2014-02-22

आलु परिचय र बिउ तथा थप जानकारी ।

आलु

विश्वको तेस्रो प्रमुख बालि आलु नेपालमा भने ईन्डिया बाट १९ औँ शताब्तिमा भित्रिएको हो । नेपालको प्राय मौसममा जात अनुसारको आलु उत्पादन हुन्छ । बिश्वमा तेस्रो प्रमुख बालि नेपालमा पनि तेस्रै प्रमुख बाली हो । तथापी कुल उत्पादनको हिसाबले दोस्रो बाली अनि क्षेत्रफलको हिसाबले भने पाँचौँ र उत्पादकत्वको हिसाबले भने प्रथम बालि हो जसमा १३.७९ मेट्रिक टन प्रति हेक्टरको हिसाबले भनिएको छ ।


बिउ आलुमा हुनुपर्ने गुणहरू

नेपालमा भुमीको नापी एकाई ।

मैले खोजे र जाने अनुसार लेखेको छु ।

नेपालमा भुमि नाप्न प्रयोग हुने एकाई :
नेपाल जहाँ १ बिघा को लगभग ६,७७२.६३ square metere हुन्छ । आधिकारिक रूपमा नेपालको तराई तिर प्राय बिघ प्रयोग गरिन्छ भने पहाड तिर प्राय रोपनि प्रयोग गरिन्छ । मेट्रिक प्रणाली भने आधिकारीक रूपमा जग्गाको नापिमा बिरलै प्रयो भएको देखिन्छ ।
बिघा को नियम

डाँडाखर्के तथा छोडेखर्के सोल्टीनीहरूको लागी यो भेटको अन्तिम शब्द । पत्र ।

मिती :२०७० / ०९ / ०७

प्रिय डाँडाखर्के तथा छोडेखर्के सोल्टिनीहरू, यो मल्डुङे ठिटोको धन्यावाद स्विकार्नुहोला । यो भेटको समयमा यहाँहरूको जुन साथ र न्यानोपन मिल्यो म कहिल्यै भुल्ने छैन, किनभने म भुल्न पनि सक्दिन । माघ ०४ गते बेलुकी देखीको डाँडाखर्के सोल्टिनिसँगको भेट घाट माघ ०६ गते सम्म रह्यो । छोडेखर्के सोल्टिनिसँगको भेट भने एक दिन मात्रै रह्यो माघ ०५ गते । त्यै पनि बिहान र बेलुकी त डाँडाखर्क मै ।

2014-01-02

गणेशमान सिंह बहुमुखी क्याम्पस २०७० पिकनिक स्मरण ।

गणेशमान सिंह बहुमुखी क्याम्पस २०७० पिकनिक स्मरण ।

२०७० पौष १५ बिहानको करिब करिब सात नाघेथ्यो घडिले। सबै जना जम्मा हुँदा झण्डै सवा सात बजेथ्यो कलंकी बाट पिकनिक स्थलतिर प्रस्थान गर्दा ।

जाडो याममा प्राय गरि शैक्षिक संस्थाहरुले अवलोकन भ्रमण,शैक्षणिक भ्रमण,पिकनिक जस्ता कार्यक्रमहरू आयोजना गर्ने गर्दछन । यसै सिलसिलाको यो बनभोज कार्यक्रम गणेशमान सिँह बहुमुखी क्याम्पसको हो । क्यापसले आयोजना गरेको यो बनभोजमा स्नातकोत्तर प्रथम, दृतिय तथा तृतिय बर्षका साथै एघार तथा बाह्रका गरि जम्मा जम्मि १०५ जना विद्यार्थिहरु सहभागी थिए । धार्मिक महत्व बोकेको ललितपुर जिल्ला अवस्थित बाडेगाउँको सन्तानेश्वर महादेवको मन्दिरलाई अबलोकनको मुख्य स्थल बनाई गएको पिकनिक टोलीको भोज तथा अन्य रमाईलोको कार्यक्रम भने बाडेगाउँ अवस्थित स्व.पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नाममा सरकारले बनाईदिएको भट्टराई आश्रम नजिकै रहेको पिकनिक स्पटमा भएको थियो।

कलंकिबाट बल्खु,सानेपा हुँदै नख्खु दोबाटो र त्यसपछि सातदोबाटो पुग्यौँ । सातदोबाटो बाट भित्र हात्तिवन,हरिसिद्दी हुँदै ठैब पुग्यौँ । ठैब बाट केहिबेरको यात्रा पछि पुग्यौँ हाम्रो गन्तव्य स्थल । अग्रिम जानकारीमा हाम्रो पिकनिक स्थल सन्तानेश्वर महादेवको मन्दिर थियो । हामीले खास रमाईलो गरेको ठाउँ भने बाडेगाउँ (ठैब) स्थित कालभैरबको मन्दिर नै थियो । काल भैरबको मन्दिर भएको ठाउँ नजिकै या भनौ मन्दिरको मुलढोका फर्किएको थियो पुर्व दक्षिणतिर । हामी पिकनिक स्थल बाडेगाउँ पुग्दा बिहानको करिब ८:३३ बजेको थियो । योजना मुताबिक पहिलेनै क्याट्रिङ तथा सानो मञ्चको व्यवस्था भएको थियो भने मनोरञ्जनका साधन (साउन्ड सिस्टम) भने हामी सँगै पुगेको थियो ।

