2013-07-04

दिऊँसोको सपना सपना समय:- 06:12pm, देखि 07:00pm, सम्म Sun on 10-06-2013 ।

मेरो यो लेख  मात्र एउटा सपनाको कुरा हो । हजुर हरु ले यो लेख पढ्नु भैसकेपछि सम्भव भय
कमेन्ट पनि छोडेर गइदिनु  होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।

सपना समय:- 06:12pm, देखि 07:00pm, सम्म Sun on 10-06-2013 ।



      सपनाको शुरूमा म त्यो घटनाको पात्र थिईँन पछि भएँ । त्यहाँ एउटा गाऊँ थियो । म कुनै एक परिवारको सदस्य त थिएँ तर परिवारको अत्तो पत्तो थिएन । बिचमा एकचोटि आमा देखेजस्तो लागेथ्यो ।
तर बिपनिको हैन । मैले त राम्रि चिन्न र अनुहार हेर्न पनि सकिँन । लाग्छ सायद यो सपनामा एकै दिन थियो तर झलक भने छिन छिनमा फेरिरहन्थ्यो । कहिले कहाँको दृष्य त कहिले कहाँको दृष्य
देखिरहन्थे । प्राय घटनाहरू शहर जस्ता तथा खोला जस्ता लाग्ने ठाउँमा घटेका थिए ।

    सुरू:-
    म खाना खाँदै थिएँ तर कहिलेको (बिहान या बेलुका) हो थाहा थिएन । (प्राय घटनामा घाम उदाएको आभास थिएन ।) अचानक् म खाना खाँदै गर्दा मेरो बिपनाको साथि अर्जुन बोलाउन आयो । खै के
को लागि बोलायो किन बोलायो केहि थाहा भएन । हामि त केहि सल्लाहा गर्दै रहेछौँ । सहमति भएपछि छुट्टिन्छौँ । खै के को लागि के सल्लाहा गय्रौँ थाहा थिएन । अचानक् हामि शहरमा बसेको (डेरामा
बसेको) अबस्थामा थियौँ । त्यो बेलामा भने अर्जुन अफिसमा काम गर्ने अरे बिपनामा पनि गर्छ त्यहीँ । म भने के गर्थेँ त्यो मलाई थाहा थिएन । सायद बिपनिमा पनि नगर्ने भएर होला ।

    अचानक् हामि घुम्न निस्केका थियौँ । सायद फेवा ताल आसपास हिँड्दै थियौँ दृश्य त्यस्तै थियो । अचानक् हामि त पोखरा बाट पाल्पा हुँदै लुम्बिनि जाने बाटोमा ( ठ्याक्कै लोकेसन प्रष्ट भएन तर
भ्रमण जाँदा देखेको बाटोको दृष्य जस्ता लाग्थे ) हिँड्दै थियौँ । त्यो बाटो त काठमाडौँ जाने बाटो अरे उत्तर तिर भारतको बोडर छ अरे सिधै गयो भने भारत पुगिन्छ अरे । अनि त्यहाँ त बिभिन्न ठूला ठूला
घरहरू थिए सडक का वरिपरि बाटो पनि निक्कै चिल्लो पिज गरिएको राम्रो थियो तर खाल्डाखुल्डि नभए पनि सम्म भने थिएन । ठ्याक्कै कलंकि चोक बाट तिनथान तिर लाग्दा ढुङ्गे अड्डा र कलंकि बिचको
ठाउँ कलंकि खुड्को पुल भन्दा अलि यता ढुङ्गेअड्डा पट्टिको सडक खण्ड जस्तै । गाडि पनि चल्दा रहेछन् ताल तालका । मैले त फेम्पो पनि देखेँ । तिन पाङ्ग्रे टेम्पो रे पाँच पाँङ्ग्रे चाहिँ फेम्पो अरे । निक्कै
भिड जस्तो लाग्थ्यो तर मान्छेको चहलपहल भने त्यति थिएन । सुनसान जस्तो लाग्थ्यो तर गाडि चलेकै थियो । ट्राफिक हरू पनि थिए तर कस्ता भने आर्मिको ड्रेसमा । आफुलाई ट्राफिक त भन्थे तर केहि
थिएन तिनिहरूकहाँ न ह्विसील नै थियो न त हाम्रा नेपालका ट्राफिकहरूले लगाऊने जस्ता ड्रेस नै । अनी सब्बै अनुहार नचिनेकै थिए । 
   
