2013-07-04

दिऊँसोको सपना सपना समय:- 06:12pm, देखि 07:00pm, सम्म Sun on 10-06-2013 ।

मेरो यो लेख  मात्र एउटा सपनाको कुरा हो । हजुर हरु ले यो लेख पढ्नु भैसकेपछि सम्भव भय
कमेन्ट पनि छोडेर गइदिनु  होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।

सपना समय:- 06:12pm, देखि 07:00pm, सम्म Sun on 10-06-2013 ।



      सपनाको शुरूमा म त्यो घटनाको पात्र थिईँन पछि भएँ । त्यहाँ एउटा गाऊँ थियो । म कुनै एक परिवारको सदस्य त थिएँ तर परिवारको अत्तो पत्तो थिएन । बिचमा एकचोटि आमा देखेजस्तो लागेथ्यो ।
तर बिपनिको हैन । मैले त राम्रि चिन्न र अनुहार हेर्न पनि सकिँन । लाग्छ सायद यो सपनामा एकै दिन थियो तर झलक भने छिन छिनमा फेरिरहन्थ्यो । कहिले कहाँको दृष्य त कहिले कहाँको दृष्य
देखिरहन्थे । प्राय घटनाहरू शहर जस्ता तथा खोला जस्ता लाग्ने ठाउँमा घटेका थिए ।

    सुरू:-
    म खाना खाँदै थिएँ तर कहिलेको (बिहान या बेलुका) हो थाहा थिएन । (प्राय घटनामा घाम उदाएको आभास थिएन ।) अचानक् म खाना खाँदै गर्दा मेरो बिपनाको साथि अर्जुन बोलाउन आयो । खै के
को लागि बोलायो किन बोलायो केहि थाहा भएन । हामि त केहि सल्लाहा गर्दै रहेछौँ । सहमति भएपछि छुट्टिन्छौँ । खै के को लागि के सल्लाहा गय्रौँ थाहा थिएन । अचानक् हामि शहरमा बसेको (डेरामा
बसेको) अबस्थामा थियौँ । त्यो बेलामा भने अर्जुन अफिसमा काम गर्ने अरे बिपनामा पनि गर्छ त्यहीँ । म भने के गर्थेँ त्यो मलाई थाहा थिएन । सायद बिपनिमा पनि नगर्ने भएर होला ।

    अचानक् हामि घुम्न निस्केका थियौँ । सायद फेवा ताल आसपास हिँड्दै थियौँ दृश्य त्यस्तै थियो । अचानक् हामि त पोखरा बाट पाल्पा हुँदै लुम्बिनि जाने बाटोमा ( ठ्याक्कै लोकेसन प्रष्ट भएन तर
भ्रमण जाँदा देखेको बाटोको दृष्य जस्ता लाग्थे ) हिँड्दै थियौँ । त्यो बाटो त काठमाडौँ जाने बाटो अरे उत्तर तिर भारतको बोडर छ अरे सिधै गयो भने भारत पुगिन्छ अरे । अनि त्यहाँ त बिभिन्न ठूला ठूला
घरहरू थिए सडक का वरिपरि बाटो पनि निक्कै चिल्लो पिज गरिएको राम्रो थियो तर खाल्डाखुल्डि नभए पनि सम्म भने थिएन । ठ्याक्कै कलंकि चोक बाट तिनथान तिर लाग्दा ढुङ्गे अड्डा र कलंकि बिचको
ठाउँ कलंकि खुड्को पुल भन्दा अलि यता ढुङ्गेअड्डा पट्टिको सडक खण्ड जस्तै । गाडि पनि चल्दा रहेछन् ताल तालका । मैले त फेम्पो पनि देखेँ । तिन पाङ्ग्रे टेम्पो रे पाँच पाँङ्ग्रे चाहिँ फेम्पो अरे । निक्कै
भिड जस्तो लाग्थ्यो तर मान्छेको चहलपहल भने त्यति थिएन । सुनसान जस्तो लाग्थ्यो तर गाडि चलेकै थियो । ट्राफिक हरू पनि थिए तर कस्ता भने आर्मिको ड्रेसमा । आफुलाई ट्राफिक त भन्थे तर केहि
थिएन तिनिहरूकहाँ न ह्विसील नै थियो न त हाम्रा नेपालका ट्राफिकहरूले लगाऊने जस्ता ड्रेस नै । अनी सब्बै अनुहार नचिनेकै थिए । 
   