पिकनि क्षेत्र व्यबस्थापकिय तथा अधिकारी पक्षले नै व्यबस्था गरेको एउटा टहरा, त्यसको नजिकै कार्पेट ओछ्याएर छेउ छेउमा मेच राखेर बनाईएको सानो मञ्च, लगभग सम्पुर्ण रूपमा पिकनि व्यबस्थित नै थियो । नजिकैको कालभैरब मन्दिरलाई आधार मानेर हेर्दा हाम्रो पिकनिक स्थल ठिक अगाडि थियो । ठिक त्यहि मन्दिरको पछाडि थियो भट्टराई आश्रम । त्यस दिन त्यस क्षेत्रमा पिकनिकको लागी जाने हाम्रो मात्र थिएन टोली ।अन्य दुई तिन टोलिहरू पनि थिए पिकनिक को लागी । तर कलेजको दृष्टिमा भने अरु कलेज थिएन ।

पिकनिक स्थल पुग्ने बित्तिकै साउन्ड सिस्टम म्यानेजरले म्युजिक बजाउन शुरू गरे । हामि भने चिया खानतिर लाग्यौँ । चिया खाए सँगैको केही समय कालभैरब मन्दिरमा फोटो खिच्ने तथा त्यहिँ वरिपरिका दृश्य अवलोकनमा लाग्यौँ । लगत्तै बिहानको खाजा ब्रेकफास्ट खायौँ । बिहानको खाजामा रोटी, जेरी तथा अचार लगायतका परिकार खायौँ । ब्रेकफास्ट सकिएपछि प्रायः साथिहरू नाचगानमा व्यस्त थियौँ भने केहि साथिहरु वरिपराकै दृश्य अवलोकनमा ब्यस्त थियौँ । यो नाचगानको कार्यक्रम चलेको थियो करिब दिउँसोको १२:०० बजेसम्म । लगत्तै हामी दिनको खाना खानतिर लाग्यौँ । खाने कार्यक्रम सकिएपछि सुरू भयो हाम्रो अवलोकन यात्रा । दिउँसोको करिब ०१:०० बजेतिर ।

अगाडी केही गुरुहरू हुनुहुन्थ्यो भने विद्यार्थिहरू पछाडी पछाडी । यात्राको क्रममा पिकनिक स्थलबाट पश्चिम उत्तर दिशा तर्फ नजिकै रहेको भट्टराई अश्रममा पुग्यौँ । त्यहाँ एकजाना सुरक्षाकर्मि थियो भने गेट बन्द थियो । जसकारण हामीले भित्रि अबलोकन गर्न सकेनौँ । गेटमा फोटो खिचेपछि हाम्रो अवलोकन टोली लाग्यो पिकनिक स्पटबाट पश्चिम दिशातर्फको डाँडामा अवस्थित सन्तानेश्वर महादेवको मन्दिरतर्फ ।

हाम्रो पिकनिक स्पटलाई खोलाको साँधले पुलबाट पारिपट्टिनै छोड्दै हामी अव सन्तानेश्वर महादेवको मन्दिर पुग्न उकालो लाग्दै थियौँ । केहि क्षणको उकालोपछी, उकालो बिचमा शुरू भयो बनको उकालो । जहाँबाट ब्यवस्थित मार्वल लगाएर बनाईएको सिँढि सुरू हुन्थ्यो । त्यहाँ पुग्दा घडिले दिउँसोको ०१:२४ बजाएको थियो । त्यहाँबाट करिब २० मिनेट जतिको यात्रा पछी पुग्यौँ सन्तानेश्वर महादेवको मन्दिर । त्यहाँ पुग्दा घडिले दिउँसोको ०१:४५ बजाईराखेको थियो । यो उकालो यात्राको बिचमा पनी थुप्रै फोटोहरू खिचेका थियौँ ।

सन्तानेश्वर महादेवको मन्दिर ठिक चुचुरोमा थियो बाडेगाउँको । मन्दिरको मुल ढोका पुर्वतिर फर्किएको थियो । मन्दिरको उत्तरी दिशातर्फ एक कान्ला तल शिबलिङ्ग नै शिवलिङ्ग स्थापित गरेर बनाईएको पुजा गर्ने ठाउँ थियो र सँगै शौचालय । मन्दिको ठिक पुर्व उत्तर तिर भने दृश्य अवलोकनका लागी बनाईएको केही अग्लो ठाउँ थियो । उक्त ठाउँबाट हेर्दा काठमाडौँ उपत्याकाको केही अंश देखिन्थ्यो ।

करिब ३५ मिनेट को मन्दिर अवलोकन , फोटो कैद गर्ने तथा मन्दिरको दर्शन गर्ने कार्यपछी हामी ०२:२० बजेतिर ओरालो यात्रा शुरू गय्रौँ हाम्रो पिकनीक स्पटतर्फ नै । करीब ०३:०० बजे हामी पिकनिक स्पटमा आईपुग्यौँ । ओरालो बिचमा पनि रोकिएर बिस्तारै थुप्रै फोटो लिएका थियौँ । दृश्यको तथा पिकनिक टोलिको । पिकनि स्पट आईपुगेपछी फेरी नाचगानको रमाईलो प्रसंग सुचारु भयो । करिब आधा घण्टाको नाचगान पछि दिनको ०३:३३ बजेतिर फेरी हामी दिउँसोको

खाजा/खाना खान तयार भयौँ । सङ्गितको क्रम पनि चल्दै थियो भने खान को क्रम पनि । यसरी खान सकिँदा करिब दिनको ०४:०० बजेको थियो । त्यसपछि पनि करिब एक घण्टाको मनोरञ्जनात्मक कार्यक्रमपछी बेलुकी करिब ०५:०० बजेतिर हाम्रो पिकनिक टोली घरतर्फ फर्कने सुरसार गय्रौँ । करिब एक घण्टाको यात्रापछि छ बजेतिर हाम्रो टोलि कलंकी आइपुगेर आ-आफ्नो बसस्थानतर्फ छुटेका थियौँ ।