    यसरि सडकमा हिँड्दै गर्दा गाडिहरू पनि चल्दै थिए । तर त्यो बेलाम अर्जुन साथमा थिएन । अचानक् आजकल ईन्डियाबाट काठमाडौँ आउने दुईतले गाडि भन्दा पनि अग्लो तर एकैतले गाडि आयो हुईँकीँदै ।
गाडि हरियो जस्तो लाग्थ्यो निलो निलो जस्तो पनि लाग्थ्यो । तर ठ्याक्कै कस्तो रङ्गको हो ठम्म्याउन सकिँन । आफुलाई ट्राफिक बताऊने एकजनाले कराउँदै थियो । गाडि एकदम तिब्र गतिमा गुड्दै थियो ।
त्यै भएय कराऊँदै थियो घुम्तिमा त तेर्सै जस्तो देखिने गरि ढल्किन्थ्यो । पल्टेला गाडि भन्दै अपसब्द प्रयोग गरेर ट्राफिक भन्नेले कराउँदै थियो । म भने आफुलाई गाडि सँग सँगै पाउँदै थिएँ । मतलब गाडि
जति छिटो हुईँके पनि मेरै नजिक आभास हुन्थ्यो । पल्टेला भन्दा भन्दै अचानक गाडि गुम्तिमा उत्तानोटाङ लाएर पल्ट्यो । म त एकचोटि आँखा छोपेँ पनि हातले । आँखा खोलेको त त्यो पल्टेको गाडि बाट
लास फुत्त फुत्त निस्कँदै थिए । गाडि पनि धार परेर पल्टेको जस्तो देखिन्थ्यो अहिले त । सब्बैको ड्रेस देख्दा आर्मि जस्ता लाग्थे । म फोटो पनि खिच्दै थिएँ त्यो घटनाको । अर्जुन भने साथमा थिएन । एकै
छिनमा अर्जुन पनि आयो । दुबैले फोटो खिच्यौँ तर क्यामेरा भने एऊटै थियो । एकै छिनमा त्यो ठाऊँमा गोलि पो चल्न थाल्यो त । अनि म पनि भागेँ । त्यो ठाऊँ पुल जस्तो थियो तर ठाऊँ ठ्याक्कै याद
नहुने ठाऊँको थियो ।

    मैले हामि दुबैलाई त्यै पुल जस्तो ठाऊँको मुनितिरको ठाऊँमा पाऊँछु । त्यो ठाऊँ त महादेबबेशी को भुमेस्थान 4 र थाक्रे 3 जोड्ने पुल मुनिको ठाऊँ लाग्थ्यो । तर हालको जस्तो भने थिएन । अहिले त
खोला पो तर्नुपर्ने अरे । खोला पनि सानोतिनो थिएन । निकै नै ठुलो थियो । कस्तो अचम्म त्यहाँ त एकजनाले तर्नुपर्नेलाई छोउमा राखेर एक लात दियो भने पल्लो किनारामा पुग्ने अरे । मैले अर्जुनलाई
त्यसै गरेँ । एक लात दिएँ किनारानेरै राखेर । अर्जुन त भकुन्डो जस्तै उडेर गयो र बिस्तारै ल्यान्ड गय्रो पल्लो किनारामा । लाग्थ्यो उसले प्याराग्लाईड गरेर ल्यान्ड गरेथ्यो । अनि म भने यताकै किनारामा परेँ ।
म कसरी जाने केहि पत्तो थिएन । मैले बोलेकै अर्जुनले पनि सुनेन अनि उसले बोलेको मैले पनि । यतिकैमा एकै छिन अष्पष्ट भयो अनि त ब्युँझेँ ।

2013-07-03

मुक्तक : प्यारले भरियो र जाग्यो मन पनि ।






प्यारले भरियो र जाग्यो मन पनि ।
वसन्त देखाउन लाग्यो बन पनि ।
सुन्दर चारैतिर ऊज्यालो यो बेला ।
कसैको साथलाई माग्यो तन पनि ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

