2013-06-28

दिऊँसोको सपना 02:21pm, देखि 03:55pm, सम्म Sun 09-06-2013 ।

मेरो यो लेख  मात्र एउटा सपनाको कुरा हो । हजुर हरु ले यो लेख पढ्नु भैसकेपछि सम्भव भय
कमेन्ट पनि छोडेर गइदिनु  होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।

सपना समय:- 02:21pm, देखि 03:55pm, सम्म Sun 09-06-2013 ।


दिऊँसोको सपना :- केहि हुँदै थियो गाउँमा ।
सायद त्यहाँ ठुलै कुरा हुँदै थियो विहे को नाम मा ।

पत्रहरु 5% मात्र मैले चिनेका थिए, मतलब 5% मात्र हाम्रो परिवार अनि गाउँलेका थिए । अनि अरू 95%
सबै नचिन्ने थिए को हुन् को । सपना सायद 3 दिनको थियो, मतलब सपनामा 3 भग थियो । पहिले प्रे-
मिका खोजेको झलक, अनि दोस्रो झगडाको र दौडेको झलक, र अन्तिम गाउँले तथा परिवार सँगको झलक ।

Start:-
पहिलो दिन म आफ्नो प्रेमीका खोज्दै हुन्छु तर त्यहाँ अलिकति अष्पष्टता पनि थियो ठ्याक्कै शुरू कसरी
भयो भन्ने कुराको । तर म सायद आफ्नो प्रेमिका खोज्दै थिएँ मेरी प्रेमीका पनि मैले बिपनामा चिनेको
मान्छे थिइनन् । एउटा बगैँचा थियो । त्यहाँ हरेक प्रकारका प्रेम गर्ने जोडिहरू थिए । लाग्थ्यो रुख बिरुवा
चरा चुरुङ्गी सबै प्रेम मय नै थियो प्रेमकै धुनमा थिए । आचानक म फोन गर्दै थिएँ आफ्नो बिपनाको
प्रेमीकालाई तर त्यो कुरा कसरी टुङ्गीयो पता छैन । बिपनाकै साथि छेत्तेन पनि देखेको थिएँ सायद एक
झल्को मात्र । अनि त्यहाँ एकै चोटि साँझ पय्रो । अलि अघिबाटै, उज्यालै छँदा त्यहाँ जोडिहरू देखिएनन्
सबै एक्लै एक्लै थिए । तर एउटा अचम्म अघि जोडि पनि एक एक गरि गनेर नसक्ने जेडिहरू एक्लै
एक्लै हुँदा त 3 जाना पो हुँदोरहेछ । तर ति 3 जानामा पनि म थिईँन । म त प्रत्यक्ष त्यहाँ फोन गर्दा
र प्रेमीका खोज्दा मात्र थिएँ जस्तो लाग्छ ।

    अब त्यहाँ एकैचोटी बिहान र दिउँसो हुन्छ । त्यो झलकमा म त प्रेमिकासँगै थिएँ तर बिपनाको
हैन सपनाकै प्रेमिकासँग । तर मैले भने सँगै बसेपनि एकचोटि पनि राम्ररी हेरिन प्रेमिकाको अनुहार ।
तर लाग्थ्यो उनि निक्कै सुन्दर थिईन् । सँगै थियौँ अचानक् एकैचोटि हामिबीच केहि दूरि बढ्यो । खै
काँबाट आयो परिक्षा, के को परिक्षा हो केहि थाहा छैन तर हामि भने परिक्षाको तयारी गर्दै थियौँ । म
त्यहि अघिल्लो झलकमा देखिएको बगैँचाको माथिपट्टि थिएँ जहाँबाट अलिकति उक्लेपछि तल झर्ने
ओरालो खरबारी आउँथ्यो । यो झलकमा भने बगैँचाको चित्र अलि प्रष्ट जस्तो लाग्थ्यो । रूखहरू देख्दा
महेन्द्र गुफाको प्रवेश द्वार वरपर रहेको जस्तो लाग्थ्यो । म रहेको ठाउँ माथिपट्टि महेन्द्र गुफा क्षेत्र प्रवेश
गर्ने मुख्य गेट जस्तो लाग्थ्यो । म त्यहिँ थिएँ । प्रेमिका अलि चुचुरो डाँडाँमा थिईन् म भन्दा माथि ।
किताब बोकेर एउटा केटि साथिसँग कुरा गर्दै थिई । एकै छिन कानेखुसी गरेर ति केटि गइन्, लोप भइन्
अर्थात् कहाँ पुगिन् थाहा छैन । अनि म पनि किताब हेर्दै तलबाट आँखाको ईसाराले प्रेमिकालाई तल आउन
भन्दै थिएँ । (मेरो मनामा केहि कुरा खेल्दै थिए । म सपना भित्र सपनाको संसारमा डुब्दै थिएँ त्यो बेला ।
प्रेमिका सँग हुने क्षणको कल्पना गर्दै थिएँ ।) म तल आउनको लागि भन्दै थिएँ भन्दै थिएँ तर उनि त
त्यहिँ पो बस्न लागिन् । लाग्थ्यो उनि बस्दा उनको छोऊमा अष्पष्ट अर्को महिलाको दृश्य पनि थियो तर
त्यो एकिन भने भएन । अनि म भने हेरेको हेय्रै भएँ । अनि के भयो एकछिन त थाहै भएन ।

