2015-03-28

तिमि आउ है (कविता) !

तिमि आउ है !!!

- २०७१ / ११ / ०७ 

वसन्तमा बर्षा नहुँदा
भर्खरै निस्केका पालुवा सुक्दा
लालिगुराँस ओइलिदा
बनमा डढेलो सल्किंदा
पत्झर डाँडा
गोल झैं बन्दा
खनायो को टोड्कोमा
बचेरा प्यास ले रुँदा
अखबार मा मुहान सुकेको
खबर छापिँदा
आमा पानि लिन
आग्रा जाँदै गर्नुहुँदा
मेरो मन खिन्ना होला
डढेलोले जलाऊला
प्रिया, तिमी आऊ है
मेरो खिन्ना मन जगाउन ।



एकतिर मटित्तेल छर्कि
गाडि जलाउदा
अनि अर्कोतिर मट्टितेलको
हाहाकार फैलिँदा
चोकमा माईकिङ् गर्दै गर्दा
सङ्गैको टोलमा लोडसेडिङ् हुँदा
सयौँ दाजुभाई रेगिस्तान उड्दै गर्दा
खेत बारिमा झार बढ्दै गर्दा
अर्धचेत भाई बहिनि
स्कुल जन नपरि रमऊँदा
मेरो मन निरास होला
पश्चातापले जल्ला
प्रिय, तिमी आउ है
मेरो निराश मनमा आशा भर्न ।



जँगेले म्यान बाट तरवार झिक्दा
पल्टने ले बन्दुक को ट्रिगर दवाउँदा
विना बादल
असिना पानि पर्दा
बुबा-आमा को गह भरिँदा
साईँलि घाँस काट्ने पखेरोमा
पल्टने राइफल भिरी घिस्रिँदा
फालिले छेड्ने  भुमि
गोलिले छेडिँदा
बमको आवाज सँगै
नानिको स्कुल उड्दा
आफ्नै-आफ्नै काटाकाट हुँदा
आफ्नै सन्तान सुरक्षित नहुँदा
अज्ञात ठाऊँबाट
निर्दोश चित्कार सुनिँदा
मेरो मन रोला
मजबुर लाचारिले थकथक होला
प्रिय तिमी आऊ है
मेरो रोएको मन हँसाउन ।
X ---X ---X 




No comments:

Post a Comment