2013-10-01

कविता : मनमा माया भएपछि ।


कविता


यो चित्र को खोजि बाट प्राप्त चित्र हो
धनको खडेरि मानी उस्तै छ
पुगिसरी बेलामा लाएको माया ।
  सुख टाढा भए पनि
  भौतिक चाहा अपुरो भए पनि
  दुःखको भेलै आए पनि
  अभावको झरिनै परे पनि
उस्तै गाढा छ माया
मनको धनि भएपछि ।
मनमा माया भएपछि ।

...
स्वार्थिहरूको बिचमानी उस्तै छ
निस्वार्थि बिचमा लाएको माया
  शत्रुले खोईरो नै खने पनि
  स्वार्थिले सेखि झार्न खोजे पनि
  सारा सँसार लेनै छुटाउन खोजे पनि
  आधारहिन आरोप लगाए पनि
उस्तै गाढा छ माया
माया स्वार्थहिन भएपछि ।
मनमा माया भएपछि ।

...
परदेशि दूरिमानी उस्तै छ
स्वदेशि हुँदामा लाएको माया
  क्षितिजैले छेको पनि
  बादलैले ढाके पनि
  भूमि छुट्टै भए पनि
  मौसम बेग्लै भए पनि
उस्तै गाढा छ माया
माया सदावाहार भएपछि ।
मनमा माया भएपछि ।

...
काँडाको बिचमानि उस्तै छ
फुलको बिचमा लाएको माया
  छाला छिया छिया भए पनि
  रगत जति नै बगे पनि
  काँडा नै बिझे पनि
  खिलै पल्टे पनि
उस्तै गाढा छ माया
माया दुःख सुखमा भएपछि ।
मनमा माया भएपछि ।

यो चित्र को खोजि बाट प्राप्त चित्र हो ...
बेसुरको सङ्गीतमानि उस्तै छ
सुमधुर धुनमा लाएको माया
  काग जति नै कराए पनि
  कोईलि नगाई रोए पनि
  मिठो सरगम हराए पनि
  अमिल्दो बाजा बजे पनि
उस्तै गाढा छ माया
माया मिठो गित भएपछि ।
मनमा माया भएपछि ।

...
रोगि जिवनमानि उस्तै छ
सौखी जिवनमा लाएको माया
  दिर्घ रोगि नै बने पनि
  उपचारै नलागे पनि
  चाहेको पुय्राउन नसके पनि
  भौतिक शरिर लडे पनि
उस्तै गाढा छ माया
माया निरोगी भएपछि ।
मनमा माया भएपछि ।

        ...............सिजन तामाङ्