2013-05-28

गजल : सिर्जनाको क्षितिजमा










सिर्जनाको क्षितिजमा भेट्ने आशा गर्दै उनलाई ।
लेख्दै छु म गजल एउटा देख्ने आशा गर्दै उनलाई ।

टोलाऊँछु अचेल आफैँ हराउँछु कता कता ।
देख्छु उनकै छबिप्रति रात्रिमा हेर्दा जुनलाई ।

रूपकि परि उनी मायाकि खानि पनि ।
जप्छु उनकै नाम अचेल सपनिमा देखि उनलाई ।

सपनिमा भेट भा'को देखेको थेँ हिजो मैले ।
सपना मा देखे जस्तै बिपनिमा देख्न उनलाई ।

No comments:

Post a Comment