    अनि त्यहि क्षण थियो होला प्रेमिका तिर हेर्दै थिएँ म । अचानक दुईजाना केटाहरू पनि किताब बोकेर
मेरी प्रेमिका को दायाँ वायाँ आएर बसे । त्यहाँ पनि एकछिन अष्पष्ट दृस्य भयो । लाग्थ्यो मेरी प्रेमिका पढ्दै
थिईन् र ति किताब बोकेर आएका केटाहरू पनि सँगै बसेर पढ्दै छन् । तर त्यहाँ त विबाद् पो भैराख्या रै'छ ।
ति केटाहरुले त मेरी प्रेमिकालाई हामिँसँग अँगालोमा बेरीएर पढ्छेस् भने पढ् नत्र हामि बलत्कार गरेर
मारिदिन्छौँ पो भन्दै रहेछन् । तर यतिबेला सम्म म भने तल नै थिएँ ।

    हात पनि चलाको जस्तो अनि प्रेमिकाले पनि छोड छोड भनेको आवाज आ'को भएर म त्यो उकालो
चढ्दै थिएँ । तर मलाई त्यो खुड्किलो चढ्न यति बेर लाग्यो कि प्रेमिकालाई आपत परिसकेछ । मैले भने
प्रष्टै देख्दै थिएँ र सुन्दै पनि थिएँ ति घटनाहरू र आवाजहरू । म देख्दै थिएँ ति केटाहरूले मेरी प्रेमिका माथि
ज्यादति गर्दै थिए, हात हाल्दै थिए । मेरी प्रेमिका भने छोड छोड बचाउ भन्दै हात पन्छ्याउँदै थिई । उम्कन
खोज्दै थिई । अचानक् केटाहरुले त मेरी प्रेमिकाको आँखामा कालो पट्टि बाँधिदिए । तर ति दुईमध्यो कस्ले
बाँध्यो त्यो प्रष्ट थिएन त्यहाँ । त्यहाँ दुबैजानाले मेरी प्रेमिका को पाखुरा समातेर केहि गर्न खोज्दै थिए ।
अचान् त्यो पट्टि बाँध्ने सँगै म पनि नजिक पुगेँ । अहिले त ति केटाहरू उठेका र मेरी प्रेमिका बसेकै थिई
आँखामा कालो पट्टी थियो प्रेमिकाको, दुवै हात दुवै तिर उभिएका ति केटाहरूले तानिरहेका थिए । म त्यहाँ
पुग्ने बित्तिकै मैले ति केटाहरू लाई प्रहार गरेँ । त्यहाँ पनि प्रहार गर्ने बस्तु अश्पष्ट नै थियो । सायद त्यो पेटि
थियो होला । तर कहाँबाट आयो थाहा थिएन । मैले पेटि लाएको पनि थिएन त्यो बेला । पेटि पनि के भन्नु
खै अलि लामै थियो अलि चौडा नै थियो । तर जहाँसम्म लाग्छ त्यो बेलाँ याद भएको जस्तो लाग्थ्यो कि
प्लास्टिक को हरीयो पेटि जस्तै थियो त्यो । जुन मैले बिपनामा लगाउँथेँ । मैले प्रहार त गरेँ तर त्यो प्रहार
एउटा केटालाई मात्र लागेर मेरि प्रेमिका को अनुहारमा लाग्यो । ति केटाहरू भाग्न थाल्यो । मेरी प्रेमिका भने
आज त मरेँ नि भन्दै कराउँदै आँकाको पट्टि फुकाल्दै थिई । मेरो प्रहारले पट्टि पनि च्यातिएको थियो । ति
केटाहरू भाग्दै थिए र म भने प्रेमिकालाई उठाउँदै थिएँ साथै ति केटाहरुलाई पनि पिट्दै थिएँ । मैले प्रहार गर्ने
बस्तुको रुप नै कस्तो कस्तो थियो । घरि पेटि नै बन्थ्यो, घरि दाम्ला बन्थे त घरि नचिनेको बस्तु । मैले ति
केटाहरुलाई लखेट्दै गरेको ठाउँ खरबारी थियो जस्तो लाग्छ । याद भएसम्म त्यो ठाउँ मेरो मामाघरको अलि
तल । मेरो मामाघर नपुग्दै आउने ठाउँ थियो । अर्थात् चौफाँटको अलि तलको खयबारी थियो, भिर थियो ।

