2013-05-24

धेरै पछि को याद

साँच्चै आज याद आयो आज भन्दा 2-3 बर्ष अगाडिका दिनहरू । साँच्चै कस्तो छुट्टै आनन्दका दिनहरू थिए ति, आफूलाई मनपर्ने मान्छेको नामसँग आफ्नो नाम जोडेर अझ आफ्नो नामको पहिलो अक्षर र आफ्नो मनपर्ने मान्छेको नामको पहिलो अक्षर जोडेर ढुङ्गामा खोपिन्थ्यो, सिमलका साना बोटमा, चाँपका बोटमा खोपिन्थ्यो ।
.
तर खै समय त 2-3 बर्ष पनि अति नै धेरै हुँदोरैछ । त्यो बेलामा आफ्नो मान्छे भन्नेहरू त अहिले टाढा टाढा गईसकेछ । घरजम समेत भैसकेछ । सुन्दैछु अब चाँडै नानिबाबुको आमा बन्दैछन् रे । खै ति सँगै नाम जोडेर लेखेका बोटहरू पनि नहेरेको कत्ति भैसक्यो । सायद अस्थित्वमा पनि छन् कि छैनन् । ढुङ्गा पनि बर्षैपिच्छे घडबढ हुने खहरेको भेलले पल्टाएर कता पुय्रायो कता ।

तर मलाई एउटा सत्य सँग डर छ । एकदिन अवश्य त्यो रूखहरूमा खोपेको नामले पनि आफ्नो अस्थित्व देखाउन खोज्नेछन्, अकस्मात् खहरेको भेलले त्यो नाम खोपेको ढुङ्गा पल्टाउनेछ र सतहमा ल्याउनेछ ।.....। खै त्यो दिन मेरो हालत कस्तो हुन्छ , के हुन्छ मैले त कल्पना समेत पनि गरेको छैन ।
--@ Cjan Yba 
 --@ Sijan Waiba
--@ sijan tamang
 
 

No comments:

Post a Comment