गजल : सिमसिमे पानि पर्दैछ आज ।













सिमसिमे पानि पर्दैछ आज ।
माया नि नजिकै सर्दैछ आज ।

भावुक नि निकै बनियो क्यार ।
मायाले मुटु नि भर्दैछ आज ।

नजिकै जान्छ फुट्दैन बोली ।
बोल्ने आश पनि मर्दैछ आज ।

तन डर्छ अलि र बाँकि मन ।
अनि पुरै ज्यान डर्दैछ आज ।

चुप म नि अनि चुप उ पनि ।
दुवैको मन के गर्दैछ आज ।

निडर भएर नि डराउने म ।
मेरो नै पो सेखि झर्दैछ आज ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ
हाल सतुङ्गल KTM ।

गजल : म त आफैँ देखि हारेको मान्छे ।










म त आफैँ देखि हारेको मान्छे ।
आफुले आफैँ मारेको मान्छे ।

अघि बढ्छु केहि गर्छु भन्दा ।
बैरिले खुट्टा तानेको मान्छे ।

यो भिड भरि छुट्टै हुँ भन्दै ।
बिजोडि गोरू नारेको मान्छे ।

लड्दै अरूको बोलि सहँदै ।
लडेर आफैँ खारेको मान्छे ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ
हाल सतुङ्गल KTM ।

तामाङ जातिको बसोबास wiki बाट

वसोवास
तामाङ जातिको बसोबास नेपाको पचहत्तरै जिल्लाहरूमा पाइन्छना्। मध्यमाञ्चल विकास क्षेत्रको काठमाडौं, भक्तपूर, ललितपूर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, चितवन, मकवानपूर र सिन्धूलीमा भने तामाङहरू वहुसंख्यक रूपमा आवाद रहेको छ। नेपाल बाहिर भारत, मंगोलिया, चीन र तिब्बतमा समेत तामाङहरू बसोवास गर्दछन्। अखिल भारत तामाङ बौद्व संघको २०५९ सालको प्रतिवेदन अनुसार भारतमा मात्रै तामाङहरूको जनसंख्या १४ लाख छ भनि प्रस्तुत गरिएको रहेछ।

2013-07-01

प्रेम 12



एउटा केटा र केटी घनिष्ठ
साथी हुनसक्छन्, तर कुनै न कुनै
विन्दुमा पुगेपछि उनीहरू
एकअर्का बिना बाँच्न नसक्ने हुन्छन् । हुन
सक्छ अस्थाइ रूपमा, हुन सक्छ गलत
समयमा, हुन सक्छ धेरै ढिलो वा हुन सक्छ,
सधँैका लागि उनीहरू प्रेममा पर्छन् पर्छन्

—अञ्जन



‘पापलाई घृणा गर, पापीलाई प्रेम गर’

— महात्मा गान्धी

प्रेम 11



‘जब हामी प्रेम गर्छौं, त्यतिबेला आफूलाई
राम्रो देखाउन कोसिस गर्छौं । जब
आफूलाई रम्रो देखाउन खोज्छौँ,
त्यतिबेला हामी वरिपरिको परिवेश
आफसेआफ राम्रो भइदिन्छ ।’

— पाउलो कोयल्हो

प्रेम 10



‘कुनै व्यक्ति एउटी मुलायम केटीलाई
नहड्बडाई सरक्कसित चुम्बन गर्न सक्छ भने
उसले उक्त चुम्बनप्रति न्याय
गरेको ठहरिँदैन ।’

— अल्बर्ट आइन्सटाइन

प्रेम 9



‘प्रेम आगो हो । तरस यसले
तपाईंको हृदयलाई न्यानो दिनेछ
वा तपाईंको घर जलाइदिनेछ, केही भन्न
सकिँदैन ।’

— जोन क्रफोर्ड

प्रेम 8



‘चुम्बनबिनाको प्रेम भनेको शब्द
बिनाको किताब जस्तै हो, रित्तो ।’
— एन्ड्रयू वल्फ
प्रेम 