    लखेट्दै थिएँ प्रेमिका पनि साथ मै थिई अहिले त । केहि अश्पष्ट आवाज सुनिएको थियो । ठाउँ बालखर्क
घट्ट बाट मसिने डाँडाँगाउँ जाँदा आउने बनको सुरू भाग थियो जस्तो लाग्छ । तर म भने लखेट्दै ओर्लँदै थिएँ
थिएँ । अचान् ति केटाहरू बोले । र भने -"हाम्रो खुट्टा भाँचिदियो भनेर उजुरि दिन्छौँ हाम्रो चिनेका मान्छे छन् ।
तँलाई त पख न हाम्लाई पिटेको होईन !" । तर सुरुदेखि नै म भने बोलेको रेकर्ड थिएन । अचानक् मेरो पक्षबाट
मेरी प्रेमिका बोलि । र भनि -"म पनि मलाई बलत्कार गरेको आरोप मा उजुरु दिन्छु अनि देख्छौ तिमिहरूले !"
। अहिले त म देख्दै थिएँ कि ति केटाहरु मध्यो पनि एकजानाको खुट्टा भाँचिएको थियो दुबैजाना रगतपक्ष थिए,
घिस्रिएर हिँडिरहेका थिए । अचानक् म देख्दै थिएँ मेरी प्रेमिकाको पनि टाउको र कम्मर मुनि रगतै रगत थियो ।

    अब म एकैचोटि अर्को ठाउँमा पुगेँ । न त्यहाँ प्रेमिका थिई न ति केटाहरू । म एक्लै थिएँ दौडिरहेको थिएँ
ठाऊँ अघि पहिला देखिएको खरबारि जस्तै लाग्थ्यो तर अलि फरक थियो । म दौडँदै थिएँ तर म आफैँ अनबिज्ञ
थिएँ दौडिनुको कारण बाट । तर अचानक् बाटोमा केहि चिज देखिए तर पनि म दौडँदै थिएँ । केहि आवाजहरू
सुनिन लागेका थिए । ति अगिका केटाहरू त केटि पो भएछन् । तिनिहरूको दिदि पनि रहिछे । दिदी चाहिँ
फोनमा कुरा गर्दै थिई । खै त्यो दृश्य र संबाद अष्पष्ट थियो । तर लाग्थ्यो मेरो लागि केहि जाल बुनिँदै थियो ।
अचानक् म दौडदै गर्दा आकाशवाणी जस्तो गरी स्वर सुनियो । बिहेमा रत्यौलि खेल्ने अरे हाम्रो र तिनिहरुको
छुट्टै छुट्टै ग्रुप बनाएर । अघिका केटाहरूको र हाम्रो । अनि जस्ले हार्छ उसलाई जित्ने पक्षले धुलोपिठो पार्ने
गरि पिट्ने अरे । फेरि त्यै फोन गर्दै गरेको दृश्य देखियो । लाग्थ्यो उनिहरू ठूलै चक्रब्युह रचना गर्दैछन् ।

