2013-05-10

बहकिने मनको लगि पत्र


कर्यक्रम संचालक दाजु महाबिर बिश्वकर्मा दाजु तथा प्राबिधिक र वरिपरि नजिकै रहनुहुने सम्पूर्ण बहकिने मन परिवार मा मेरो तर्फा बाट नमस्कार ।

मा यस कार्यक्रम को नियमित श्रोत हु भनेर त भन्दिन तर पनि भरसक समयले साथ दिया सम्म कार्यक्रम सुन्न छुटाउदिना । गाऊँ  मा हुँदा कार्यक्रम को शुरुवाती २-३ भाग सुनेको थिएं , त्यसपछि कहिले काठमाडौँ त कहिले गाउँ भइरहनाले केहि शृंखला हरु छुटे पनि सुन्नलाई । तर केहि छुटेका शृंखला हरु download गरेर पनु सुनेथें । हाल काठमाडौँ मा पनि प्रशारण हुन थाले पछि भने छुटाएको छैन ।

साँच्चै बहकिने मन श्रोत को मन मा छुट्टै स्थान लियर बस्न सफल कार्यक्रम हो । किनकि यस को प्रत्योक शृंखलामा कुनै न कुनै किसिम बाट श्रोत को मन को कुरा मा बहकाइएको हुन्छ ।अझ यस ले अंगालेको साहित्यमा मुक्तक विधा पनि अर्को आकर्षक र महत्वपुर्ण खण्ड हो ।

मलाई पनि मुक्तक कोर्न आउँदैनथ्यो , यसै कार्यक्रम को नियमित श्रवण तथा अभ्यासले अहिले भने केहि हद सम्म जानेको छु । थोरै भए पनी वाक्य हरु मिलाउन सकेको छु । यसका साथै बहकिने मन ले मलाई कुनै पनि कुरा सोच्दा अलिक गहिरिएर सोच्न सिकाएको छ ।

अरु श्रोत लाई झैं मलाई पनि लागेको खुलदुली के भने , प्रत्योक फोन मा आउनुहुने हरुले भन्नु भएको मुक्तक को  जवाफ तपाईं तत्कालै मुक्तक मा नै फर्काउनु हुन्छा ।

अँ साँच्ची , आज सम्म का कार्यक्रम हरु मध्ये म निकै आभारी भयको कार्यक्रम :- अप्रिल 14(valentine day) विशेष कार्यक्रम र गत हप्ता प्रशारण भएको कार्यक्रम हो । यि दुबै कार्यक्रम मा मैले कसैलाई भन्ने वा भनौ भन्नै पर्ने सम्पूर्ण कुराहरु समेटिएका थिए ।

अब त खासै भन्नु केहि छैन , फेसबुक  बाट मुक्तक लिनुहुने साताको मुक्तक सेग्मेन्ट मा केहि सुधार भए अलि राम्रो हुन्थ्यो । एउटा मात्र मुक्तक वचन भन्दा पनि top 5  भनेर  

No comments:

Post a Comment