कविलाई फापेको वसन्त
हलिलाई नफाप्ला ।
कवि पालुवाको
जन्म मनाउँदै गर्दा
हलि पालुवा जोगाउने
चिन्तामा होला ।
सुन्दरतामा रमाइरहँदा
हलि डढेलाको
चिन्तामा होला,
कवि कोइलिको गितमा
मग्न रहँँदा
हलि प्यासि चराको
चिन्तामा होला
कवि वसन्तमा
शब्दको खेतिमा
ब्यस्त रहँदा
हलि पानिको आशमा
आकाश तिर हेरी
टोलाइरहला
थकित भई
एकदम चिन्तित ।
हो बर्षा,
सँधै हलि चिन्तामा हुँदा
निश्चिन्त रह्ने कवि
आफैँलाई प्यसले सताउँदा
बल्ल,
मुहनको यादमा हुनेछ,
तिमी त्यहि बेला आउनु
बर्षा, तिमी त्यहि बेला आउनु।
रेगिस्तान बनेको
खेत भिजाउन
बन खरानि बनाउने
डढेलो निभाउन
ओइलिन लागेको पलुवामा
रंग भर्न
प्यसि चराको
तिर्खा मेटाउन,
सँधै निस्फिक्रि
उ कविको
प्यास मेटाउन
तिम्रै आशमा
आकाश हेर्दै डढेको
हलिको निधार भिजाउन
हो बर्षा
तिमी त्यहि बेला आउनु ।
X---X---X
No comments:
Post a Comment