2013-07-03

गजल : म त आफैँ देखि हारेको मान्छे ।










म त आफैँ देखि हारेको मान्छे ।
आफुले आफैँ मारेको मान्छे ।

अघि बढ्छु केहि गर्छु भन्दा ।
बैरिले खुट्टा तानेको मान्छे ।

यो भिड भरि छुट्टै हुँ भन्दै ।
बिजोडि गोरू नारेको मान्छे ।

लड्दै अरूको बोलि सहँदै ।
लडेर आफैँ खारेको मान्छे ।

प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ
हाल सतुङ्गल KTM ।

No comments:

Post a Comment