    म दौडँदै थिएँ अचानक् जन्ति आयो रे कतैबाट आवाज सुनियो । मान्छेको ताँति देखेँ त्यो खरबारिमा
खरबारि पनि अहिले त कस्तो राम्रो फुलबारि बनेको थियो । त्यो त खरको फुल हो अरे । मान्छेको ताँति त
देखेँ तर मलाई थाहा थिएन कि त्यो मान्छेहरू कहाँ जाँदैछन् । मलाई त ति मान्छेका भनिने ताँतिहरू कमि-
लाका ताँति जस्तै लाग्थ्यो । किनकी म तिनिहरूमाथि नै दौडदै थिएँ तर तिनिहरुलाई केहि प्रभाव परेको थिएन
असर परेको थिएन ।

    अचानक् फेरि ठाउँ र पुरै पात्रहरू नै परिवर्तन भयो । अघि कोहि नचिन्ने थिए तर अहिले भने सब्बै
चिन्ने मान्छेहरू नै थिए । गाउँकै मान्छेहरू थिए । तिनिहरू पनि सब्बै बिहेमै जान लागेको अरे । तर छाँट
भने जन्तिको जस्तो थिएन । त्यहाँ कोहि बाख्रा धपाईरहेका थिए, कोहि गोरू धपाईरहेका थिए, कोहि कुखुरा
धपाईरहेका थिए । अहिलेको ठाउँ पनि मैले चिनेकै थियो । मेरै घरको अलि पर उत्तर पश्चिमपट्टि को चिहान
डाँडाँ र खहरो खोला थियो । चिहान डाँडाँभरि अगि देखिएका जस्ता ताँति देखिन्थे । जन्तिको ताँति अरे त्यो
त अगिका केटा हरूको पक्षका । र खहरे खोला भरि आफ्नै गाउँको मान्छेहरू हिँड्दै थिए । अचम्म लाग्दै थियो
म भने कुन गतिले हिँडिरहेको छु मलाई नै थाहा थिएन । कहिले दौडेको आभाष त कहिले कछुवा भन्दा पनि
50X ढिलो आभाष हुन्थ्यो ।

    म खहरो खोलाको समशेर बाजेको खेतको खनायो बोट नजिक बाट माथि तिर हिँड्दै थिएँ र गाऊँबाट
चिहान डाँडाँ जाने बाटो पनि कटेको भान हुँदै थियो । अचानक् साईँलाबाजेको घर भएको पाखामा काँप्राको
बोटबाट गाउँमा जाने बाटोमा कान्छा बाजेका छोराहरू देखेँ :-माईला, साईँला र कान्छा । जेठा र छोरि भने
थिएन कान्छा बाजेको । त्यो मैले देखेको माईला लाई त रोग लागेको अरे बौलाउने । पागल भएको अरे ।
दुईजाना भाईसँगै गुन्द्रि तानेर लुछालुछ गर्दै थियो । कहिले केको आवाज त कहिले के को । घरि घरि भिन्दा
भिन्दै आवाज निकालेर भाईहरूलाई जिस्काउँदै थियो । त्यो गुन्द्रिले पनि घरिघरी रूप परिवर्तन गर्दै थियो ।
ठ्याक्कै यो नै हो भनेर भन्न निक्कै गाह्रो थियो । र भाईहरू पनि जिस्कँदै थिए माईला सँग । म हिँड्दै थिएँ ।
अब म काप्राको बोट नेर आईपुगेको भान भयो । त्यहाँ मेरो परिवारको सदस्य देखेँ जस्तो लाग्थ्यो । भाईहरू
भने देखिँन, बुवा र आमा झुलुक्क मात्रै देखेँ र माईलि फुपु पनि झुलुक्कै मात्रै देखेँ । माईलि फुपु भने खेतडाँडे
बाजेको गोरू धपाउँदै रे । खेतडाँडे साईँला काका र कान्छि काकी पनि देखेँ । पिपलबोट मुनिको हजुरबा को बुबा
पनि देखिन्थ्यो । अनि म भने अचानक् हजुरबुबा भएको ठाउँमा पुगेँ । बुबा पनि कहिले पछाडि त कहिले अगाडि
देखिएको महसुस हुन्थ्यो, गोरू धपाऊँदै । तर हजुरबुबा सँगै हिँड्न थालेँ म भने । तर अहिलेसम्म बोलेको भने
छैन । मेरो हातमा घाउ देखिन्थ्यो । घाउ छिनमा पाक्थ्यो अनि पिप बग्थ्यो अनि छिनमा पाप्रा लाग्थ्यो । याद
रहेसम्म हजुरवुबाको घाउ थियो । ठ्याक्कै कहाँनेर थियो याद भएन । तर यति देखिन्थ्यो उहाँको त निक्कै ठुलो
भएको थियो घाउ । उहाँ पनि बिहेमा जन्ति जाँदै अरे । छिन छिनमा भगवानलाई पुकार्नुहुन्थ्यो र भन्नुहुन्थ्यो
-"हे भगवान् आज मलाई केहि नहोस् । मेरो घाऊ आजै निको होस् ।" अचानक् म पनि एउटा गोरू धपाउन
थाल्छु । हजुरबुबा एउटा र म एउटा गरि हजुरबुबा र मईले एक हल गोरू धपाउन थाल्छौँ । काँप्राको बोट काटेर
हामि हाम्रो फोक्टो खोलाको खेत कट्दै गाउँमा आएको गाडि गुड्न सक्ने कच्चि सडकमा पुग्नै लाग्छौँ । एउटा
गोरू हाम्रो फोक्टो खोलाको खेतमा पानि ल्याउने कुलातिर गएको हुन्छ भने अर्को गोरू सिधै बाटो गएर सडक
छिचोल्छ । अनि अचानक् माईलि फुपु देखा पर्छिन् र कुलोतिर लागेको गोरू धपाउन थाल्छिन् अनि मात्र मलाई
गोरू छुटेको पता चल्छ अनि मैले मुख खोलेर "हजुरबा एउटा गोरू त खोलातिर गएछ नि" भनेसँगै ब्युँझिन्छु ।