प्रेम 7



‘तपाईं उनको पहिलो, अन्तिम
वा एकमात्र (प्रेमी) नहुन सक्नुहुन्छ ।
उनले यसअघि कसैलाई प्रेम
गरेकी हुनसक्छिन र
भविष्यमा पनि कसैलाई गर्न सक्छिन् ।
यदि वर्तमानमा उनले तपाईंलाई प्रेम
गर्छिन् भने अरू कुराले के अर्थ राख्छ ?
प्रत्येकक्षण उनले तपाईंलाई नसम्झिन
सक्छिन्, तर उनले
आफ्नो शरीरको एउटा हिस्सा, हृदय,
तपाईंलाई दिन्छिन्, जून उनलाई थाहा छ
कि तपाईंले तोड्न सक्नुहुन्छ । त्यसैले
उनलाई दु:खी नबनाउनुस्, उनको मूल्यांकन
नगर्नुस्, उनीबाट
बढी अपेक्षा पनि नगर्नुस् । जब उनले
तपाईंलाई खुसी तुल्याउँछिन्, हाँसिदिनुस्
। जब उनी छैनन्, सम्झिदिनुस् ।’

— बब मार्ले

प्रेम 6


‘प्रेम हावा जस्तै हो । यसलाई देख्न
सकिदैन, केबल महसुस गर्न सकिन्छ ।’
— निकोलस स्पार्कस
‘कसैको गहिरो प्रेम पाउनाले तपाईंलाई
शक्ति मिल्छ, कसैलाई
गहिरो माया गर्दा तपाईंलाई साहस
मिल्छ ।’

— लाओ चु

प्रेम 5



‘के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ ?
भयानक हुन्छ, होइन त ? यसले तपार्इंलाई
साह्रै नाजुक बनाउँछ । यसले
तपाईंको छाती खोलिदिन्छ,
तपाईंको हृदय उघार्छ र यसको मतलब
कोही त्यहाभित्र पसेर तपाईंलाई
भद्रगोल पारिदिन सक्छ ।’

— नील गइम्यान

एउटा प्रश्न

उत्तर दिनु  होला । 

प्रेम 4



‘यदि तिमी मानिसहरूलाई मूल्यांकन गर्न
थाल्छौ भने तिनीहरूलाई प्रेम गर्ने समय
तिमीसित हँुदैन ।’

— मदर टेरेसा

प्रेम 3



‘तिमी जब रातमा निदाउन सक्दैन,
त्यतिबेला तिमी प्रेममा हुन्छौ,
किनकि अन्तत: तिमीलाई
सपनाभन्दा वास्तविकता सुन्दर लाग्न
थालेको हुन्छ ।’

— डा. सेउस

प्रेम 2




‘म स्वार्थी छु, अधैर्य छु र
अलिकति कमजोर छु । म गल्तीहरू गर्छु,
आफ्नो नियन्त्रणबाहिर हुन्छु र
कहिलेकाही आफैँलाई सम्हाल्न सक्दिन ।
यदि मेरो सबैभन्दा खराब
अवस्थामा तिमी मलाई सम्हाल्न
सक्दैनौ भने मेरो राम्रो अवस्थामा मलाई
पाउने हक तिमीलाई छैन ।’

— मार्लिन मुनरो
प्रेम 

प्रेम1




‘प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’
— विलियम सेक्सपियर

2013-06-30

पारो नै तातेर आउछ

हाम्रै दोष हो यो कुरामा चाहिं । न अरु कसै को हो न त सहायक ड्राइवर कै हो । हामी आफु नै नियम मा हिन्ददैनौ त त्यो खलासी  को के दोष । बिहान बिहानै उठ्ने बित्तिकै ठेलम ठेल गरि त्यो त्य्हाउ नै नभएको गाडी मा छाड्छौं । अनि कसरि नियम को पालना हुन्छ त ?

कहाँ को त्यो बिहानै परै  बाट फुल प्याक भएर आएको बस मा हामी नै छाड्छौं । ठेलम ठेल गरेरे ठाउँ नै नभएको गाडी मा , अनि अफु चाहिं चडेपछि खलासी ले अरु मान्छे हाल्न खोज्यो भने पनि कत्ति हाल्न सक्या होला भन्छ । त्यसरी खाली सिट खोज्न त आफै खाली गाडी मा चढ्नुपर्छ नि । पारो नै तातेर आउछ भन्या ।