2013-07-03

गजल : सिमसिमे पानि पर्दैछ आज ।













सिमसिमे पानि पर्दैछ आज ।
माया नि नजिकै सर्दैछ आज ।

भावुक नि निकै बनियो क्यार ।
मायाले मुटु नि भर्दैछ आज ।

नजिकै जान्छ फुट्दैन बोली ।
बोल्ने आश पनि मर्दैछ आज ।

तन डर्छ अलि र बाँकि मन ।
अनि पुरै ज्यान डर्दैछ आज ।

चुप म नि अनि चुप उ पनि ।
दुवैको मन के गर्दैछ आज ।

निडर भएर नि डराउने म ।
मेरो नै पो सेखि झर्दैछ आज ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ
हाल सतुङ्गल KTM ।

No comments:

Post a Comment