2013-05-28

sijan tamang's gajal












उनको तन मन सबैमा मै छु अरे साथि ।
उनको सपनि विपनि सबै मै हुँ अरे साथि ।

माया गर्ने मान्छे मै रे पहिलो अनि अन्तिम ।
उनलाई धेरै माया लाग्ने मै हुँ अरे साथि ।

चोखो माया गर्छ अरे दिलै देखी मलाई ।
चोखो माया पउन योग्य मै हुँ अरे साथि ।

सक्दैन रे भुल्न मलाई नमरून्जेल सम्म ।
मरे पछि भेट्ने पनि मै हुँ अरे साथि ।

नजाउ भन्छ छोडेर उनलाई एक्लै ।
उनले फेर्ने श्वासमा पनि मै छु अरे साथि ।

एकछिन पनि टाढा नहुनु रे दिल बाट उनको ।
उनको हरेक धड्कन पनि मै हुँ अरे साथि ।

मर्छु भन्छ मैले छोडि अन्तै बसाई गए ।
उनको पुर्ण प्राण पनि मै हुँ अरे साथि ।

अमर माया गर्ने अरे संसार लाई देखाउन ।
अमर माया गर्ने साथि मै हुँ अरे साथि ।

No comments:

Post a Comment