    यसरि सडकमा हिँड्दै गर्दा गाडिहरू पनि चल्दै थिए । तर त्यो बेलाम अर्जुन साथमा थिएन । अचानक् आजकल ईन्डियाबाट काठमाडौँ आउने दुईतले गाडि भन्दा पनि अग्लो तर एकैतले गाडि आयो हुईँकीँदै ।
गाडि हरियो जस्तो लाग्थ्यो निलो निलो जस्तो पनि लाग्थ्यो । तर ठ्याक्कै कस्तो रङ्गको हो ठम्म्याउन सकिँन । आफुलाई ट्राफिक बताऊने एकजनाले कराउँदै थियो । गाडि एकदम तिब्र गतिमा गुड्दै थियो ।
त्यै भएय कराऊँदै थियो घुम्तिमा त तेर्सै जस्तो देखिने गरि ढल्किन्थ्यो । पल्टेला गाडि भन्दै अपसब्द प्रयोग गरेर ट्राफिक भन्नेले कराउँदै थियो । म भने आफुलाई गाडि सँग सँगै पाउँदै थिएँ । मतलब गाडि
जति छिटो हुईँके पनि मेरै नजिक आभास हुन्थ्यो । पल्टेला भन्दा भन्दै अचानक गाडि गुम्तिमा उत्तानोटाङ लाएर पल्ट्यो । म त एकचोटि आँखा छोपेँ पनि हातले । आँखा खोलेको त त्यो पल्टेको गाडि बाट
लास फुत्त फुत्त निस्कँदै थिए । गाडि पनि धार परेर पल्टेको जस्तो देखिन्थ्यो अहिले त । सब्बैको ड्रेस देख्दा आर्मि जस्ता लाग्थे । म फोटो पनि खिच्दै थिएँ त्यो घटनाको । अर्जुन भने साथमा थिएन । एकै
छिनमा अर्जुन पनि आयो । दुबैले फोटो खिच्यौँ तर क्यामेरा भने एऊटै थियो । एकै छिनमा त्यो ठाऊँमा गोलि पो चल्न थाल्यो त । अनि म पनि भागेँ । त्यो ठाऊँ पुल जस्तो थियो तर ठाऊँ ठ्याक्कै याद
नहुने ठाऊँको थियो ।

    मैले हामि दुबैलाई त्यै पुल जस्तो ठाऊँको मुनितिरको ठाऊँमा पाऊँछु । त्यो ठाऊँ त महादेबबेशी को भुमेस्थान 4 र थाक्रे 3 जोड्ने पुल मुनिको ठाऊँ लाग्थ्यो । तर हालको जस्तो भने थिएन । अहिले त
खोला पो तर्नुपर्ने अरे । खोला पनि सानोतिनो थिएन । निकै नै ठुलो थियो । कस्तो अचम्म त्यहाँ त एकजनाले तर्नुपर्नेलाई छोउमा राखेर एक लात दियो भने पल्लो किनारामा पुग्ने अरे । मैले अर्जुनलाई
त्यसै गरेँ । एक लात दिएँ किनारानेरै राखेर । अर्जुन त भकुन्डो जस्तै उडेर गयो र बिस्तारै ल्यान्ड गय्रो पल्लो किनारामा । लाग्थ्यो उसले प्याराग्लाईड गरेर ल्यान्ड गरेथ्यो । अनि म भने यताकै किनारामा परेँ ।
म कसरी जाने केहि पत्तो थिएन । मैले बोलेकै अर्जुनले पनि सुनेन अनि उसले बोलेको मैले पनि । यतिकैमा एकै छिन अष्पष्ट भयो अनि त ब्युँझेँ ।

No comments:

Post a Comment