2013-08-02

ब्लग र मेरो ब्लगिङ् यात्रा

ब्लग र मेरो ब्लगिङ् यात्रा 


शताब्ती एक्काईसौँ भईसक्यो, जमाना परिवर्तन हुनेहरूको छ । जो समयसँगै
घुलमिल भएर परिवर्तन हुन्छ त्यो नै सफल बनिरहेको छ । हाल सम्पूर्ण
कार्यहरू सरलिकरण भईरहेका छन् र यो ईन्टरनेट थथा कम्प्युटरको जमानाले
गर्दाखेरी विश्व नै एउटा कोठामा परिवर्तन भएको छ । त्यसै अनुसार अब
हामिले कागजको डायरीमा लेख्ने कुरा कम्प्युटर तथा ईन्टरनेटको सहायाताले
अनलाईनमा लेख्न सकिन्छ र सबैलाई देखाउन पनि । ब्लग भनेको नै यहि
नै हो । अझ सरल रूपमा बुझ्दा आफ्ना मनको भाव प्रस्फुर्टन गर्ने एउटा
अनलाईन स्पेस हो ब्लग । यसलाई हाम्रो डायरिको रूपमा लिन पनि
सकिन्छ । बिभिन्न साईटहरूले यस्ता ब्लगिङ्को सुबिधा दिएका हुन्छन् ।
ति साइटहरूको उपयोग गरि आफ्नै स्पेस बनाई त्यसमा लेख राख्नु
ब्लगिङ् हो । मेरो ब्लगिङ्को कहानि पनि बडा गजबको छ । पहिले त
आफैँलाई ब्लग खोलेको छु भन्ने नै थाहा नभई ब्लग खोलिएछ । पछि
मात्र थाहा भएको हो यो ब्लग के हो ? किन खोल्ने ? कसरी खोल्ने त ।
म आफैँले खोलेको पनि होइन त्यो ब्लग त । धादिङ शिर्षक राखेर
sijantamang को ठेगानामा खोलेको र पहिलो पोष्ट पनि गुगलमा
धादिङ सर्च गरेर राखेको हो । हाल पछि आएर ब्लगिङ्को बारेमा
अलिअलि जानेपछि झन् जान्ने जिज्ञासा बढ्यो र हाल यो आफ्नै
ब्लग र अरू दुईवटा ब्लग संचालन गर्दैछु । बिना आफ्नै कम्प्युटर ।

जब खाठमाडौँ पसेर ११  को पढाई सुरू गरियो तब जँगबहादुर संगै
डेटा इन्ट्रिको ट्रेनिङ् लिन भनेर गईयो । त्यै बेलामा खोलिएछ ब्लग ।
अन्जानमै । हाल त्यो अनलाईन जब त ब्लब भैको तर ब्लगिङ भने
गर्दैछु । त्यै समय खोलिएको ब्लग पछि आएर मात्र थाहा पाईयो ब्लग
के रहेछ भन्ने कुरा । फेसबुकको माध्यामबाट ब्लगहरूको पनि कुरा
थाहा पाईयो । त्यै समय ब्लगहरू घुम्ने पनि धेरै गरियो । प्राय मो-
बाईलबाट नै इन्टरनेट घुम्ने भएर मोबाईलबाटै ब्लग पनि घुमिन्थ्यो
र मोबाईलबाटै सिकीयो धेरै कुरा । ६९ सालको अन्तिमतिर आएर भने
ब्लग के हो भन्ने कुरा प्रष्ट बुझेँ । यसै बेलाबाट थालेको हो राम्ररी
ब्लगिङ गर्न भने । पहिले ब्लगरकै टेम्प्लेटमा ब्लगिङ गरियो । थाहा
थिएन कि कसरी आफुले चाहेझैँ बनाउने । यो बारे पनि अरू ब्लगले नै
सिकायो । रातभर अरूको ब्लग पढ्थेँ र गुगललाई कोट्याउँथेँ ब्लग
डिजाइनको बारेमा र दिनमा दुई तिन घण्टा साईबरमा प्राक्टिस गर्थेँ ।
अझै पनि यै बल्ल बल्ल बुवालाई भनेर किनिदिएको नेकिया सि सिरि-
जको C2-01 को मोबाईलबाटै सिक्दैछु ।

पहिले त एनसेलको सिमकार्ड बाट चलाउँथेँ इन्टरनेट । त्यो बेलामा
निक्कै नै खर्च पनि गरियो । अलि पछि बाट भने एन. टि. सि. को
सिमकार्ड बाट चलाउन थालियो र अझै चलाउँदै छु । त्यसैकारण त
पैसाले थामेको । एनसेल चलाऊँदा त निकै खर्च हुन्थ्यो । एउटा याद
छ :- बुवासँग किताब किन्न भनेर मागेको एक हजार एकै हप्तामा
रिचार्ज गरेर सकिएको थियो । एनसेलबाट नेट चलाउँदा । त्यो घाटा
पनि निकै फलदायी भयो । त्यै बेलामा सिकियो इन्टरनेट सम्बन्धि
नयाँ कुरा र अरू धेरै पनि ।

परिवारको सहयोग त थिएन खासै तर पनि जति नगर भन्दा गर्नुपर्ने
थियो परिवारले त्यति भने गर्नुभएन । समय समयमा खर्च दिदैँ गर्नु-
भयो त्यो नै ठुलो भयो मेरो लागि त । तर पनि कति समय त तरकारी
किनेर खाने पैसाले पनि साईबर गइन्थ्यो । यो बिचमा मोहन सरले पनि
केहि सिकाउनुभयो । बिषेश त ति ब्लगहरूलाई धन्यावाद जसले नेपालिमा
टिप्स राखिदिनुभयो र पढ्न सहज बनाईदिनुभयो । अझ बिषेश त दिलिपआचार्य 

 ज्यु को ब्लग लाई धन्यावाद ।

मलाई लाग्छ आजकलका ब्लगरहरू आफ्नै कम्प्युटर तथा ल्यापटप बाट
नै ब्लग संचालन गर्छन् (खै कति सत्य बोलेँ) । तर म भने आफ्नै
कम्प्युटर नभइकनै ब्लग चलाइरहेको छु । तपाईँलाइ लाग्ला यो पनि
सम्भव छ र ! तर म भने यस्तै गरिरहेको छु । तपाईँ जति पनि यो
ब्लगमा पढिरहनुभएको छ ति अक्षरहरू मोबाईल टाईप्ट हुन् । मोबाई-
लमा टाईप गय्रो र मोबाईल बाटै फेसबुकको म्यासेजमा टुक्रा टुक्रा पारेर
पठायो र पछि एकैचोटि साईबरमा गएर कपि गरेर इडिट गर्दै पेस्ट गरेर
फोटो चाहिने छ भने फोटो पनि एट्याच गरेर पोस्ट गय्रो । एक हप्ताभरी
बनाईएका खजानाहरू एकदिन साईबरमा गएर कपि पेस्ट गर्दै सेडुल
पब्लिस गय्रो अनि त दिनहुँ पोस्ट भईरहन्छन् । लग इन पनि गर्नु पर्दैन ।
ब्लगरको यो सुबिधाले पनि धेरै सजिलो बनायो ।

र अन्त्यमा अर्को पोष्टमा नजानेका मित्रहरूलाई लक्षित गर्दै ब्लगरमा ब्लग
खोल्ने बारे चर्चा गर्नेछु भन्दै आजलाई भने.…………… Happy blogging.

No comments:

Post a Comment