2014-02-22

आलु परिचय र बिउ तथा थप जानकारी ।

आलु

विश्वको तेस्रो प्रमुख बालि आलु नेपालमा भने ईन्डिया बाट १९ औँ शताब्तिमा भित्रिएको हो । नेपालको प्राय मौसममा जात अनुसारको आलु उत्पादन हुन्छ । बिश्वमा तेस्रो प्रमुख बालि नेपालमा पनि तेस्रै प्रमुख बाली हो । तथापी कुल उत्पादनको हिसाबले दोस्रो बाली अनि क्षेत्रफलको हिसाबले भने पाँचौँ र उत्पादकत्वको हिसाबले भने प्रथम बालि हो जसमा १३.७९ मेट्रिक टन प्रति हेक्टरको हिसाबले भनिएको छ ।


बिउ आलुमा हुनुपर्ने गुणहरू
  • जातिय शुद्धता
  • भाईरस मुक्त
  • रोग किरा रहित स्वास्थ
  • उचित टुसा आएको

बिउ आलुको शारीरिक अवस्था
  • सुसुप्त अवस्था
  • शिर्ष प्रधानता
  • बढि टुसा आउने अवस्था
  • जिर्ण र पातलो सेतो टुसा अवस्था

बिउ उत्पादन गर्दा आउने चरण हरू
पुर्व मुल बिउ वा प्रजनन बिउ
मुल बिउ (बेसिक-१)
प्रमाणित-१ (बेसिक-२)
प्रमाणित-२ (बेसिक-३)
उन्नत (बेसिक-४)


नेपालमा पुर्व मुल बिउ ४ साईजका उत्पादन हुन्छ ।
  • १ ग्राम भन्दा कम को ।
  • १ देखी ५ ग्राम को ।
  • ५ देखी १० ग्राम को ।
  • १० ग्राम भन्दा माथि को ।

लगाउने दुरी
  • १ ग्राम भन्दा कम को बिउलाई ६०/१०
  • १ देखी ५ ग्राम को लाई ६०/१५
  • ५ देखी १० ग्राम को लाई ६०/२०
  • १० ग्राम भन्दा माथिको लाई ६०/२५

-Presented By Sijan Tamang



No comments:

Post a Comment