भन्ने केटि सँग केहि कुरा गरेर । ति केटिले भने मलाई हाम्रो बाल्यकाल प्रेम र अहिले बिहे सम्मको कुरा सम्झाउँदै थिइ । तर अहिले भने ठ्याक्कै याद भएन के के कुरा भनि भनेर । तर थुप्रै कुरा भनेकि थिई ।

एकछिन पछि मैले आफुलाई त्यो कोठा भएको घरको माथिपट्टी पाएँ । जुन ठाऊँ देख्दा मलाई मेरो गाऊँको डाँडाँ टोलको लाटो भनिने चतुरे घलानको घर मुनि जस्तो लाग्थ्यो । त्यहाँ त मैले छुट्टै परिवर्तन देखेँ । बिपनिमा देख्दा भएको जस्तो थिएन बाटो, खाल्डाखुल्डि परेको । त्यहाँ त पिज गरिएका पक्कि बाटाहरू थिए । छेउछेऊमा वाल बार पनि थियो । ति वाल बारामा त मेरा कलेजका साथिहरू थिए । अनिश आयुस ईन्द्र छेत्तेन र अरू पनि । यसै क्रममा उहिलेका राजा ज्ञानेन्द्र पनि देखेँ । उ जो मसंग बिहे गर्ने केटि उ त राजाको छोरि पो रहिछे । हाम्रो बिहे पनि अर्काको घरमा भएको अरे । राजाले त रठ्ठिनै लठ्ठिले झटारो हान्दै थिए । मलाई पनि उनलाई पनि । हामि भाग्दै त थियौँ तर उतै राजा भएतिरै । एकै छिनमा माहोल परिबर्न भयो । मेरा साथिहरू मलाई र मेरी श्रिमतिलाई बचाउनको लागि आन्दोलन गर्दै थिए । यै क्रममा म भने ब्युँझिएँ ।

ब्लग र मेरो ब्लगिङ् यात्रा

ब्लग र मेरो ब्लगिङ् यात्रा 


शताब्ती एक्काईसौँ भईसक्यो, जमाना परिवर्तन हुनेहरूको छ । जो समयसँगै
घुलमिल भएर परिवर्तन हुन्छ त्यो नै सफल बनिरहेको छ । हाल सम्पूर्ण
कार्यहरू सरलिकरण भईरहेका छन् र यो ईन्टरनेट थथा कम्प्युटरको जमानाले
गर्दाखेरी विश्व नै एउटा कोठामा परिवर्तन भएको छ । त्यसै अनुसार अब
हामिले कागजको डायरीमा लेख्ने कुरा कम्प्युटर तथा ईन्टरनेटको सहायाताले
अनलाईनमा लेख्न सकिन्छ र सबैलाई देखाउन पनि । ब्लग भनेको नै यहि
नै हो । अझ सरल रूपमा बुझ्दा आफ्ना मनको भाव प्रस्फुर्टन गर्ने एउटा
अनलाईन स्पेस हो ब्लग । यसलाई हाम्रो डायरिको रूपमा लिन पनि
सकिन्छ । बिभिन्न साईटहरूले यस्ता ब्लगिङ्को सुबिधा दिएका हुन्छन् ।
ति साइटहरूको उपयोग गरि आफ्नै स्पेस बनाई त्यसमा लेख राख्नु
ब्लगिङ् हो । मेरो ब्लगिङ्को कहानि पनि बडा गजबको छ । पहिले त
आफैँलाई ब्लग खोलेको छु भन्ने नै थाहा नभई ब्लग खोलिएछ । पछि
मात्र थाहा भएको हो यो ब्लग के हो ? किन खोल्ने ? कसरी खोल्ने त ।
म आफैँले खोलेको पनि होइन त्यो ब्लग त । धादिङ शिर्षक राखेर
sijantamang को ठेगानामा खोलेको र पहिलो पोष्ट पनि गुगलमा
धादिङ सर्च गरेर राखेको हो । हाल पछि आएर ब्लगिङ्को बारेमा
अलिअलि जानेपछि झन् जान्ने जिज्ञासा बढ्यो र हाल यो आफ्नै
ब्लग र अरू दुईवटा ब्लग संचालन गर्दैछु । बिना आफ्नै कम्प्युटर ।

