2013-05-28

गजल : टोलाई रहन्छु










टोलाई रहन्छु सँधै म तिम्रै यादमा ।
तन मन सब मेरो छ तिम्रै यादमा ।।

रातको निद हट्यो दिनको चेत ।
अचेतमै हुने गर्छु म तिम्रै यादमा ।।

रोग हो कि के हो यो पत्तो पा को छैन ।
किन किन मेरो मन छ तिम्रै यादमा ।।

तनको दूरी टाढा त मनको दूरी नजिक ।
मनको दूरी जोड्ने छु तिम्रै यादमा ।।

No comments:

Post a Comment