slipping boy

अन्य बिबिध

अन्य बिबिध

खिचडी जस्तै

खिचडी जस्तै

समसामयिक सोच

समसामयिक सोच

मुक्तक : पुष्ट दाना, मोती सरी, चम्केका छन् तिम्रा नयन ।


पुष्ट दाना, मोती सरी, चम्केका छन् तिम्रा नयन ।
सँधै यतै, बिझ्ने गरी, सन्केका छन् तिम्रा नयन ।
नसा चढ्छ तिम्रो, सबैलाई, लठ्ठ सबै लठ्ठ ।
तनै भरी, ध्वनी सरी, झंकेका छन् तिम्रा नयन ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : बोतलको सिल तोडियो ।


बोतलको सिल तोडियो ।
होटलको बिल जोडियो ।
यतिले नि अझै पुगेन ।
सराबैमा दिल मोडियो ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : राम्रो नराम्रो सबैको चोट धेरै धेरै ।


राम्रो नराम्रो सबैको चोट धेरै धेरै ।
हेर्दै गए सज्जन कै खोट धेरै धेरै ।
मारूँ भन्थेँ ब्वाँसा यि देशै सखाप पार्ने ।
तर यस्तै ब्वाँसो कै गोठ धेरै धेरै ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : लाटो थिएँ म


लाटो थिएँ म बाठो भएछु ।
मन मनै बुझ्ने टाठो भएछु ।
लाटो भन्थे मायामा आमाले ।
तर फुक्नै गाह्रो गाँठो भएछु ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : धेरै यादमा नहराउ भो अब ।


धेरै यादमा नहराउ भो अब ।
नजिकै छु म नडराउ भो अब ।
छाड्‌देउ भो एकान्तमा भुल्न ।
भरिएको आँखा नभराउ भो अब ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : साँच्चैमा तिमी


साँच्चैमा तिमी बस्छौ चाहिँ कहाँ ?
चाँद सँगै राती खस्छौ चाहिँ कहाँ ?
सुन्दर बलेको छौ चाँद झैँ रातको ।
सौन्दर्य निभाई जान्छौ चाहिँ कहाँ ?

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : साँच्चैमा तिमी


साँच्चैमा तिमी बस्छौ चाहिँ कहाँ ?
चाँद सँगै राती खस्छौ चाहिँ कहाँ ?
सुन्दर बलेको छौ चाँद झैँ रातको ।
सौन्दर्य निभाई जान्छौ चाहिँ कहाँ ?