जब खाठमाडौँ पसेर ११  को पढाई सुरू गरियो तब जँगबहादुर संगै
डेटा इन्ट्रिको ट्रेनिङ् लिन भनेर गईयो । त्यै बेलामा खोलिएछ ब्लग ।
अन्जानमै । हाल त्यो अनलाईन जब त ब्लब भैको तर ब्लगिङ भने
गर्दैछु । त्यै समय खोलिएको ब्लग पछि आएर मात्र थाहा पाईयो ब्लग
के रहेछ भन्ने कुरा । फेसबुकको माध्यामबाट ब्लगहरूको पनि कुरा
थाहा पाईयो । त्यै समय ब्लगहरू घुम्ने पनि धेरै गरियो । प्राय मो-
बाईलबाट नै इन्टरनेट घुम्ने भएर मोबाईलबाटै ब्लग पनि घुमिन्थ्यो
र मोबाईलबाटै सिकीयो धेरै कुरा । ६९ सालको अन्तिमतिर आएर भने
ब्लग के हो भन्ने कुरा प्रष्ट बुझेँ । यसै बेलाबाट थालेको हो राम्ररी
ब्लगिङ गर्न भने । पहिले ब्लगरकै टेम्प्लेटमा ब्लगिङ गरियो । थाहा
थिएन कि कसरी आफुले चाहेझैँ बनाउने । यो बारे पनि अरू ब्लगले नै
सिकायो । रातभर अरूको ब्लग पढ्थेँ र गुगललाई कोट्याउँथेँ ब्लग
डिजाइनको बारेमा र दिनमा दुई तिन घण्टा साईबरमा प्राक्टिस गर्थेँ ।
अझै पनि यै बल्ल बल्ल बुवालाई भनेर किनिदिएको नेकिया सि सिरि-
जको C2-01 को मोबाईलबाटै सिक्दैछु ।

पहिले त एनसेलको सिमकार्ड बाट चलाउँथेँ इन्टरनेट । त्यो बेलामा
निक्कै नै खर्च पनि गरियो । अलि पछि बाट भने एन. टि. सि. को
सिमकार्ड बाट चलाउन थालियो र अझै चलाउँदै छु । त्यसैकारण त
पैसाले थामेको । एनसेल चलाऊँदा त निकै खर्च हुन्थ्यो । एउटा याद
छ :- बुवासँग किताब किन्न भनेर मागेको एक हजार एकै हप्तामा
रिचार्ज गरेर सकिएको थियो । एनसेलबाट नेट चलाउँदा । त्यो घाटा
पनि निकै फलदायी भयो । त्यै बेलामा सिकियो इन्टरनेट सम्बन्धि
नयाँ कुरा र अरू धेरै पनि ।

परिवारको सहयोग त थिएन खासै तर पनि जति नगर भन्दा गर्नुपर्ने
थियो परिवारले त्यति भने गर्नुभएन । समय समयमा खर्च दिदैँ गर्नु-
भयो त्यो नै ठुलो भयो मेरो लागि त । तर पनि कति समय त तरकारी
किनेर खाने पैसाले पनि साईबर गइन्थ्यो । यो बिचमा मोहन सरले पनि
केहि सिकाउनुभयो । बिषेश त ति ब्लगहरूलाई धन्यावाद जसले नेपालिमा
टिप्स राखिदिनुभयो र पढ्न सहज बनाईदिनुभयो । अझ बिषेश त दिलिपआचार्य 

 ज्यु को ब्लग लाई धन्यावाद ।

मलाई लाग्छ आजकलका ब्लगरहरू आफ्नै कम्प्युटर तथा ल्यापटप बाट
नै ब्लग संचालन गर्छन् (खै कति सत्य बोलेँ) । तर म भने आफ्नै
कम्प्युटर नभइकनै ब्लग चलाइरहेको छु । तपाईँलाइ लाग्ला यो पनि
सम्भव छ र ! तर म भने यस्तै गरिरहेको छु । तपाईँ जति पनि यो
ब्लगमा पढिरहनुभएको छ ति अक्षरहरू मोबाईल टाईप्ट हुन् । मोबाई-
लमा टाईप गय्रो र मोबाईल बाटै फेसबुकको म्यासेजमा टुक्रा टुक्रा पारेर
पठायो र पछि एकैचोटि साईबरमा गएर कपि गरेर इडिट गर्दै पेस्ट गरेर
फोटो चाहिने छ भने फोटो पनि एट्याच गरेर पोस्ट गय्रो । एक हप्ताभरी
बनाईएका खजानाहरू एकदिन साईबरमा गएर कपि पेस्ट गर्दै सेडुल
पब्लिस गय्रो अनि त दिनहुँ पोस्ट भईरहन्छन् । लग इन पनि गर्नु पर्दैन ।
ब्लगरको यो सुबिधाले पनि धेरै सजिलो बनायो ।

र अन्त्यमा अर्को पोष्टमा नजानेका मित्रहरूलाई लक्षित गर्दै ब्लगरमा ब्लग
खोल्ने बारे चर्चा गर्नेछु भन्दै आजलाई भने.…………… Happy blogging.

प्रेम १३

''आँखा खोल र आफैभित्र खोज, के तिमी अहिले बाँचिरहेको जीवनसँग सन्तुष्ट छौ ? ''

....बब मार्ली