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : हामी प्रति समाजको छुट्टै दृष्टी हुनेछ ।


हामी प्रति समाजको छुट्टै दृष्टी हुनेछ ।
हामी बाँच्ने पिरतिको छुट्टै सृष्टी हुनेछ ।
फक्रिनेछ फुल अनि ओईलिनेछ लाई ।
भिन्दै भिन्दै देव अनि पुष्प वृष्टी हुनेछ ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : मन मनै धेरै दौडाउँछ रे माया ।


मन मनै धेरै दौडाउँछ रे माया ।
अनि थाहै नपाई लडाउँछ रे माया ।
पक्का सबै मनको मिल्यो भने कुरा ।
अनायासै मन जोडाउँछ रे माया ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : कहिल्यै भावमा झुम्दिनथेँ ।

कहिल्यै भावमा झुम्दिनथेँ ।
मायाको सँसारमा घुम्दिनथेँ ।
के जादु गय्रौ माया तिमीले ।
भावको सागरमा डुब्दिनथेँ ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : धड्कन भन्छ

धड्कन भन्छ कसैले मलाई उसको ।
मुटु पनि मान्छ कसैले मलाई उसको ।
चाहाना छ अरे उसको मै मा पुरा हुने ।
चाहाना नै ठान्छ कसैले मलाई उसको ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : म कतै प्यारमा फसेछु क्यारे ।


म कतै प्यारमा फसेछु क्यारे ।
आफै बास मागि बसेछु क्येरे ।
था'है भएन आफै आफ्नै भित्र ।
कसैको दिलमा खसेछु क्यारे ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : अलिकति मन दुख्यो


अलिकति मन दुख्यो मुटु चस्कियो ।
दुःख लिने बानि बस्यो मुटु चस्कियो ।
मर्दा पर्दा आज आफ्नो कोहि नहुँदा ।
बोलौँ मेरो मुख सुक्यो मुटु चस्कियो ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : हरेकको आफ्नै

हरेकको आफ्नै, पारा छुट्टै छुट्टै ।
एउटै नै भनेनि, नारा छुट्टै छुट्टै ॥
अनेकै पो गर्छन्, एक भनि यहाँ ।
मार्ने मर्ने संसार, सारा छुट्टै छुट्टै ।

प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।

मुक्तक : बल्झिएर घाउ



बल्झिएर घाउ, पोल्ला तिमीलाई ।
बिग्रेकै ढकले, तोल्ला तिमीलाई ।
आफैँ आ'छौ यदि, छोडि गयौ भने ।
अश्रु सागरमा, घोल्ला तिमीलाई ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।

2013-06-26

सानो संसार [Sano Sansar]: मोबाईलबाट आफ्नो फेसबुक स्ट्याटसमा कुनै Page वा Person लाई Tag गर्ने Tricks

सानो संसार [Sano Sansar]: मोबाईलबाट आफ्नो फेसबुक स्ट्याटसमा कुनै Page वा Person लाई Tag गर्ने Tricks

सानो संसार [Sano Sansar]: Facebook का केही Basic Symbols हरु बनाउने तरीका

सानो संसार [Sano Sansar]: Facebook का केही Basic Symbols हरु बनाउने तरीका

सानो संसार [Sano Sansar]: सबैभन्दा खराब २५ पासवर्डहरु

सानो संसार [Sano Sansar]: सबैभन्दा खराब २५ पासवर्डहरु

सानो संसार [Sano Sansar]: फेसबुकमा अब ६०,०००+ अक्षरसम्मको status लेख्न सकिने ।

सानो संसार [Sano Sansar]: फेसबुकमा अब ६०,०००+ अक्षरसम्मको status लेख्न सकिने ।

सानो संसार [Sano Sansar]: Java मोबाईलमा कुनै पनि सफ्टवेयरको प्रयोगबिना Folder लुकाउन चाहानुहुन्छ ??

सानो संसार [Sano Sansar]: Java मोबाईलमा कुनै पनि सफ्टवेयरको प्रयोगबिना Folder लुकाउन चाहानुहुन्छ ??

सानो संसार [Sano Sansar]: Mig33 मा साथीलाई Disconnect गराईदिने हो कि :D

सानो संसार [Sano Sansar]: Mig33 मा साथीलाई Disconnect गराईदिने हो कि :D

सानो संसार [Sano Sansar]: Mig33 मा साथीलाई Disconnect गराईदिने हो कि :D

सानो संसार [Sano Sansar]: Mig33 मा साथीलाई Disconnect गराईदिने हो कि :D